कानून बन्दा एनआरएनलाई नेपालमा आवत-जावत तथा बसोबास गर्दा भिसा नचाहिने बनाउँछौँः गृहमन्त्री
नेपाल । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिले जारी गर्नुभएको अध्यादेशमा भएको केही प्रावधानले विदेशमा रहेका ८० लाख नेपालीहरुलाई निराश बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार पुगेको गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डललाई आश्वास्त पार्दै गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
बिहिबार अबेर राति सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष डा केसीले उक्त अध्यादेशमा भएको गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने सम्बन्धमा भएको प्रावधानले गैरआवासीय नेपाली नागरिकताको सवालमा संविधानले परिकल्पना गरेको अधिकारलाई सम...









