अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित
अमेरिका । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् ।
अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएसँगै नेपालमा सञ्चालित एमसीसीद्वारा सञ्चालित परियोजना पनि स्थगित भएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको छ ।
यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् ।
प्रेस विज्ञप्ति
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी...









