२२ कार्तिक २०८२, शनिबार

अन्तराष्ट्रिय/प्रवास

जापानमा मनाइयो ‘एनआरएन डे’

जापानमा मनाइयो ‘एनआरएन डे’

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले विजया दशमीको शुभकामना आदान प्रदान सहित ‘२१ औं एनआरएन डे’ मनाएको छ। एनआरएन डे, नेपालीहरूको महान् पर्व बडा दसैँ, दीपावली, नेपाल संम्वत, छठ लगायतका ठूला पर्वहरूको उपलक्ष्यमा एनआरएन जापानले सोमबार टोक्यो को ओदाईबामा वनभोज सहित शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख हरिहरकान्त पौडेल, एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, जापान भ्रमणका क्रममा रहेका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली लगायतले एनआरएन डे, बडा दसैँ, दीपावली, नेपाल संम्वत, छठ लगायतका पर्वहरूको उपलक्षमा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा केक काटेर सबै पर्वहरूको उपलक्ष्यमा एकमुष्ट खुसीयाली मनाइएको थियो । एनआरएन जापानका अध्यक्ष नविन सिउरेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन म...
एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग

एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गत बुधबार रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । उक्त अवसरमा अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरु मर्माहत भएको भन्दै संघको तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रहेको बताउनुभयो । अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष डा केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरुले उठाउँदै आएके समान पेन्सन र अधिकारको माग सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद ग...
परोपकारी कामसहित नेपालमा मनाइयो ‘गैरआवासीय नेपाली दिवस’

परोपकारी कामसहित नेपालमा मनाइयो ‘गैरआवासीय नेपाली दिवस’

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको स्थापना दिवस (एनआरएनए डे) स्वयंभू र पशुपतिनाथ मन्दिरमा पुजाआजा गरी भब्यरुपमा मनाएको छ । नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ । गैरआवासीय नेपाली दिवसको शुभ अवसरमा संस्थाले शुक्रवार विहान स्वयम्भू नाथ र पशुपति नाथमा पुजा आजा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितमा केन्द्रीय कार्यालयमा झन्डोत्तलन गर्दै मनाएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार स्थापना दिवसको अवसरमा संघले अक्टोवर पुरै महिना बिभिन्न संस्थागत तथा परोपरकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको छ । कार्यक्रममा संघका...
अमेरिकाको टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्ने नेपाल सरकारको निर्णय

अमेरिकाको टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्ने नेपाल सरकारको निर्णय

नेपाल । सरकारले संयुक्त राज्य अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा रहेका प्रवासी नेपाली मञ्चसहित नेपाली संघ संस्थाका नेताहरुसँग गर्नुभएको प्रतिवद्धताअनुसार स्वदेश फर्केलगत्तै टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्ने निर्णय भएको हो । संयुक्त राष्ट्रसंघको ७९औं महासिभामा अमेरिकाको न्यूयोर्क भ्रमणमा रहेको बेला प्रधानमन्त्री ओलीसँग टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्नुपर्ने माग गरेका थिए । मन्त्रिपरिषद बैठकले अमेरिकाको टेक्सस, क्यालिफोर्नियासहित दुबइमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । करिब एक लाखको हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको टेक्सस राज्य अमेरिकाकै सबैभन्दा ठूलो मध्येको एक राज्य हो । अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक काग...
माल्टाकी राष्ट्रपति मिरियाम स्पिटेरी नेपालमा राजदूतावास खोल्न सकारात्मक

माल्टाकी राष्ट्रपति मिरियाम स्पिटेरी नेपालमा राजदूतावास खोल्न सकारात्मक

अमेरिका । माल्टाकी राष्ट्रपति मिरियाम स्पिटेरी डेबोनोले नेपालमा राजदूतावास खोल्न सकारात्मक देखिएकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको एक प्रतिनिधि मण्डलसंग मंगलवार भएको भेटवार्तामा डेबोनोले नेपाली समुदायले माल्टामा खेलेको भूमिको प्रशंसा गर्दै नेपालमा माल्टाको राजदूतावास खोल्न आफूले कुटनैतिक पहल सुरु गर्ने बताएकी छन् । गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)को नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्रपति डेबोनोसमक्ष माल्टामा नेपाली समुदायका समस्या, नेपाल माल्टाबीचको कुटनीटिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्धन, नेपालमा माल्टाको दूतावास खोल्न आग्रह लगायतका विषयमा ज्ञापनपत्र बुझाएको थियो । राष्ट्रपति डेबोनोले माल्टामा रहेका नेपालीहरुले हस्पिटालिटी क्षेत्रमा पुराएको योगदान अतुलनिय रहेको बताउँदै नेपाली समुदायसंग थप सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । प्र...
पाँच रुसी पर्वतारोहीको धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु

पाँच रुसी पर्वतारोहीको धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु

अमेरिका । पाँच रुसी पर्वतारोहीको धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएको खबर आएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरुको शव मंगलबार भेटिएको हो । रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो । आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो ।...
अध्यक्ष डा केसी तथा अस्ट्रेलियाली राजदूत र उप-मिशन प्रमुखबीच विशेष भेट

अध्यक्ष डा केसी तथा अस्ट्रेलियाली राजदूत र उप-मिशन प्रमुखबीच विशेष भेट

नेपाल । काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा मगलबार संघका अध्यक्ष डा. बद्री केसी र राजदूत लियन जोनस्टन तथा (मिशन प्रमुख श्री ग्रेग क्लेम बीच भेट भएको छ । सो अवसरमा अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ, अस्ट्रेलियाली अर्थतन्त्रमा प्रवासीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा चर्चा भएको छ । यस्तै विद्यार्थहरूको लागि प्री-डेपाचर ओरिएन्टेशनको व्यवस्था, आगामी अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनको योजना लगायतमा पनि छलफल भएको छ । यो भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उक्त भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित हुनुहुन्थ्यो ।...
एनआरएनएले आइतबारदेखि राहत वितरण गर्ने

एनआरएनएले आइतबारदेखि राहत वितरण गर्ने

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतवार देखि बाढी पहिरो पिडितलाई राहत वितरण गर्ने भएको छ । गत हप्ताको भीषण वर्षा पश्चात आएको ठूलो बाढीपहिरोल नेपालमा व्यापक मानवीय र धनजनको क्षति पुगे पछि संघले भोलि ६ अक्टोबरबाट राहत वितरण गर्ने भएको संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिए । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौ उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा खटिने निर्णय गरेको हो । एनआरएनएले अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा काठमाडौको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकबाट पहिलो चरणमा राहत वितरण सुरु गर्ने भएको छ । यसअघि गैरआवासीय नेपाली संघले १ करोड बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो । सो अभियानमा एनआरएनए यूकेले १५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको थियो ।...
२ हजार ९ सय ४७ जनाले लिए गैरआवासीय नेपाली नागरिकता

२ हजार ९ सय ४७ जनाले लिए गैरआवासीय नेपाली नागरिकता

नेपाल । पछिल्लो एक बर्षको अवधिमा करिब ३ हजारले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । २ हजार ९ सय ४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । १ हजार ८ सय ६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २ सय ३७ मात्रै रहेको थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो । नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भएता पनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो । न...
एनआरएनए यूकेले नेपालका बाढीपीडितलाई १५ लाख सहयोग गर्ने

एनआरएनए यूकेले नेपालका बाढीपीडितलाई १५ लाख सहयोग गर्ने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ । संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले नेपालका बाढी पिडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो । संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णय समेत गरेको छ । संघका महासचिव गोविन्द खरेलले संचालन गरेको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ । बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, यूरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसीसी सदस्यहरु चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरु, स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष दिवाकार पाण्डे, इंल्याण्ड राज...