एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका ७ निष्कर्ष यस्ता छन्
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डक राजधानी सुन्दर शहर बैककमा "Empowering the Youth, Shaping the PNO's Future" भन्ने मूल नाराका साथ २०२५ को १५ र १६ मार्चमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
प्रधानमन्त्रीके पी शर्मा ओली ज्यू को भर्चुअल सम्बोधन तथा माननीय संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा सांसद पदम गिरी, थाइल्याण्डका लागि नेपालका राजदुत महामहिम धनबहादुर ओली, विभिन्न देशमा बसोबास गर्ने पीएनओ तथा युवाहरु विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू, कलाकार, सञ्चारकर्मीहरू तथा ३५ भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सात बुँदे निश्कर...









