नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा
नेपाल । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुधबारमात्र कडा निर्देशन दिएसँगै विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौती भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई भाडादर बढेको भनिएको भए पनि आफ्नो भाडा दर अघिल्लो वर्षको भाडादरको दायरा भित्र नै रहेको दाबी गरेको छ ।
निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारबाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
नेपाल एयरलाइन्सले दिल्ली, मुम्बई र बैं...









