६०औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न
अमेरिका । जातीय विभेद विरुद्ध विश्व मञ्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २२, २०२५ का दिन भर्चुअल माध्यमबाट ६०औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनआरएन आइसीसीका अध्यक्ष डा. बद्री के.सी., विशेष अतिथि एनआरएन अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, ग्लोवल फोरमका सल्लाहकारहरू डा. मानबहादुर बिके, डा. द्रोण रसाली, डा. बिष्णुमाया परियार, डा. निर्मल विश्वकर्मा, आइसीडिआरका अध्यक्ष डिवी सागर, डिएनफका पूर्व अध्यक्ष भक्त विश्वकर्माले मार्च २१ को सन्दर्भ, वर्तमान अवस्था र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि के.सी. र विशेष अतिथि बन्जाडेले दलित समुदायको हकहितका निम्ति आवश्यक पहल गर्ने, दलित समुदायका सदस्यहरूलाई आवश्यकरूपमा समावेश गर्दै जानेमा जोड ...









