२२ कार्तिक २०८२, शनिबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालको औपचारिक भ्रमणमा आउँदै

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालको औपचारिक भ्रमणमा आउँदै

अमेरिका । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार मंगलबारदेखि उहाँ दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानु भएको हो । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानुहुनेछ । उहाँको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ । नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ । पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...
दूतावास नभएको देशमा नेपाल सरकारको दुतको काम एनआरएनएले गर्दैछः अध्यक्ष केसी

दूतावास नभएको देशमा नेपाल सरकारको दुतको काम एनआरएनएले गर्दैछः अध्यक्ष केसी

अमेरिका । गैरआवसीय नेपाली संघ (एनआरएनए आईसीसी) अध्यक्ष डा. बद्री केसीले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताएका छन् । जापानको राजधानी टोकियोमा आयोजित १४औँ नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट आतिथ्यताको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा. केसीले मूलुक बाहिर बसेर ८७ देशमा संगठित एनआरएनएहरुले नेपालको समृद्धको लागि रेमिट्यान्स गरेर मात्र हैन सरकारको दूतको रूपमा काम गरिरहेको जिकीर गरे । अध्यक्ष डा. केसीले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिने नेपाल सरकारको निर्णय संगै देशमा लगानी बढाएको बताउदै विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन कानुन बनिरहेको बताए । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार...
जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ शुरु

जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ शुरु

अमेरिका । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा शनिबारदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ शुरु भएको छ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्धन’ नाराका साथ ‘नेपाल फेस्टिभल’ शुरु भएको हो । आइतबारसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ। जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसाँस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ। फेस्टिभलमा विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, र प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल ...
क्रोएशियामा नेपाली राजदूतावास खोल्न पहल गर्ने एनआरएनएको प्रतिबद्धता

क्रोएशियामा नेपाली राजदूतावास खोल्न पहल गर्ने एनआरएनएको प्रतिबद्धता

अमेरिका । क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सहयोगको आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्मासँग मंगलबार जाग्रेफमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले क्रोएशियामा नेपालीहरूको जनघनत्व बढ्दै गएको र त्यसको परिणामस्वरूप यहाँ नेपाली दूतावासको आवश्यकता पनि स्पष्ट रूपमा महसुस गरिएको बताए । कार्यक्रममा बोल्दै डा. शर्माले गैरआवासीय नेपाली संघले विदेशमा बसोबास गर्दै आएका नेपाली र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि संस्था ठूलो हुदै गएपछि केही चुनौतीहरूको सामना गर्नुपरेको छ।” गैरआवासीय नेपाली संघ (क्रोए...
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा ...
अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल भव्यरूपमा सम्पन्न

अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल भव्यरूपमा सम्पन्न

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नी र यसको केन्द्रस्थित डार्लिङ हार्बरको टम्बलङ पार्कमा शनिबार नेपाल फेस्टिभल सिड्नी २०२४ भव्य रूपमा सम्पन्न भएको छ । न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्स साथै विपक्षी नेता र अरू संघीय र राज्यस्तरका राजनीतिकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालको कला–संस्कृति झल्कने प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । गायक हेमन्त शर्मा, एक्स ब्यान्ड र आस्था राउतलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । मुलुक चिनाउने मेलाका रूपमा यो महोत्सव महत्त्वपूर्ण रहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलिया, न्यु साउथ वेल्सका संयोजक विनोद कुँवरले बताए । योपटक करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको भनाइ छ । महोत्सवअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा समेत गरिएको एनएसडब्ल्यू राज्यसचिव क...
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्ससको ड्यालसमा ११० जनाद्वारा रक्तदान

ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्ससको ड्यालसमा ११० जनाद्वारा रक्तदान

अमेरिका । गत आइतबार टेक्ससको ड्यालसमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् । अमेरिकाको टेक्ससमा सक्रिय प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिकले ड्यालसको युलेश र अर्भिङमा पहिलोपटक सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको मञ्चका वरिष्ठ उपाध्यक्ष शिव काफ्लेले जानकारी दिनुभयो । प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४०, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ र लायन्स क्लबहरुले अर्भिङमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएका छन् । रक्तदा...
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

नेपाल । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार राजदूत नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
अमेरिकाको वासिङ्टन डीसी नजिक भएको गाडी दुर्घटनामा परी २ नेपालीको मृत्यु

अमेरिकाको वासिङ्टन डीसी नजिक भएको गाडी दुर्घटनामा परी २ नेपालीको मृत्यु

अमेरिका । अमेरिकी सडकमा गाडी दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ । रुकुम आठबीसकोट र बर्दियाका व्यक्तिको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सुरेश केसी तथा बिबेक सुबेदी भएको बुझिएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डीसीबाट करिब २५ मिनेट दुरीमा रहेको डलर्स इन्टरनेसनल एयरपोर्टबाट करिब १० मिनेटको दूरीमा रहेको लाउडन काउन्टिङको साउथ राइडिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । मृतकहरू दुर्घटनास्थलबाट नजिकै रहेको ‘आगो नेपाली रेस्टुरेन्ट’मा काम गर्ने कर्मचारी रहेको बताइएको छ । घटना अमेरिकी समयअनुसार शुक्रबार राति साढे १२ बजे भएको हो ।...
एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

अमेरिका । गैरआवासीय नेपालीहरुको लागि लगानी गर्न नेपालको शेयर बजार खुल्ला गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले विहिवार स्वीकृती प्रदान गरे पछि विदेशमा बस्ने नेपालीहरुले शेयर बजारमा लगानी गर्न पाउने भएका हुन् । गैरआवासीय नेपाली संघले शुक्रवार एक विज्ञप्ति जारी गदै नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको भन्दै सो निर्णयको स्वागत गरेको छ । ...