एनआरएनएको ११औँ कार्यसमिति नै वैधानिक भन्नेमा सरकार स्पष्ट छः मन्त्री भण्डारी
नेपाल । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको वर्तमान समस्याको विषय सरकारले गम्भीरतापूर्वक लिइरहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका पदाधिकारीसँगको भेटमा माननीय मन्त्री भण्डारीले संघको ११ औँ कार्यसमितिको वैधानिकताको विषयमा सरकार स्पष्ट रहेको र विधानसम्मत रुपमा विधिपूर्वक कार्यरत कार्यसमितिकै नेतृत्वमा भएका विभिन्न क्षत्रीय सम्मेलनमा सरकारको डेलिग्ट्सको रुपमा आफू पनि सहभागि भइसकेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, विधिविधान अनुसार अघि बढ्नुभएकोले नै हो नेपाल सरकारको क्याबिनेटले जानू भनेर म तपाईहरुको सम्मेलनमा सहभागी भएको यो भन्दा ठूलो प्रमाण अरु के हुन्छरु कि सरकारले तपाईहरुलाई नै वैधानिक रुपमा लिन्छ भन्ने रु तर यो भन्दाभन्दै तपाईहरु मिलेर अघि बढ्नुपर्छ भन्नेमा पनि सबै सरकार, राजनीतिक दलहरु एकमत छन् ।
भेटमा अध्यक्ष डा...









