अमेरिकाको नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया
अमेरिका । पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा स्थानीय नेपाली समुदायसँग नेपालको शिक्षाका विषयमा हालै एक अन्तरक्रिया गर्नुभएको छ ।
नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध नेपाली विद्वत वर्गले नेपाल र अमेरिकाबीचको शिक्षण विधिका भिन्नता र एकरूपताका बारेमा आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा छलफल भएको थियो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी)का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोख्रेललाई स्वागत गर्दै नेपालका विद्यालयमा पनि विद्यार्थीले क्षमता र रुचिअनुसार कलेजका केही कोर्ष विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
एनसिएनसीका अध्यक्ष डा विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै नेपालमा अनुसन्धानलाई अझ बढी समावेश गर्न स...








