२३ कार्तिक २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

लस एन्जल्समा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

लस एन्जल्समा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

अमेरिका । अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ । लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६ जना बेपत्ता छन् । आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै प्यालिसेड्समा आगलागीबाट २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर ध्वस्त भएको छ । क्यालिफोर्नियाका मौसम वैज्ञानिकले आगो अझै तीव्र गतिमा फैलिने र ठूलो भौतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन् । तीव्र गतिमा हावा चलेका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । अमेरिकी एक कम्पनीले आगलागीबाट अहिलेसम्म २ सय ५० देखि २ सय ७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको छ ।...
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा जनजीवन प्रभावित

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा जनजीवन प्रभावित

अमेरिका । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ । युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।...
एनआरएनएले थाइल्याण्डको बैंककमा चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने

एनआरएनएले थाइल्याण्डको बैंककमा चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । एनआरएनएले आइतबार नेपालको राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो । यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्नेभएको छ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ । प्रेस नोट दोस्रो अन्तर्राष्ट्रिय युवा-पिएनओज् सम्मेलन- बैंकक थाइल्याण्ड (१५ –१६ मार्च, २०२५ ) तथा एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘संगमʼ - ...
अमेरिकाको लस एन्जलसमा डढेलोले जनजीवन प्रभावित, जनधनको ठूलो क्षति

अमेरिकाको लस एन्जलसमा डढेलोले जनजीवन प्रभावित, जनधनको ठूलो क्षति

अमेरिका । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूख ढालेका छन् । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ । लस एन्जलसका सयौँ भवन ध्वस्त भएका छन् भने दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपि धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञह...
लगानीको वातावरण बनाउन एनआरएनका लागि महत्वपूर्ण निर्णय गरेका छौंः गृहमन्त्री लेखक

लगानीको वातावरण बनाउन एनआरएनका लागि महत्वपूर्ण निर्णय गरेका छौंः गृहमन्त्री लेखक

नेपाल । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गरेको बताएका छन् । शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले मुलुकमा लगानीको वातावरण बनाउन गैर आवासीय नेपालीका निमित्त महत्वपूर्ण निर्णय गरेको समेत बताए । कानून बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए । उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानून निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।...
क्यानडामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइयो

क्यानडामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइयो

क्यानडा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विविध कार्यक्रम गरि सम्पन्न गरिएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३औं जन्म जयन्तीको अबसरमा क्यानडाको मिसिसागामा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले आज हामी गोर्खाली र नेपाली भएर बिश्वसामु शिर ठाडो पारेर हिड्न पाउनु गर्वको विषय भएको बताउनु भयो । नेपाल राष्ट्रको एकीकरण र सर्वभौम सम्पन्न नेपाल बनाउन र सबै नेपालीलाई एकताको मालामा गासेर राख्ने राजा पृथ्वीनारायण शाह आजको राजनिती र पार्टी भन्दा माथि रहनु भएको भन्दै उहाँलाई एउटा राजाको रूपमा मात्र नभै नेपाल राष्ट्रको परिकल्पनाकारको रूपमा सबैले स्विकार्नु पर्ने कार्यक्रमका वक्ताहरूले बताउनु भएको थियो । प्रवासी नेपाली एकता समाज क्यानडाका अध्यक्ष हिराकाजी याङ्डोको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएनसीका निवर्तमान अध्यक्ष नरबहादुर क्षेत्री, लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु नेपाल बर्ष २०...
अमेरिकामा शक्तिशाली हिमआँधीले जनजीवन प्रभावित

अमेरिकामा शक्तिशाली हिमआँधीले जनजीवन प्रभावित

अमेरिका । अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दश जनाको ज्यान गएको छ । हिमपातको असरले निम्त्याएको दुर्घटनामा परी दुई जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । डढेलोले धेरै अमेरिकी नागरिक विस्थापित भइसकेका छन् । अझै हुने क्रममा छन् । गत साता आएको शक्तिशाली हिमआँधीपछि राजधानी वासिङ्टन डिसी, न्युयोर्क, पेन्सिलभेनिया, भर्जिनिया, मेरिल्यान्ड, मिसिसिपी, केन्टकी, मिसौरी, कोलोराडो लगायतका सहरमा भारी हिमपात भएको सञ्चार माध्यमले जानकारी दिएका छन् ।...
मगर संघले बोस्टनमा माघे सङ्क्रातिको अवसरमा विशेष कार्यक्रम गर्ने

मगर संघले बोस्टनमा माघे सङ्क्रातिको अवसरमा विशेष कार्यक्रम गर्ने

बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका मगर समुदायको संस्था मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले माघे सङ्क्रातिको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । संघले नेपालीहरुको विषेश चाड माघे सङ्क्रातिको अवसर पारेर ‘माघे सङ्क्रान्ति–२०२५’ कार्यक्रम गर्न लागेको हो । नेपालका मगर जातिले विशेष रुपमा मनाउने गरेको चाड ‘माघे सङ्क्राति’ लाई अमेरिकामा रहेका प्रवासी नेपाली मगर समुदायले पनि प्राथमिकताका साथ मनाउँदै आएका छन् । यसै क्रममा, मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले आउदो जनवरी १३ तारिख सोमबार 50 church street, Waltham, MA-02452 मा ‘माघे सङ्क्रान्ति -२०२५’ कार्यक्रम गर्न लागेको हो। यस वर्षको माघे सङ्क्राति अङ्ग्रेजी पात्रो अनुसार जनवरी १४ तारिख मङ्गलबारका दिन परेको छ । यो दिन मगर जातीको राष्ट्रिय पर्व हो । यस दिन मगर जातिमा धनुष काँडले तादो चडाउने प्रचलन छ...
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन, अध्यक्षमा रामप्रसाद खनाल

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन, अध्यक्षमा रामप्रसाद खनाल

अमेरिका । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसारभर विभिन्न देशहरूमा देश स्तरीय शाखा पनि गठन गर्ने तयारी महासंघले गरेको छ । लामो समय क्रियाशील भएका देखि नयाँसम्मका वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घलाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ । बरिष्ठ पत्रकारहरु कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम् अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल, मोफसलको दैनिक ...
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान भएको कार दुर्घटनमा दुई नेपालीको मृत्यु भएको छ । स्यानटिली शहरको एक होटल बाहिर पोखरीमा कार डुब्दा दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारेका थिए । गाडी कसरी हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन । मृत्यु भएका व्यक्तिहरु होटलका कर्मचारी भएको बुझिएको छ । मृत्यु भएका व्यक्ति ५५ बर्षिय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट भएको बुझिएको छ ।...