सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको प्रक्रिया निर्णायक चरणमा
अमेरिका । अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट जनरलको कार्यालय स्थापनाको प्रक्रिया निर्णायक चरणमा पुगेको छ ।
हालै मात्र सान फ्रान्सिस्को आइपुग्नुभएका कन्सुलर जनरल लक्ष्मण खनालको पहलमा कार्यालय स्थापनाका लागि उपयुक्त स्थान छान्ने कार्य तीव्र पारिएको छ ।
कन्सुलर जनरल खनालले सान फ्रान्सिस्कोस्थित स्थानीय सरकारी निकायका प्रतिनिधि, समन्वयकर्ताहरू तथा नेपाली समुदायका अगुवाहरूसँग औपचारिक तथा अनौपचारिक छलफल गर्दै कार्यालय स्थापनाका सम्भावित स्थानहरूको निरीक्षण गर्नुभएको छ । उहाँको नेतृत्वमा भइरहेको यो प्रक्रिया अब छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
खनालले सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग पनि भेटघाट गरी कन्सुलेट कार्यालयको औचित्य र सम्भाव्य लाभबारे जानकारी दिनुभएको छ । उहाँले समुदायको सहभागिता, सुझाव र समर्थनले प्रक्रिया अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्...









