नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पदः सांसद पाण्डे
अष्ट्रेलिया । नेकपा (एस) का केन्द्रीय नेता तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पद रहेको बताएका छन् । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट ल्याइएको उनले टिप्पणी गरे ।
आफू पनि सहभागी भएर बनाइएको गैरआवासीय नेपालीसम्बन्धी कानुनमा राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने व्यवस्था स्पष्ट उल्लेख भएको उनले बताए । गलत बाटोबाट ल्याइएको अध्यादेश पारित हुनेमा उनले शंका व्यक्त गरे ।
शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली एकता मञ्चले आयोजनामा गरेको अन्तरक्रियामा सांसद पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गरे ।
उनले एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया नबन्ने बताए । “विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आआफ्ना विशेषता छन्,” उनले भने, “एकैपटक नेपाल ...









