अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट निर्वाचन हुने भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता जुलाई १३ मा हुने छ ।
एनआरएनए यूकेमा हाल ३,५०८ जना मतदाता रहेका छन् ।
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन भएका छन् । संघको गत आइतवार सम्पन्न १६औँ साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन, तथा कोषाध्यक्षमा बिनु सुनवार चयन भएका छन् ।
युवा संयोजकमा आशिष परियार, महिला संयोजकमा बन्दना प्रजापति, तथा सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी रहेका छन् । गैर आवासीय नेपाली संघ स्विट्जरल्यान्डको आईसीसी सदस्यमा शुभ एल्मर लामा निर्विरोध चयन भएकी छिन् ।
स्विट्जरल्यान्डको राजधानी बेर्नमा सम्पन्न अधिवेशनमा नेपाली राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रम संघका अध्यक्ष कृष्णप्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो।
...
नेपाल । गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित् नागरिकताको विधेयकको तयारी गरिरहेको बताएका हुन् ।
गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा गैर आवसीय नेपाली नागरिकहरुलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए।
उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पस्ट रहेको बताए ।
...
अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण सार्वजनिक गरिएको छ । २७ जुन २०२५ सम्मको तथ्यांक अनुसार, हालसम्म कुल ५३,०८४ जना सदस्यता स्वीकृत भएका छन् भने ७,६३१ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन् ।
देश अनुसार सदस्य संख्या:
१ . जापान – १८,४३५ जना
२. अष्ट्रेलिया – १५,३०० जना
३. संयुक्त अधिराज्य (यूके) – २,७७२ जना
४. क्यानडा – ३,१६५ जना
५. साउदी अरेबिया – ३,१२७ जना
६. अमेरिका – २,६०१ जना
७. संयुक्त अरब इमिरेट्स (युएई) – १,५५६ जना
८. आयरल्यान्ड – १,१०६ जना
संघको क्षेत्रगत विवरण अनुसार:
• एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,१२६ सदस्यता स्वीकृत भएका छन्। यसमध्ये जापानबाट मात्रै १८,४३५ सदस्य रहेका छन्, जुन सम्पूर्ण विश्वभरबाट सबैभन्दा बढी हो।
• दोस्रो धेरै सदस्यता ओसिनिया क्षेत्रबाट १६,२५३ जना रहेको छ। यसमा अष्ट्रेलियाबाट १५...
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।
जापान, अमेरिका, अष्ट्रेलियालगायत देशमा उत्साहजनक रूपमा सदस्यता वितरण भइरहेको उल्लेख गर्दै उनले थोरै सदस्य संख्या भएका राष्ट्रिय समितिहरूलाई अलमलमा नपरी एमआईएस प्रणालीबाट सदस्यता लिन आग्रह गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्द्र पन्तले सञ्चालन गरेका थिए । सहभागीहरूले संघको आन्तरिक एकता र आसन्न राष्ट्रिय महाधिवेशनसम्बन्धी आ–आफ्ना धारणा राखेका थिए।
उक्त कार्यक्रममा एनआरएनए नेदरल्याण्डका संस्थापक अध्यक्ष शशि पौडेल, उपाध्यक्षहरू रामचन्द्र पोखरेल, संघर्ष केसी, महासचिव स...
नेपाल । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताए ।
उनले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताए।
उपराष्ट्रपति यादवले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेप...
नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपाय अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराउनुभएको हो।
मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उहाँहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिनुभयो।...
अमेरिका । इजरायल र इरानबीच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ।
बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो ।
कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील भएको उल्लेख गर्दै भने, “अहिलेको अवस्था विगतका युद्धहरूको तुलनामा झन् संवेदनशील छ, तर सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालन गर्दा असुरक्षा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।” उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा सामग्री नगर्न समेत आग्रह गरे ।
त्यसैगरी, एनआरएनए इजरायलका महासचिव अलि मोहम्मद मियाँले पनि इजरायली सुरक्षाका मापदण्डहरू कडाइ...
अमेरिका । नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महावाणिज्यदूत अधिकारीले दूतावास रहने स्थानको छनोट र अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपछि सेवा प्रारम्भ गरिने जानकारी दिनुभयो ।
ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासले टेक्सासका अतिरिक्त ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताइएको छ । महावाणिज्य दूतावास कार्यालयका लागि परर...
अमेरिका । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ ।
मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि योजना बनाएको हो ।
मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहु आयामिक तयारी गरिरहेको बताए । उनले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणका लागि गृह, परराष्ट्र लगायतका सम्वन्धित मन्त्रालयहरुलाई आग्रह गरिएको जानकारी दिए ।
पछिल्लो समय इजरायल–इरान युद्धका कारण म...