१ आश्विन २०८२, बुधबार

अन्तराष्ट्रिय/प्रवास

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना

अमेरिका । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको समाचार आएको छ । १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । विमान धावनमार्गबाट ​​बाहिर निस्केको र दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।...
नेपाली समाज टेक्ससको साधारण सभा सम्पन्न

नेपाली समाज टेक्ससको साधारण सभा सम्पन्न

अमेरिका । नेपाली समाज टेक्ससको साधारण सभाले हालै सम्पन्न भएको छ । उक्त सभाले नेपाली समुदायलाई आवश्यक पर्ने सेवा सुविधा उपलव्ध गराउनका लागि बिभिन्न नीति कार्यक्रम सहितका योजना पारित गरेको छ । टेक्ससको नेपाली मन्दिरमा आयोजित साधारण सभाले हरेक वर्ग र समुदायका नेपालीहरुलाई संस्थाको सेवा पुर्याउन सबैलाई समेट्ने गरि कार्यक्रम अघि बढाउने योजना पारित गरेको हो । समाजले बढ्दो नेपाली समुदायलाई दृष्टिगत गरेर मन्दिरसँगैको घरजग्गा खरिद गर्ने प्रस्तावलाई पारित गरेको छ । साधारण सभाको उदघाटन गर्दै युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको आकर्षण युलेस सिटीमा बढ्र्द गएकोमा खुशी व्यक्त गरिन् । उनले समुदायका लागि आवश्यक पर्ने कुनै पनि सेवाका लागि सिटी तयार रहेको समेत वचन दिइन् । सोही अवसरमा मेयर प्रोटेम टीका पौडेलले समुदाय एकजुट भएमा अनेकन सुुविधाहरु लिन सकिने उल्लेख गर्दै अब समुदाय त्यतातिर पनि ल...
विदेशमा रहेका तमु समुदायको एनआरएनए अभियानमा महत्वपूर्ण भूमिका छः डा. शर्मा

विदेशमा रहेका तमु समुदायको एनआरएनए अभियानमा महत्वपूर्ण भूमिका छः डा. शर्मा

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका तमु समुदायको एनआरएनए अभियानमा महत्वपूर्ण भूमिका रहेको बताएका छन् । शनिवार लण्डनमा तमुधीं यूकेको रजत महोत्सवलाई सम्बोधन गर्दै डा. शर्माले भने, ‘तमुधीं यूके एनआरएन भन्दा पनि बलियो संस्थाको रूपमा स्थापित भएको छ र यसले केवल तमुहरूको धरोहर मात्र नभएर सम्पूर्ण नेपाली समुदायको धरोहर बनेको छ ।’ उनले थपे, ‘तमुधींले विश्वभर छरिएका तमु समुदायलाई एकताबद्ध गर्ने, र परम्परा तथा संस्कृतिलाई विदेशमा जर्गेना गर्ने काम गर्दै आएको छ ।’ डा. शर्माले तमुधीं यूकेको विभिन्न कार्यक्रम जस्तै गोर्खाकप र नेपाली मेला मार्फत विश्वभरका सबै समुदायका मानिसलाई जोड्न सफल भएको उल्लेख गरे। ...
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे लुम्बिनीमा

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे लुम्बिनीमा

नेपाल । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । काठमाडौँ अवतरण गरेका पूर्वराष्ट्रपति विक्रमासिङ्घे शनिबारनै लुम्बिनीका गएका छन्। पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ । उनी पुस १७ गते स्वदेश फर्कने छन्...
कजकिस्तानमा ६७ जना सवार रहेको विमान दुर्घटना

कजकिस्तानमा ६७ जना सवार रहेको विमान दुर्घटना

अमेरिका । कजकिस्तानको अकताऊ शहरमा बुधवार विमान दुर्घटनामा परेको छ । अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २–८२४३ जहाज आज बिहान दुर्घटना भएको हो । स्थानीय अधिकारीहरूका अनुसार विमान पाँच जना चालकदलसहित ६७ जना सवार थिए । जहाजमा सवार २५ जना जीवितै भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जीवितै उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लिएको छ । उक्त अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ जाँदै थियो ।...
बेलायतको संस्थाबाट सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

बेलायतको संस्थाबाट सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

बेलायत । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् वुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ । उक्त जानकारी फोटोसहित केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ । श्रेष्ठले दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेका छन्। सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा दोस्रो जीवनचर्या सुरु गर्नुभयो । सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनःप्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सीमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलता र समकालीन विवाद स...
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) मा नयाँ कार्यसमिति चयन

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) मा नयाँ कार्यसमिति चयन

अमेरिका । अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सबै भन्दा पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल (२०२४–२०२६) का लागि नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन समितिले जनाए अनुसार वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्दिपकुमार भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन प्रक्रिया अनुसार नयाँ कार्यसमिति चयनका लागि अध्यक्षलगायत विभिन्न पदहरुमा आवश्यकता भन्दा बढी व्यक्तिको उमेदवारी नपरेको र उमेदवार भएकाहरु उपर कुनै दाबी विरोध नपरेको जनाउदै निर्वाचन समितिले अध्यक्षलगायत अन्य पदहरुमा उमेदवारी दिएका सम्पूर्णलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। जिबिएनसिका पूर्वअध्यक्ष मिलनकुमार कार्कीको संयोजकत्वमा, डाक्टर उषा शर्मा र विष्णुमणि आचार्य सदस्य रहेक...
परराष्ट्रको ट्राभल एड्भाइजरीः ‘जागिरको प्रलोभनमा ठगी बढ्यो, सचेत हुनू’

परराष्ट्रको ट्राभल एड्भाइजरीः ‘जागिरको प्रलोभनमा ठगी बढ्यो, सचेत हुनू’

नेपाल । जागिरको प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै सरकारले थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस नजान भन्दै नेपालीहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एड्भाइजरी जारी गर्दै ती देशहरूमा जबर्जस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवं प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । ...
एनआरएनए एनसीसी आयरल्यान्डद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

एनआरएनए एनसीसी आयरल्यान्डद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

अमेरिका । एनआरएनए आइसीसीका उपमहासचिव सोमनाथ सापकोटा आयरल्यान्ड भ्रमणको क्रममा एनआरएनए एनसीसी आयरल्यान्डद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । उक्त कार्यक्रममा एनआरएनएको वर्तमान अवस्था, एमआईएस प्रणालीमार्फत सदस्यता प्रक्रिया, र एनआरएनए नागरिकताको कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो । उक्त अवसरमा उपमहसचिव सापकोटाद्वारा एनसीसी आयरल्यान्डलाई एमआईएस प्रणालीमार्फत सदस्यता खोल्न प्रोत्साहन गर्नु भयो । यस कार्यलाई तत्काल सुरु गरिने भन्दै अध्यक्ष प्रकाश सापकोटाले यसलाई समावेशी र सहयोगात्मक बनाउने उद्देश्यले प्रतिनिधिहरू, पूर्व अध्यक्षहरूलाई समेत सहभागी गराइने आश्वासन दिनुभयो । त्यसैगरी, आयरल्यान्डमा रहेका नेपाली डायस्पोरालाई एकताबद्ध बनाउने, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपाली युवा पुस्तालाई आयरिश समाजमा एकीकृत गराउन सहयोग गर्ने र उनीहरूको सांस्कृतिक पहिचान...
पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट तीन हजार नेपालीले सेवा लिए

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट तीन हजार नेपालीले सेवा लिए

अमेरिका । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ । घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो । शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु एक करोड नौ लाख ११ हजार नौ सय राजस्व संकलन भएको राजदूत भट्टराईले बताउनुभयो ।...