२ चैत्र २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।...
कतार पुगेर कुलमानले भने–देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गरिएन

कतार पुगेर कुलमानले भने–देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गरिएन

कत्तार। नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताउनुभएको छ । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहनुभएका कार्यकारी निर्देशक घिसिङले आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताउनुभयो । कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स) बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गर्नुभयो । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताउनुभयो । उहाँले भ...
अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

अमेरिका । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदानले सम्पन्न भएको छ । पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको स्मरण गर्दै श्रेष्ठले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताएका छन् । लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । कार्यक्रम अवैतनिक महावाणिज्यदूत ऋषि गुण...
अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । मस्कले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मक्सले स्थापना गरेको ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । ...
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय हताहत भएको हो । बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ । टेक्सास डिपार्टमेन्ट अफ ...
विदेशमा दुई नेपाली युवा शिक्षासेवामा समर्पित, प्रभावकारी बन्दै ‘अनलाइन ट्युसन प्लेटफर्म’

विदेशमा दुई नेपाली युवा शिक्षासेवामा समर्पित, प्रभावकारी बन्दै ‘अनलाइन ट्युसन प्लेटफर्म’

अमेरिका । अमेरिका धेरैका लागि सपना पुरा हुने देश हो, तर यी दुई युवा सन्दीप पौडेल र आशिष आचार्यको सपना सधैं स्वदेशमै अडिएको थियो । दैनिक व्यस्तता, संघर्षपूर्ण जीवनशैली, र समय अभावबीच पनि उनीहरू सधैं यही सोचमा थिए—‘स्वदेशका लागि केही गरौं, केही फर्काऔं ।’ प्रवासमा रहेर पनि संसारका लागि शिक्षा तथा देशका लागि केही सकारात्मक योगदान दिन सकिन्छ भन्ने सपना र हुटहुटी कै उपज बन्यो ‘Learning Center’ । प्रवासको एउटा सानो कोठा अमेरिकाको कोलोराडोबाट सुरु भएको एक दुरगामी सोचले आज सयौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ । यो कथा तिनै दुई नेपाली युवाहरू—सन्दीप पौडेल र आशिष आचार्यको हो , जसले आफ्नो आत्मविश्वास, लगनशीलता र नौलो सोचका भरमा ‘Learning Center” नामक अनलाइन ट्युसन प्लेटफर्मको सुरुवात गरे । अनौपचारिक रूपमा सन् २०२४ मा सुरु गरिएको यो प्रयास सन् २०२५ मा औपचारिक रूपमा दर्ता भई सञ्चालनमा आयो । ...
टेक्सासमा विनाशकारी बाढीमा मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीमा मृत्यु हुने सङ्ख्या २५ पुग्यो

अमेरिका । अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठुलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् । केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ । टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उहाँले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट ९करिब ८ मिटर०ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् । शिविरका प्रमुखले पठाएको सन्देश ...
विष्णु पौडेल (प्रकाश) द्वारा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

विष्णु पौडेल (प्रकाश) द्वारा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

अमेरिका । एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष विष्णु पौडेल (प्रकाश) ले एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले विगत ८ वर्षदेखि कोलोराडो च्याप्टरमा सक्रिय रूपमा रहेर विभिन्न जिम्मेवारी पूरा गर्दै आएका छन् । च्याप्टरको अध्यक्ष पदमा रहँदा दिनरात खटिएर समाजसेवामा योगदान पुर्‍याएको अनुभव सँगालेका छन् । अहिले एनआरएनए संस्थामा कुनै पक्ष वा विपक्ष नभई निष्पक्ष रूपमा काम गर्दै संस्थाप्रतिको असन्तुष्टि घटाउन र आम गैरआवासीय नेपालीहरूको हकहितको लागि संस्था अझै मजबुत बनाउन उनले उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।...
जुलाई ४ः मनाइयो अमेरिकी स्वतन्त्रता दिवस

जुलाई ४ः मनाइयो अमेरिकी स्वतन्त्रता दिवस

अमेरिका । जूलाई ४ का दिन अमेरिकी स्वतन्त्रता घोषणामा हस्ताक्षर भएको र संयुक्त राज्य अमेरिका स्वतन्त्र राष्ट्र घोषणा भएको दिन हो । अमेरिकामा यो दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा पनि अमेरिकी दूतावालको आयोजनामा भव्यताका साथ अमेरिकी स्वतन्त्रता दिवस मनाइएको छ । ‘हामीले हाम्रो २४९औं जन्मदिन मनाउँदा, हाम्रो प्रगतिलाई सहयोग गर्ने सबैलाई धन्यवाद गर्दछौं ।’, दूतावासले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।...
एनआरएनए सदस्यता रिपोर्ट: ६०,४८१ जना सदस्यता स्वीकृत, ४,९६७ नयाँ सदस्यता प्रक्रियामा

एनआरएनए सदस्यता रिपोर्ट: ६०,४८१ जना सदस्यता स्वीकृत, ४,९६७ नयाँ सदस्यता प्रक्रियामा

अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण अद्यावधिक गर्दै ४ जुलाई २०२५ सम्मको तथ्यांक सार्वजनिक गरिएको छ। हालसम्म कुल ६०,४८१ जना सदस्यता स्वीकृत भइसकेका छन् भने थप ४,९६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन्। देश अनुसार सदस्य संख्या १. जापान – १८,४३५ जना २. अष्ट्रेलिया – १५,५५१ जना ३. क्यानडा – ५,४६० जना ४. अमेरिका – ४,९८८ जना ५. संयुक्त अधिराज्य (यूके) – ३,५०८ जना ६. साउदी अरेबिया – ३,१२७ जना ७. संयुक्त अरब इमिरेट्स (युएई) – १,७२१ जना ८. आयरल्याण्ड – १,४०२ जना संघको क्षेत्रगत विवरण अनुसार • एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,४८५ सदस्यता स्वीकृत भएका छन्, जसमा जापानबाट मात्रै १८,४३५ सदस्य छन्। • ओसिनिया क्षेत्रबाट १६,५३४ सदस्य रहेका छन्, जसमा अष्ट्रेलियाबाट १५,५५१ सदस्य छन्। • अमेरिका महादेशबाट कुल १०,४४८ सदस्य छन...