२३ कार्तिक २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

सरकारले गैरआवासीय नेपालीहरुको लागि छुट्टै संयन्त्र बनाउने, एनआरएनकै पक्षमा ऐन आउने आश्वासन

सरकारले गैरआवासीय नेपालीहरुको लागि छुट्टै संयन्त्र बनाउने, एनआरएनकै पक्षमा ऐन आउने आश्वासन

अमेरिका । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने गरी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसंग आइतवार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै विश्वभरका गैरआवासीय नेपालीलाई हेर्ने गरी विशेष संयन्त्र नै बनाउने काम भइरहेको उल्लेख गर्नुभएको हो । गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा हाल आएको अध्यादेश अस्थाथी प्रबन्ध मात्रै भएको र आगामी हिउँदे अधिवेशनमार्फत उक्त अध्यादेश प्रतिस्थापन गर्दै संविधानमा प्रावधान भएअनुरुप नै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नेमा सबै दलका नेताहरु सकारात्मक रहेको उहाँको भनाई थियो । उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली ऐनलाई परिमार्जन र आवश्यकता अनुसार परिवर्तन गर्न अनुरोध गर्नुभएको थियो । जवाफमा मन्त्री राणाले गैरआवासीय नेपाल...
विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओमानबाट सुरु

विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओमानबाट सुरु

नेपाल । विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओमानबाट सुरु भएको छ । नेपाली राजदूतावास, मस्कटको पहलमा विदेशमा पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति ३१ जनवरी २०२५ बाट सुरु भएको हो । राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सुर्यबहादुर खत्रीले संयुक्त रुपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सुरु गरेका थिए भने वैदेशिक रोजगार विभागका कम्प्यूटर ईन्जिनियर नरेशप्रसाद दासले सबै प्राविधिक व्यवस्था गरेका थिए ।    ...
अमेरिकाको पेन्सेलभेनियामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

अमेरिकाको पेन्सेलभेनियामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

अमेरिका । अमेरिकामा फेरि अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो । पछिल्लो दुर्घटना पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा भएको हो । एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो । बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।...
जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

अमेरिका । सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्व राष्ट्रपति होस्रट कोहलरको शनिबार निधन भएको छ । उहाँ ८१ वर्षको हुनुहुन्थ्यो । कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ । प्रशिक्षित अर्थशास्त्री कोहलर पहिलो जर्मन राष्ट्रपति हुनुहुन्थ्यो ।...
रास्वपा नेता गणेश पराजुली अमेरिकामा संगठन विस्तार तथा अन्तरक्रियामा सहभागी

रास्वपा नेता गणेश पराजुली अमेरिकामा संगठन विस्तार तथा अन्तरक्रियामा सहभागी

अमेरिका । काठमाण्डौ क्षेत्र नं ७ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा रास्वपाका नेता गणेश पराजुली प्रवासी नेपालीहरूबीच संगठन विस्तार तथा अन्तरक्रिया गर्ने शिलशिलामा अमेरिकाका विभिन्न शहरहरू भ्रमण गरी फर्किनु भएको छ । सांसद पराजुली प्रवासी नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्न तथा उनीहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरू संकलन गर्न पौष २६ गते अमेरिका प्रस्थान गरेका थिए । भ्रमण अन्तर्गत उहाँले टेक्सास, मेरिल्याण्ड, डल्लास, लस एन्जलस, फ्लोरिडा, न्यू जर्सी, न्यू योर्क लगायतका प्रमुख शहरहरूमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागिता जनाउनु भयो । उक्त भ्रमणको संयोजन रास्वपा अमेरिका विभागका प्रमुख रमेश भट्ट तथा उपप्रमुख दीपक सुनुवारले गर्नु भएको थियो । प्रवासमा रहेका नेपालीहरूसँगको अन्तरक्रियामा उनीहरूले अबको नेपालको भविष्य नै राष्ट्रिय स्वतन्त्र पार्टी रहेको भन्दै पार्टील...
नेजाको नवौं अधिवेशन मे १० र ११ मा लस भेगसमा हुने, नयाँ नेतृत्व पनि चयन गरिंदै

नेजाको नवौं अधिवेशन मे १० र ११ मा लस भेगसमा हुने, नयाँ नेतृत्व पनि चयन गरिंदै

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौं अधिवेशन तथा १८औं साधारणसभा अमेरिकाको लस भेगसमा हुने भएको छ । जनवरी २५ तारिखमा बसेको नेजाको कार्यसमिति बैठकले नवौं अधिवेशन तथा १८औं साधारणसभा मे महिनाको १० र ११ तारिखमा गर्ने निर्णय गरेको हो । अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (२०२५ –२०२७) का लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने छ। उक्त अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि नेजा पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी संयोजक र नेजा कार्यसमितिका सदस्यद्वय ईश्वरी न्यौपाने र हेमराज बराल सदस्य रहने गरी व्यवस्थापन समितसमेत गठन गरेको छ ।...
क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवा शिविरबाट १५०० ले सेवा लिए

क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवा शिविरबाट १५०० ले सेवा लिए

अमेरिका । नेपाली राजदूतावास वासिङटन डिसिद्वारा क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्कोमा आयोजना गरिएको राहदानी कन्सुलर सेवा शिविरबाट एक हजार पाँच सय १५ नेपाली प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । उक्त शिविरमा एक हजार ५०६ जनालाई राहदानी सेवा र नौ जनालाई अधिकृत वारेशनामा सेवा दिइएको दूतावासले जनाएको छ । सुरुमा जनवरी महिनाको २२ तारेखदेखि पाँच दिन शिविर सञ्चालन गर्ने भनिए पनि सेवाग्राहीको चाप बढेपछि तीन दिन थप गरेर सेवाग्राहीलाई सेवा दिइएको थियो । उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायमा अतिरिक्त आसपासका राज्यबाट पनि नेपाली सेवाका लागि क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्को पुगेको गैरआवासीय नेपाली सङ्घ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताउनुभयो । नेपालीहरुको बाक्लो बसोबास रहेको क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सञ्चालन गर्नका लागि ने...
अमेरिकामा भएको जहाज दुर्घटनामा ६४ जनाको मृत्यु

अमेरिकामा भएको जहाज दुर्घटनामा ६४ जनाको मृत्यु

अमेरिका । अमेरिकाको वासिंटन डीसीमा भएको जहाज दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ । अमेरिकन एयरलाइन्सको जहाज रेगन नेसनल एयरपोर्ट नजिक सैन्य हेलिकप्टरसँग ठोक्किएको थियो । दुर्घटनापछि पोटोम्याक नदीमा खसेको जहाजबाट ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जनाकै शव बरामद भएको जनाइएको छ । दुर्घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन्। ट्रम्पले जहाजसँग ठोक्किएको सैन्य हेलिकोप्टर गलत समयमा गलत ठाउँमा उडिरहेको समेत बताएको बीबीसीले जनाएको छ । साथै यो दुर्घटनामा बाइडेन सरकारको डीईआई कार्यक्रम अर्थात् डाइभर्सिटी, इक्वीटी र इन्क्लुजन जिम्मेवार रहेको ट्रम्पको दाबी छ । बाइडेन प्रशासनले एयर ट्राफिक कन्ट्रोलरका रुपमा अपांगता भएका र मानसिक रूपमा समस्याग्रस्त व्यक्तिलाई भर्ती गर्दा यस्तो भएको आरोप आरोप लगाएका छन्। साथै ओबामा प्रशासनले समेत औसत मानिसलाई एयर...
स्थायी बसोबासका लागि एक वर्षमा ६६८३५ नेपालीले देश छाडे

स्थायी बसोबासका लागि एक वर्षमा ६६८३५ नेपालीले देश छाडे

नेपाल । स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जना नेपालीले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् । जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजीमा विदेशिनेको रहेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए । अस्थायी बसोबासका लागि भने गत वर्ष ९२ हजार ३४९ जनाले देश छाडेको विभागले जनाएको छ । विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजीमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् । अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली बिदेसिएको...
अमेरिकाको ओहायोबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन शुरु

अमेरिकाको ओहायोबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन शुरु

अमेरिका । सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका पाँच महादेशमा पर्ने १२ देशका १४ सहरमा तय गरिएका यी अडिसनको सुरुआत अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ । अमेरिका र क्यानडाका नेपाली गायन तथा नृत्यका प्रतिभा सम्मिलित एक समारोहबीच आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शुभारम्भ गरेका थिए । विश्वभर छरिएर रहेका नेपाली कलाकारबीच प्रतिस्पर्धा गराइने यी दुवै शोका विजेताले रु १ करोड, उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न ग...