३१ भाद्र २०८२, मंगलवार

अन्तराष्ट्रिय/प्रवास

स्थायी बसोबासका लागि एक वर्षमा ६६८३५ नेपालीले देश छाडे

स्थायी बसोबासका लागि एक वर्षमा ६६८३५ नेपालीले देश छाडे

नेपाल । स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जना नेपालीले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् । जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजीमा विदेशिनेको रहेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए । अस्थायी बसोबासका लागि भने गत वर्ष ९२ हजार ३४९ जनाले देश छाडेको विभागले जनाएको छ । विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजीमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् । अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली बिदेसिएको...
अमेरिकाको ओहायोबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन शुरु

अमेरिकाको ओहायोबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन शुरु

अमेरिका । सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका पाँच महादेशमा पर्ने १२ देशका १४ सहरमा तय गरिएका यी अडिसनको सुरुआत अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ । अमेरिका र क्यानडाका नेपाली गायन तथा नृत्यका प्रतिभा सम्मिलित एक समारोहबीच आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शुभारम्भ गरेका थिए । विश्वभर छरिएर रहेका नेपाली कलाकारबीच प्रतिस्पर्धा गराइने यी दुवै शोका विजेताले रु १ करोड, उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न ग...
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर ११-१४ सम्म, राष्ट्रिय महाधिवेशन जुलाईमा

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर ११-१४ सम्म, राष्ट्रिय महाधिवेशन जुलाईमा

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ । यसैक्रममा राष्ट्रिय समन्वय परिषद् (एनसीसीहरु) ले सदस्यता वितरणमा सुरु गरेका छन् । एनआरएनए आईसीसीका महासचिव गौरीराज जोशीले सदस्यता खुला गरिएको जानकारी गराएका हुन् । एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा गर्ने तय भएको छ । जनवरी १९ मा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसीसीहरुलाई राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्न परिपत्र गरिएको छ । ...
एनआरएनए स्वीडेनद्धारा अटिजम केयर सेन्टरलाई २ लाख ९५ हजार आर्थिक सहयोग

एनआरएनए स्वीडेनद्धारा अटिजम केयर सेन्टरलाई २ लाख ९५ हजार आर्थिक सहयोग

अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई एनआरएनए स्वीडेनले आर्थिक सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनका कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले दुई हजार पचाँस युरो (अनुमानित नेपाली रुपैयाँ दुई लाख ९५ हजार) बैंक मार्फत अटिजम केयर सेन्टरलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । “एक एनसीसी एक च्यारिटी” परियोजना मार्फत एनआरएनए एनसीसी स्वीडेनले नेपालमा अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थालाई सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्वीडेनका अध्यक्ष गंगाप्रसाद घिमिरेले नेपालका गरिब, असहाय, अनाथ तथा अपाङ्गता बालबालिकाहरुको शिक्षा तथा व्यक्त...
६ महिनाभित्र ३ हजार नेपाली अमेरिकाबाट स्वदेश फिर्ता हुने !

६ महिनाभित्र ३ हजार नेपाली अमेरिकाबाट स्वदेश फिर्ता हुने !

अमेरिका । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली आगामी ६ महिनाभित्र फिर्ता हुने देखिएको विभिन्न सञ्चारमाध्यमहरुमा खबर आएको छ । गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू नेपाल फिर्ता हुनु पर्ने आशंका छ । स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ । पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ । जसमा सन् २०२१ मा ३८, २०२२ मा २४, २३ मा २५ र २४ मा १६ जना छन् ।...
हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि पहल, सभामुखसँग विशेष भेट

हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि पहल, सभामुखसँग विशेष भेट

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेट गरेको छ । मंगलबार राति भएको भेटमा संघका अध्यक्ष डा केसीले आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेश हुन लागेको भनिएका विभिन्न विधेयकलाई प्राथमिकतामा राखी अघि बढाउन अनुरोध गर्नुभयो । अध्यक्ष डा केसीले भन्नुभयो, ‘संविधानतः गैरआवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसदमा पेश गर्न लागेको आश्वासन सरकारबाट पाएका छौँ तिनलाई प्राथमिकतामा दिनुपर्यो ताकी हामीले संविधानले दिएको अधिकार उपभोग गर्ने मार्ग प्रशस्त होस् ।ʼ उक्त अवसरमा सम्माननीय सभामुखले गैरआवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरुका बारेमा जानकारी लिई सकारात्मक र...
क्यानडामा एक नेपाली विद्यार्थीमाथि सामुहिक बलात्कार !

क्यानडामा एक नेपाली विद्यार्थीमाथि सामुहिक बलात्कार !

क्यानडा । उच्च शिक्षाको लागि क्यानडा आएकी एक नेपाली विद्यार्थीमाथि सामुहिक बलात्कारको घटना भएको छ । घटना गत डिसेम्बर २५ तारेखमा भएको हो । फेसबुकबाट चीनजान भएकाहरुले तिहारमा भाईटिका समेत लगाएका थिए । कोठामा बोलाई नेपाली ३ जना युवाहरुले ती २० बर्षिया युवतीलाई कोठामै बलात्कार गरेका थिए । घटनाको बारेमा प्रहरीलाई भनेमा ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका थिए । घटना लगत्तै पीडित युवतीले प्रहरीलाई टेलिफोन गरे लगत्तै उनलाई प्रहरीले उद्धार गरेको थियो भने बलात्कार आरोपित ३ जना युवालाई प्रहरीले सोही समयमा पक्राउ गरेको थियो । अनुसन्धान पछी २ जना युवालाई प्रहरीले ब्यक्ति जमानीमा छाडेको र १ जना युवाको जिम्मा जमानी लिने ब्यक्ती नभएकोले उनी प्रहरी हिरासतमै रहेका छन । घटना भएको करिब १ महिना पछि मात्रै आफ्नो फेसबुक पेजमा बिज्ञप्ती जारी गर्दै एनआरएन क्यानडाले सो घटनाको टिकटक लगायतका विभिन्न सञ्चार माध्...
एनआरएनएको सक्रियता-गैरआवासीय नेपालीहरुका माग क्रमशः पूरा हुँदै जान्छन्ः प्रधानमन्त्री

एनआरएनएको सक्रियता-गैरआवासीय नेपालीहरुका माग क्रमशः पूरा हुँदै जान्छन्ः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरुको मागहरु आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताउनु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार राति गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसीसंग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताउनु भएको हो । भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गर्नुभएको थियो । संघका अध्यक्ष डा केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रुपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो । अध्यक्ष डा केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा ...
अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ ग्रहण

अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ ग्रहण

अमेरिका । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रस्तुत गरे । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे ।...
एनआरएनए युवा सम्मेलनलाई गृह र अर्थमन्त्रीले सम्बोधन गर्ने

एनआरएनए युवा सम्मेलनलाई गृह र अर्थमन्त्रीले सम्बोधन गर्ने

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्ने भएका छन् । आउँदो मार्च १७ देखि १९ सम्म कम्बोडियामा हुन लागेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा गृहमन्त्री लेखकलाई बोलाइएको संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधि मण्डलले मन्त्री लेखकलाई भेटेर कम्बोडिया सम्मेलनको निम्तो दिएको हो । एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ग्लोबल युवा सम्मेलनका विषयमा आइतबारको केन्द्रीय समितिको बैठकमा छलफल भएको थियो । यस्तै १५ मार्चदेखि थाइल्याण्डको राजधानीको बैंककमा आयोजना गरिएको युवा सम्मेलनलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने भएका छन् । बैंकक युवा सम्मेलनपछि सोही प्रतिनिधि मण्डल कम्बोडिया प्रस्थान गर्ने तालिका छ । सम्मेलनमा एसिया क्षेत्रमा रहेका गैरआवासीय ...