२ चैत्र २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट कति आए ?

अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट कति आए ?

नेपाल । सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्क अनुसार पछिल्लो महिना सबैभन्दा बढी (४० प्रतिशत) भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अगस्तमा भारतबाट ३५ हजार, चीनबाट सात हजार ५३३ अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच लाख ९५६ र बङ्गलादेशबाट चार हजार २६२ पर्यटक भित्रिएका हुन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली ९सार्क० मुलकबाट ४७ हजार १३७, एसियाका अन्य मुलुकमा १५ हजार ७७७, युरोपबाट ११ हजार १३२ र ओसनियाबाट दुई हजार ४३५ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।त्यसै गरी अमेरिकाबाट सात हजार २९३, मध्यपूर्वबाट ९४४, अफ्रिकाबाट ३२२ र अ...
टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा

टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा

अमेरिका । फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहनुभएका हुमागाईले नेपाली मूलका खेलाडीलाई लक्षित गरेर क्लब खोल्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका उहाँले टेक्सासमा रहेर विभिन्न क्लबमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । हुमागाईले सेप्टेम्बर १४ तारिख विशेष समारोहबिच क्लबको औपचारिक सुरुवात गर्ने पनि बताउनुभयो । ‘‘क्लब स्थापनापछि नेपाल र अमेरिकामा आयोजना हुने फुटबल प्रतियोगितामा भाग लिने योजना छ । भविष्यमा यही क्लबमार्फत नेपालका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगमा टिम खरिद गर्ने वा नयाँ टिम दर्ता गरी प्रतिस्पर्धा गर्ने दीर्घकालिन योजना छ । हामी सुरुमा इङ्लिस प्रिमियर लिगको वेस्टहाम युनाइटेडसँग किस्टोन एथलेटिक्स पेन्सलभेनिया...
अफगानिस्तानमा भूकम्पमा परेर ८ सय भन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पमा परेर ८ सय भन्दा बढीको मृत्यु

नेपाल । अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा ८ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो । देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पुर्‍याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भन्नुभयो । उहाँका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् ।तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् । “अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”...
एनआरएनएको १२औं अन्तर्राष्ट्रिय अधिवेशनमा अमेरिकाबाट सहभागी हुने २४६ जनाको नाम सार्वजनिक

एनआरएनएको १२औं अन्तर्राष्ट्रिय अधिवेशनमा अमेरिकाबाट सहभागी हुने २४६ जनाको नाम सार्वजनिक

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले अक्टोबर ११-१४ मा काठमाडौँमा हुने आईसीसीको १२औं अन्तराष्ट्रिय अधिबेशनमा सहभागी हुने २४६ जनाको नाम सार्वजनिक गरेको छ । अगस्ट १० देखि २० भित्र अन्तर्राष्ट्रिय प्रतिनिधि बन्न एमआईएस प्रणालीमै आफैं फाराम भरी दर्ता भएका सदस्यहरू मध्येबाट प्रतिनिधिहरुको नाम छनौट गरी सार्वजनिक गरिएको एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले जानकारी दिनु भयो । निर्धारित प्रक्रिया र विधिअन्तर्गत २०२५ अगस्ट ३१ मा राष्ट्रिय समन्वय परिषद् बैठकमार्फत उल्लेखित नामहरु सार्वजनिक गरिएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेतीले उल्लेख गर्नु भयो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) प्रेस विज्ञप्ति मिति: अगस्ट ३१, २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तर्गत आगामी आईसीसी २०२५–२०२७ कार्यकालका लागि डेलिगेट चयन प्रकृया अन्तर्ग...
एनआरएनए एनसीसी अमेरिकाको बैठकले यस्तो गर्यो महत्वपूर्ण निर्णय

एनआरएनए एनसीसी अमेरिकाको बैठकले यस्तो गर्यो महत्वपूर्ण निर्णय

अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी), अमेरिकाको पूर्ण कार्यसमिति बैठक अगस्ट ११ र अगस्ट १९ मा सम्पन्न भएको छ । संघका अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा बसेको बैंठकले द्रोण गौतम (टेक्सास) लाई संघको प्रवक्ता, विजय थापा (ओहायो) लाई संघको आईटी कोअर्डिनेटर चयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सेप्टेम्बर १३, शनिबार, डालस, टेक्सासमा बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन आयोजना गर्ने र सेप्टेम्बर १४ मा भौतिक कार्यसमिति बैठक गर्ने निर्णय गरेको महासचिव आरसी पन्तले जानकारी दिनु भयो । बैठकले गरेका निर्णयहरुः गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका प्रेस विज्ञप्ति मिति: अगस्ट २५, २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी), अमेरिकाको पूर्ण कार्यसमिति बैठक यही अगस्ट ११ र अगस्ट १९, २०२५ सम्पन्न भएको छ। बैठकले ...
युक्रेनमाथि पछिल्लो रुसी आक्रमणमा २३ जनाको मृत्यु

युक्रेनमाथि पछिल्लो रुसी आक्रमणमा २३ जनाको मृत्यु

नेपाल । रुसले फेरि बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणबाट राजधानी किभमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुलाई जानकारी दिए अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । यो आक्रमणको युरोपेली संघ र लण्डनले रुसी दूतहरूलाई बोलाएर विरोध जनाएका छन् । ...
एनआरएनए र आईएलओबीच आप्रवासी श्रमिकहरूको क्षमता विकासका सहकार्य गर्ने सहमति

एनआरएनए र आईएलओबीच आप्रवासी श्रमिकहरूको क्षमता विकासका सहकार्य गर्ने सहमति

नेपाल । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र गैर–आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपाली आप्रवासी श्रमिकहरूको क्षमता विकास, आप्रवासनसम्बन्धी नीतिगत पैरवी तथा मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । मंगलबार नेपालका लागि आईएलओका नेपाल कार्यालयका निर्देशक नुमान ओजकान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीद्वारा काठमाडौंस्थित संघको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । यस परियोजनाका लागि आईएलओले संघलाई आर्थिक सहयोग गर्नेछ र यो करिव ९ महिनासम्म सञ्चालन हुनेछ । स्मरणीय छ, कोभिड–१९ महामारीका कारण प्रभावित आप्रवासी श्रमिकहरूको सहयोग तथा उद्धारका लागि आईएलओले संघलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो। संघले कोभिडको समयमा गरेको कार्यको सकारात्मक मूल्याङ्कनका आधारमा नयाँ परियोजना अघि सारिएको हो । आप्रवासी श्रमिकको समस्या जटिल र गम्भीर भएकाले संघ...
बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजार बढीले अवलोकन गरे

बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजार बढीले अवलोकन गरे

अमेरिका । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिनुभयो । मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई याय...
अमेरिकाबाट ७ हजार नेपाली फर्कनुपर्ने, टीपीएस अन्त्यका लागि अदालतको स्वीकृति

अमेरिकाबाट ७ हजार नेपाली फर्कनुपर्ने, टीपीएस अन्त्यका लागि अदालतको स्वीकृति

अमेरिका । अमेरिकी संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गर्दै करिब ६० हजार आप्रवासीलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा अन्त्य गर्न अनुमति दिएको छ । यो आदेशसँगै करिब सात हजार नेपाली आप्रवासीहरु निष्कासनको जोखिममा परेका छन् । टीपीएसअन्तर्गत सन् १९९८ यता होन्डुरसका करिब ५१ हजार र निकारागुवाका करिब ३ हजार आप्रवासी अमेरिकामा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । उनीहरुको आप्रवासी कानुनी स्थिति आगामी सेप्टेम्बर ८ मा सकिँदैछ । यसअघि तल्लो अदालतले दिएको संरक्षण आदेशलाई स्थगित गर्दै पुनरावेदन अदालतले थप सुनुवाइका लागि अर्को मिति पनि तोकेको छ । सम्बन्धित देशको अवस्था सुरक्षित भएका कारण संरक्षण आवश्यक नभएको भन्दै ट्रम्प प्रशासनले कार्यक्रम स्थगन गर्ने प्रक्रिया थालेको थियो । अब पुनरावेदनको आदेशसँगै सात हजार नेपालीसहित होन्डुरस र निकारागुवाका आप्रवासीलाई सम्बन्...
भारत र चीनबीच लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भएको सहमतिप्रति गम्भीर आपत्ति

भारत र चीनबीच लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भएको सहमतिप्रति गम्भीर आपत्ति

नेपाल । भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भएको सहमतिप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको जनाएको हो । नेपाल सरकारले भारतलाई नेपाली भूमिमा सडक निर्माण तथा बिस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको र उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकेको पनि मन्त्रालयले स्मरण गराएको छ । परराष्ट्र मन्त्रालयले नेपाल र भारतबीच रहिआएको घनिष्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा दुबै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबा...