४ पुष २०८२, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको रोड आइल्याण्ड स्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिकाको रोड आइल्याण्ड स्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिका । अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् । घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो। गोली चलाउने व्यक्ति फरार छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ। प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु...
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अमेरिका । अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागु भएको हो । उमेर समूह अनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवामा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बिच ८० प्रतिशत र ६५ वर्ष माथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार,“यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेट फर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोग कर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपले युवा प्रयोग कर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिकरूपमा प्रभावित गर्ने एल्गोरिदम...
मौसमी फ्लुका कारण अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित

मौसमी फ्लुका कारण अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित

अमेरिका । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाले राष्ट्रव्यापीरूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ । केन्द्रले विशेष गरी छ महिनाभन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार, फ्लु उपचारका लागि केही औषधी उपलब्ध छन् । यी औषधी समयमै सुरु गर्दा...
‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक’

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक’

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता सम्पन्न गरेको छ । भेटमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे विस्तृत कुराकानी गरिएको थियो । प्रतिनिधि मण्डलले फण्ड सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे आफ्नो धारणा पेस गरेको थियो। मन्त्री खनालले प्रतिनिधि मण्डलले उठाएका सबै विषयहरू ध्यानपूर्वक सुन्नुहुँदै समाधानतर्फ सकारात्मक तथा व्यवहारिक कदम चालिने आश्वासन दिनुभयो । बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फण्ड सञ्चालनमा रहेका अवरोध हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अवसरमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा...
यूकेमा र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यूकेमा र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

अमेरिका । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो । आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ,“३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।” प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आएका उनी युनिभर्सिटी...
सन् २०२५ को जनवरीदेखि हालसम्म अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

सन् २०२५ को जनवरीदेखि हालसम्म अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

अमेरिका । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेको जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस् भन्ने शब्दसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ । भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजारभन्दा बढी विद्यार्थीको रहेको खुलासा गर्नु भएको छ । असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधका कारण पहिचान गरि गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको ...
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प

नेपाल । जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीले स्थानीय समय अनुसार राति ११ः१५ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो। जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्...
भारतको गोवास्थित नाइट क्लबमा ग्यास सिलिण्डर बिस्फोट, कम्तीमा २३ जनाको मृत्यु

भारतको गोवास्थित नाइट क्लबमा ग्यास सिलिण्डर बिस्फोट, कम्तीमा २३ जनाको मृत्यु

नेपाल । भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ। शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि आगो तीव्ररुपमा फैलिँदा केही व्यक्तिको जलेर र केहीको धुवाँमा निसासिएर मृत्यु भएको बताइएको छ ।...
अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक येँगा हिटीको जीर्णोद्धार

अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक येँगा हिटीको जीर्णोद्धार

नेपाल । अमेरिकी दूतावासको सहयोग र नेपाल सरकार, चिभा चैत्य अर्गनाइजेसन तथा वर्ल्ड मोन्यूमेन्ट्स फन्डसँग साझेदारीमा काठमाडौंको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धार सम्पन्न भएको छ । सो जीर्णोद्धार कार्य “काठमाडौं उपत्यकाका हिटीः जलसम्पदा पुनर्स्थापना परियोजना” को एक महत्वपूर्ण हिस्सा हो । अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषबाट प्राप्त २ लाख ७५ हजार अमेरिकी डलरको सहयोगमा, यस परियोजनाले काठमाडौं उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी तथा सम्पदाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने, र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ । यी परम्परागत जीवन्त जलस्रोत प्रणालीहरूको जीर्णोद्धारमार्फत अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश भावी पुस्ताका लागि जोगाइरहेका छन् । नेपालमा सञ्चालन हुने A...
एनआरएनएको प्रतिनिधि मण्डल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

एनआरएनएको प्रतिनिधि मण्डल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरु देशको समृद्धिको लागि जोडिन आग्रह गर्नु भयो । भेटमा गैरआवासीय नेपालीहरुले उठाउदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसंग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो । संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघका मुख्यमुद्धाहरुलाई पौडेल समक्ष ध्यानार्कषण गराएको थियो । भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताको बारेमा जानकारी दिर्दै अध्यायदेश मार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह...