३० फाल्गुन २०८२, शनिबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनएको १२औं महाधिवेशनको तयारीबारे परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक

एनआरएनएको १२औं महाधिवेशनको तयारीबारे परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक

नेपाल । परराष्ट्र मन्त्रालयको आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा बैठकमा विस्तृत छलफल गरिएको हो। बैठकमा परराष्ट्र मन्त्री माननीय बलानन्द शर्मा, एनआरएनएका अध्यक्षद्वय डा। बद्री केसी, महेश कुमार श्रेष्ठ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा आगामी १२औँ महाधिवेशन तथा एनआरएनए ग्लोबल सम्मेलनको तयारी, आवश्यक समन्वय तथा बाँकी प्रक्रियाहरू टुंग्याउने विषयमा छलफल भएको थियो। सम्मेलनलाई सफल बनाउन उच्चस्तरीय समन्वयलाई थप प्रभावकारी बनाउने सहमति समेत भएको बताइएको छ। सम्मेलनमा विश्वभरबाट करिब ४ हजार प्रतिनिधि (डेलिगेट) सहभागी हुने अपेक्षा गरिएको छ। बैठकमा माननीय परराष्ट्र मन्त्री बलानन्द शर्माले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा...
एनआरएनएको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

एनआरएनएको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । आगामी शनिबारदेखि सुरु हुने संघको १२औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि सोमबार अन्तिम नामावली सार्वजनिक गरिएको निर्वाचन प्रमुख आयुक्त तेजबहादुर कार्कीले जानकारी दिए । यसअघि संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले सबै पक्षलाई समेटेर एकीकृत मतदाता नामावली निर्वाचन समितिलाई पठाएका थिए । संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा ४ हजारभन्दा बढी प्रतिनिधि चयन भएका छन् । उनीहरूले हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । संघको अध्यक्ष पदका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । More Deatils : https://nrna.org/page/election-notice-2026-267  ...
इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन

इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन

नेपाल । इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ । ५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुनुहुन्छ । देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवालाई त्यहाँको रिभोलुसनरी गाड्र्सले तत्काल बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।  ...
एनआरएनए पदाधिकारी र रास्वपा विदेश विभाग उपप्रमुख अर्जुन अधिकारीबीच छलफल

एनआरएनए पदाधिकारी र रास्वपा विदेश विभाग उपप्रमुख अर्जुन अधिकारीबीच छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा एनआरएन प्रतिनिधिहरूले रास्वपाका विदेश विभागका उपप्रमुख अर्जुन अधिकारीसँग छलफल गरेका छन् । छलफलका क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली नागरिकताको निरन्तरता, गोर्खा सम्बन्धी मुद्दा, लगानीमैत्री नीतिको विकास, वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या लगायत समसामयिक विषयहरूमा विचार–आदानप्रदान गरिएको थियो। साथै ती विषयहरूलाई प्रभावकारी रूपमा कसरी समाधान गर्न सकिन्छ भन्नेबारे पनि गम्भीर छलफल भएको बताइएको छ। त्यसैगरी नेपालमा बन्ने नयाँ सरकारले गैरआवासीय नेपालीहरूले लामो समयदेखि उठाउँदै आएका मागहरूलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने विषयमा पनि केन्द्रित छलफल भएको थियो। यस अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। सकारात्मक संवादका लागि समय ...
एनआरएनएको पूर्वनिर्धारित निर्वाचन तालिका कार्यान्वयन गर्न माग

एनआरएनएको पूर्वनिर्धारित निर्वाचन तालिका कार्यान्वयन गर्न माग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४–१६ मा हुने १२औँ महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका ३५० भन्दा बढी प्रतिनिधिहरूले पूर्वनिर्धारित निर्वाचन तालिका कार्यान्वयन गर्न माग गरेका छन् । संघका अमेरिका क्षेत्रीय उपसंयोजक पूर्ण बानियाँको नेतृत्वमा शुक्रबार संघको केन्द्रीय कार्यालय पुगेको प्रतिनिधिमण्डलले संघका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठमार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचन सार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। ज्ञापनपत्रमा मध्यपूर्व क्षेत्रका साथीहरूको संवेदनशील अवस्थालाई आधार बनाएर मानसिक दबाब सिर्जना गर्दै बृहत् एकताको वातावरण खलबल्याउने तथा विभिन्न बहानामा निर्वाचन मिति सार्ने प्रयास कुनै हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ ।...
इरानको आक्रमणमा गोरखाका दिवस श्रेष्ठको निधन

इरानको आक्रमणमा गोरखाका दिवस श्रेष्ठको निधन

नेपाल । इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत दिवस श्रेष्ठको ज्यान गएको हो । यूएईको पराराष्ट्र मन्त्रालयले नेपाली नागरिकको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । दिवस ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा पर्नुभएको दूतावासले जनाएको छ । गोर्खा घर हुनुभएका २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने सम्पूर्ण कार्यमा सहजीकरण दूतावासले गरिरहेको जानकारीसमेत गराएको छ । दूतावासले संवेदनशील परिस्थितिमा यूएइमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । दूतावासले यूएई सरकारले जारी गरेका सुरक्ष...
एनआरएनएको १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित

एनआरएनएको १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित गरिएको छ । सोमबार बसेको निर्वाचन समितिको बैठकले पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरेको हो । समितिले यसअघि प्रकाशित निर्वाचन तालिकामा सामान्य हेरफेरसमेत गरेको जनाएको छ । यसअघि अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले सोमबार बिहान निर्वाचन समितिलाई मतदाता नामावली हस्तान्तरण गरेका थिए । संघको स्टेरिङ कमिटीले अध्यक्षद्वयलाई विभिन्न एनसीसी (राष्ट्रिय समन्वय समिति) मा देखिएका विवाद अन्त्य गर्दै प्रतिनिधिसम्बन्धी समस्या समाधान गर्न अधिकार प्रदान गरेको थियो । विभिन्न चरणमा भएको छलफलपछि अध्यक्ष महेशकुमार श्रेष्ठले मतदाता नामावली निर्वाचन समितिमा पठाएका हुन् । निर्वाचन समितिका अनुसार पहिलो चरणमा ४ हजारभन्दा बढी प्रतिनिधिको नामावली प्रकाशन गरिएको छ । बैठक निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहाद...
मध्यपूर्वका देशहरूमा हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द

मध्यपूर्वका देशहरूमा हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द

अमेरिका । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठुलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् । इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले शनिबार आक्रमणपछि आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा गरेका थिए । प्रमुख एयरलाइन्सहरू जस्तै एमिरेट्स, एतिहाद, एयर फ्रान्स, ब्रिटिस एयरवेज, एयर इन्डिया, टर्की एयरलाइन्स र लुफ्थान्सा समेतले सेवा स्थगित गरेका छन् । उड्डयन विश्लेषक कम्पनी सिरियमका अनुसार मध्यपूर्वमा लगभग चार हजार २१८ उडानमा ९६६ उडान रद्द भए भने आउटबाउन्ड उडानहरू समेत गणना गर्दा सङ्ख्या एक हजार ८०० माथि पुगेको छ । इरानले तुरुन्तै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने इजरायलले पनि ना...
मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

अमेरिका । मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजको टेक्सास च्याप्टरद्वारा आयोजित ‘होली धमाका’ कार्यक्रममा समुदायका एक सयभन्दा बढी सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले रंग अबिर खेल्दै आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेका थिए । कार्यक्रमको अध्यक्षता टेक्सास च्याप्टरका अध्यक्ष सुरेन्द्र रामले गर्नुभएको थियो । उहाँले उपस्थित सम्पूर्णलाई होलीको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सञ्जय ज्यामिरेको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी विशेष अतिथिका रूपमा नेपाली महावाणिज्य दूतावास डल्लासका प...
अस्ट्रेलियामा हर्षोल्लासका साथ होली मनाइयो

अस्ट्रेलियामा हर्षोल्लासका साथ होली मनाइयो

अमेरिका । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समदायले मौलिक धर्मसंस्कृतिको जगेर्ना गर्दै हर्षोल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् । हाम्रो क्लव-अस्ट्रेलियाले फागुपूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्धवृद्धासमेतको उल्लेख्य सहभागिता थियो । सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्मसंस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो । उहाँले विशेषगरी फागुु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाएको नानकारी दिनुभयो । आयोजक सापकोटाले भन्नुभयो, “भौगोलिक रूपमा नेपालबाट टाढा रहेपनि धार्मिक तथा सांस्कृतिक हिसावले हामीजस्ता परदेशीको मन ...