१९ माघ २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनए अमेरिकाका पूर्वमहासचिव पशुपति पाण्डेको निधन

एनआरएनए अमेरिकाका पूर्वमहासचिव पशुपति पाण्डेको निधन

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्वमहासचिव पशुपति पाण्डेको निधन भएको छ । एनआरएनए अमेरिकाका पूर्व संरक्षक उनी लामो समयदेखि आफ्नो परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका थिए । उनी विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक कार्यमा सहभागी हुँदै आएका थिए ।
अमेरिकामा रहेका नेपाली नागरिकका लागि दूतावासको अत्यन्त जरूरी सूचना

अमेरिकामा रहेका नेपाली नागरिकका लागि दूतावासको अत्यन्त जरूरी सूचना

संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि अत्यन्त जरूरी सूचना अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनैपनि सुविधा वा सहायता माथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्ध समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट ‍प्राप्त भएको छ । विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्याङ्कले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रह...
एनआरएनएको महाधिवेशन तयारी गर्न परराष्ट्रमन्त्री शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

एनआरएनएको महाधिवेशन तयारी गर्न परराष्ट्रमन्त्री शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च महिनाको दोस्रो साता हुने निर्वाचन संस्थाको विधानअनुसार नै गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको निर्वाचन मोडालिटीका विषयमा छलफल गर्न परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले सरकार विधान र विधिभन्दा बाहिर गएर कुनै निर्देशन दिन नसक्ने स्पष्ट पार्दै संघको निर्वाचन हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट गर्न निर्देशन दिएका हुन् । कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालयले सधैँ कानून र नियमको आधारमा मात्र निर्णय लिने स्पष्ट पार्दै कुन विधानअनुसार निर्वाचन गर्ने भन्ने विषयमा पहिले नै सहमति भइसकेको अवस्थामा पटक–पटक छलफल आवश्यक नरहेको बताए । बैठकमा उप–महासचिव सोम सापकोटा, सह–कोषाध्यक्ष कृष्ण तिमिल्सेना, साथै सल्लाहकार अतुल कोइराला, डीआरसी अमेरिका पूर्ण बनिया, आरडब्ल्यू...
एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन हुँदै

एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन हुँदै

नेपाल । परराष्ट्र मन्त्रालयले १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल सरकार र एनआरएनएको संयुक्त आयोजनामा हुन गइरहेको उक्त सम्मेलन तथा महाधिवेशनसम्बन्धी तयारी, व्यवस्थापन र कार्यक्रमका बारेमा जानकारी दिन परराष्ट्र मन्त्रालयद्वारा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलन आगामी सन् २०२६ फेब्रुअरी २ तारिख, दिउँसो २ बजे, सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजना हुने जनाइएको छ। सम्मेलनमा सम्बन्धित सरोकारवाला निकाय, सञ्चारकर्मी तथा प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ। उक्त पत्रकार सम्मेलनमार्फत सम्मेलनको उद्देश्य, कार्यक्रम तालिका, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपाल सरकार र एनआरएनएको सहकार्यका विविध पक्षबारे विस्तृत ...
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

नेपाल । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा सवार सबै १५ जनाको मृत्यु भएको छ । विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सवार थिए । सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले घटनास्थलमा उद्धार टोली पठाइएको बताएको छ । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।...
वैदेशिक रोजगारीका लागि कोरिया जान नपाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन

वैदेशिक रोजगारीका लागि कोरिया जान नपाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन

नेपाल । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा सफलतापूर्वक उत्तीर्ण गरे पनि लामो समयसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रमा कामका लागि आवश्यक भाषा परीक्षा पास गरी रोस्टर सूचीमा सूचीकृत भए पनि एक वर्षभन्दा बढी समय बितिसक्दा समेत रोजगारदाताबाट छनोट हुन नसकेको गुनासो गर्दै उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूको भनाइमा हालको व्यवस्थाअनुसार दुई वर्षभित्र रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट नाम हट्ने व्यवस्था रहेकोले ठूलो सङ्ख्यामा युवाहरू अवसरबाट वञ्चित हुने जोखिममा छन्। उनीहरूले रोस्टरको अवधि थप गरी कम्तीमा दुई वर्ष म्याद वृद्धि गर्न माग गरेका छन्। भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले आफ्नो रोस्टर अवधि समाप्...
नेपाल पर्यटन बोर्डद्वारा अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धन

नेपाल पर्यटन बोर्डद्वारा अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धन

अमेरिका । नेपाल पर्यटन बोर्ड (एनटिबी) ले अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको छ । सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजारमा लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० सँगको सहकार्यमा उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो । कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड म...
मेक्सिकोको फुटबल मैदानमा आक्रमण हुँदा ११ जनाको मृत्यु

मेक्सिकोको फुटबल मैदानमा आक्रमण हुँदा ११ जनाको मृत्यु

नेपाल । मेक्सिकोको सालामाङ्का नगरपालिकास्थित एक फुटबल मैदानमा सोमबार भएको भीषण गोलीकाण्डमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । स्थानीय समुदाय र खेलप्रेमीहरूको ठूलो उपस्थिति रहेको फुटबल खेल समापन लगत्तै अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि खेलमैदानमा बियरका क्यान, स्मृतिमा बालिएका मैनबत्ती र रगतले लतपतिएका कपडाहरू छरपस्ट अवस्थामा फेला परेका थिए । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै गुआनाजुआटो राज्यकी राज्यपाल लिबिया डेन्निस गार्सियाले राज्य र सङ्घीय सुरक्षा बलहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिनुभएको छ । उहाँले दोषीलाई कानुनी कठघरामा उभ्याउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ...
एनआरएनएको टोलीले महाधिवेशन तयारीको प्रगतिबारे परराष्ट्र मन्त्रीलाई गरायो जानकारी

एनआरएनएको टोलीले महाधिवेशन तयारीको प्रगतिबारे परराष्ट्र मन्त्रीलाई गरायो जानकारी

नेपाल । १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो । एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ। भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना...
अमेरिकामा भयानक आँधीले कम्तिमा १० जनाको मृत्यु

अमेरिकामा भयानक आँधीले कम्तिमा १० जनाको मृत्यु

नेपाल । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ । आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय ९केही दिन०सम्म प्रभावित हुन सक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवा ९एनडब्ल्यूएस०ले अमेरिकीलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ । न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबिच पाँच जना मृत फेला परेको बताउनु भएको छ । यद्यपि, उहाँले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गर्नु भएन । उहाँले पत्रकारसँग भन्नुभयो, “यस पहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन ।” टेक्सासमा हिउमा चिप्लिएर खेल्ने खेल...