नेपाली मूलका नेपालीलाई नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग
नेपाल । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ।
परराष्ट्रमन्त्री बालानन्द शर्मालाई मंगलबार भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो। एएनओका अन्ताराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो।
पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ।
साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस...









