२८ माघ २०८२, बुधबार

मनोरन्जन

मिस नेपाल २०२५ का २६ जना फाइनलिष्टको औपचारिक घोषणा

मिस नेपाल २०२५ का २६ जना फाइनलिष्टको औपचारिक घोषणा

नेपाल । ‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिष्टको औपचारिक घोषणा गरिएको छ । शुक्रबार ‘स्यास सेरेमोनीमा’ सुन्दरीहरूलाई प्रतियोगी अंकसमेत प्रदान गरियो । काठमाडौंसहित विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत यी प्रतियोगी छनोट भएका हुन् । प्रतियोगिताको फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जनाए। । प्रतियोगिता यो वर्ष १४ सहविधासँगै मिस वर्ल्ड, अर्थ, इन्टरन्यासनलसँगै कोस्मो विधा थप गरिएको बताइएको छ। २६ फाइनलिष्ट  १. सान्भी मण्डल २. संस्कृति भट्टराई ३. सुदिना हुमागाईं ४. श्रुति महर्जन ५. अनुराधा शर्मा ढकाल ६. अनुप्रिया ठाकुर ७. दीपशिखा नेपाल ८. जगदिश्वरी शाह ९. लुना लुइँटेल १०. जशोदा कार्की ११. आश्रिया थापा १२. उरुषा भण्डारी १३. अञ्जिला रजक १४. सृष्टिकुमारी तामा १५. क्रिस्टिना बस्नेत १६. आर...
अभिनेत्री मनिषा कोइराला बेलायतमा सम्मानित

अभिनेत्री मनिषा कोइराला बेलायतमा सम्मानित

  नेपाल । अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित हुनुभएको हो । सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताउनुभयो । सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताउनुभयो । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिनुभयो । “यो क्षण म जीवनभर सम्झिरहने छु”, उहाँले भन्नुभयो, “यो...
चाहाना प्रधानले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

चाहाना प्रधानले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

नेपाल । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जित्नुभएको छ। देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहनाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल हुनुभएको छ। त्यसैगरी गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल हुनुभएको छ। फरक फरक विधामा छानिएका चार विजेताले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने आर के इन्टरटेन्मेन्ट ग्रुपका निर्देशक राम केसीले जानकारी दिनुभयो। कार्यक्रममा देशभरका युवा प्रतिभाको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा, सभापति राजु रहँदा निर्णायकका रुपमा गीता गुरुङ, मिस पबी, सुस्मी कँडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड ...
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक (भिडियो)

प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक (भिडियो)

नेपाल । लोकगायक प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक भएको छ। तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतको छायांकन श्याम तामाङले गर्नुभएको हो। रानी मुना कार्कीले निर्माण गरेको भिडियोमा नायिका अञ्जली अधिकारी र गायक महत स्वयम्ले अभिनय गर्नुभएको छ। गीतमा रत्न बिकको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, मदन रेग्मीको मादल र शिशिर परियारको सनइको धुन सुन्न सकिन्छ। शब्द र संगीत गायक महतकै रहेको गीत बिहीबार उहाँकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?time_continue=2&v=qfkFug2olc0&embeds_referring_euri=https%3A%2F%2Fgorkhapatraonline.com%2F&source_ve_path=Mjg2NjY...
रिजु भट्टराई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै

रिजु भट्टराई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै

नेपाल । मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका प्रतियोगी सहभागी हुने छन् । गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोबल २०२५ का लागि छनोट हुनुभएको हो । सन् २०१९ मा ‘मिस पथरी’ को उपाधि जित्नुभएकी रिजुले २०२१ मा ‘मिस पूर्वाञ्चल’ को उपाधि जित्नुभएको थियो । रिजु भन्नुहुन्छ, “अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराउने दृढ विश्वासका साथ तयारी गरिरहेकी छु ।” हालसम्म निजी खर्चमा तयारी गरिरहनुभएकी रिजुले थप्नुभयो, “हाम्रो जस्तो देशमा सौन्दर्य प्रतियोगितालाई खासै महत्व दिइँदैन तर ग्रामीण क्षेत्रबाट उठेर यहाँसम्म आइपुग्न पनि निकै सङ्घर्ष गर्नु...
कलाकारहरुलाई राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान प्रदान

कलाकारहरुलाई राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान प्रदान

नेपाल । चलचित्र विकास बोर्डले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई तीन लाख ७५ हजाररुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा सम्मान गरे। समारोहमा २०८१ सालमा प्रदर्शन भएका चलचित्रमध्येबाट नौ विधामा चलचित्रकर्मी तथा कलाकर्मीलाई २५ हजार रुपैयाँसहितको चलचित्र पुरस्कार प्रदान गरियो । उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादरको सारङ्गी), उत्कृष्ट अभिनेत्री उपासनासिंह ठकुरी (खुस्मा), उत्कृष्ट निर्देशक मिनबहादुर भाम (शाम्बाला), उत्कृष्ट सम्पादक भरत रेग्मी (प...
कोलोराडोमा नोभेम्बर १५ मा ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

कोलोराडोमा नोभेम्बर १५ मा ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा आगामी नोभेम्बर १५ मा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । यसअघि अगस्ट ९ तारिखका हुने भनिएको उक्त अवार्ड कार्यक्रम पछि सरेको हो । अन्तर्राष्ट्रिय सहभागिहरूको समय तालिका अनुकूल बनाउने, विश्वभर रहेका नेपाली समुदायको सहभागिता बढाउने तथा कार्यक्रमलाई अझ प्रभावशाली र समावेशी बनाउने रहेको आयोजकले उल्लेख गरेका छन् । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको बताउनु भयो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको छ । संसारभर छरिएर बसेका नेपाली च...
यस वर्षको छिन्नलता गीत पुरस्कार पाँच स्रष्टालाई प्रदान

यस वर्षको छिन्नलता गीत पुरस्कार पाँच स्रष्टालाई प्रदान

नेपाल । यस वर्षको छिन्नलता गीत पुरस्कार पाँच स्रष्टालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा आइतबार काठमाडौँमा आयोजित वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औँ जन्मजयन्ती तथा ४३ औँ छिन्नलता गीत पुरस्कार लोकार्पण समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो । सभामुख घिमिरेले सङ्गीत जनमानसमा प्रभावकारी रूपमा पुगेको बताउँदै गुठीले प्रतिभाको खोजी गरेर ४३ वर्षदेखि गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । गुठीका सचिव दिनेश अधिकारीले सङ्गीत विधामा सङ्गीत संयोजन र वाद्यवादनलाई पनि समेटिनुपर्ने सुझाव आएको बताउँदै यस वर्षदेखि गुठीले सङ्गीत विधा अन्तर्गत दुवैलाई समेट्ने बताउनुभयो । यस वर्षको छिन्नलता गीत पुरस्कार अन्तर्गत गीततर्फ राजेन्द्र रिजाल, सङ्गीततर्फ अच्युतप्रसाद फुयाँल (आभाष) र गायनतर्फ इतु जोजिजु र रामभक्त जोजिजु संयुक्त रूपमा ...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

नेपाल । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्वाचित निर्वाचित हुनु भएको छ । यसैगरी, दिपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । त्यस्तै, सुजाता केसी सहमतिमा उपाध्यक्ष साथै सनम कठायत निर्विरोध महासचिव पदमा निर्वाचित हुनुभएको छ। रिता के सी सचिव सहमतिमा तथा बेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । १७ सदस्यीय कार्य समितिमा बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह, डा. टिका भन्डारी, माधवराज खरेल, संगीत...
कोलोराडोमा जूलाई १२ मा चर्चित गायक राजु परियारको सम्मान र सांगीतिक साँझ हुने

कोलोराडोमा जूलाई १२ मा चर्चित गायक राजु परियारको सम्मान र सांगीतिक साँझ हुने

कोलोराडो । अमेरिकाको कोलोराडोमा यही जूलाई १२ शनिबारका दिन चर्चित लोकगायक राजु परियारको प्रस्तुति हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा र कोशेली कोलोराडाको आयोजनामा कार्यक्रम हुन लागेको छ । वेस्टमिनिस्ट स्थित अल्ट्रा लाउन्जमा साँझ ५ बजेदेखि राति १० बजेसम्म गायक परियारको धमकेदार प्रस्तुति रहने अनेसास कोलोराडो शाखा अध्यक्ष किरण अधिकारीले बताउनु भयो । अमेरिका यात्रामा रहनु भएका गायक परियारको कोलोराडोमा २५औं लोकगायन यात्रा सम्मान र सांगीतिक साँझ कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा गायक गायिकाहरु अमृता मगर र चन्द्र शर्माले साथ दिने छन् । उक्त कार्यक्रमको लागि ३० र ३५ डलरको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कोलोराडोवासीहरु आमन्त्रण गरिएको छ । ...