
‘महिला चलचित्र महोत्सव’ मा सात महिला स्रष्टा सम्मानित
नेपाल । ‘महिला चलचित्र महोत्सव’ मा चलचित्र पत्रकार एवं लेखक गीता अधिकारीसहित सात महिला स्रष्टालाई सम्मान गरिएको छ ।
बिहीबार सम्पन्न महोत्सवमा वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा आत्यिथ्तामा अधिकारीसहित सात नारी स्रष्टालाई सम्मान गरिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले आयोजना गरेको थियो ।
महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभएको थियो । त्यसपछि ४२ वर्ष पुरानो चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । ‘सिन्दूर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव बिहीबार अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।
महोत्सवमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ (श्रृंगा...