२९ माघ २०८२, बिहीबार

मनोरन्जन

‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि खड्कालाई

‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि खड्कालाई

नेपाल । ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित, एक विद्युतीय गाडीसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बनिन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।फाइनलमा पुगेका तीनै जनाको १५–१५ लाख रुपैयाँको जीवन बीमा भएको छ । निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।...
मदिरा सेवन गरी होहल्ला गर्ने गायक राजेशपायल दुबई जान पाएनन्

मदिरा सेवन गरी होहल्ला गर्ने गायक राजेशपायल दुबई जान पाएनन्

नेपाल । फ्लाई दुबईले शुक्रबार गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । बिहीबार दिउँसो १२ बजे फ्लाई दुबईको पूर्वनिर्धारित उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको थियो । गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।...
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

नेपाल । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।...
नायिकाद्वय स्वस्तिमा र साम्राज्ञीलाई चलचित्र कलाकार संघले सचेत गरायो

नायिकाद्वय स्वस्तिमा र साम्राज्ञीलाई चलचित्र कलाकार संघले सचेत गरायो

नेपाल । नेपाल चलचित्र कलाकार संघले नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘इट्स माई शो’ नामक कार्यक्रमको पछिल्लो श्रृंखलाले ठूलो विवाद निम्त्याएको छ । उक्त कार्यक्रमको अतिथि बनेका अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञीले केही कलाकारको व्यक्तिगत विषय उठाएपछि यतिबेला तीव्र आलोचना भइरहेको छ । संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ । ‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग ग...
कोलोराडोमा नेपथ्य ब्याण्डको भव्य सांगीतिक कार्यक्रम हुँदै

कोलोराडोमा नेपथ्य ब्याण्डको भव्य सांगीतिक कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । कोशेली कोलोराडो र लाली गुराँश एशोसियशनको आयोजनमा यही अगस्ट ३ तारिख शनिबार कोलोराडोको शुन्दर शहर बोल्डरमा गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्याण्डको साँगीतिक कार्यक्रम हुने भएको हो । Boulder Theatter 2032 14 TH ST Boulder Co 80302 मा साँझ ६ बजेबाट मुख्य ढोका खुल्ला हुने साथै ७ बजेबाट बिशेष साँगीतिक कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा प्रवेशको लागि प्रति ब्यक्ति १०० डलर र भीआईपीको लागी २०० डलर तोकिएको छ । साथै टिकट अनलाईन र बक्स अफिसबाट पनि प्राप्त गर्न सकिने कोशेली कोलोराडोका शंकर गुरुङले जानकारी दिनु भयो । कोशेली कोलोराडोका मार्केटिङ म्यानेजर राजन गुरुङले सो साँगीतिक साँझमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन कोलोलोराडोवासी र नेपाली भाषी सबैलाई हार्दिक आग्रह गर्नु भएको छ । कार्यक्...
करण परियारले जिते ‘नेपाल आइडल सिजन ५’ को उपाधि

करण परियारले जिते ‘नेपाल आइडल सिजन ५’ को उपाधि

नेपाल । ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । गायन रियालिटी शोको उपाधी हात पारेसँगै परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ बनेकी छन् भने सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भएकी छन् । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुरस्कार हात पारेकी छन् । त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल बन्दै स्कुटर हात पारे । का छन् । पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापामगरले नेपाल आइडलको उपाधि हात पारेका थिए । ग्राण्ड फिनालेमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक भूमिकामा थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले सञ्चालन गरेका थिए ।...
अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

अमेरिका । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएकोमा १५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । यसअघि २८ सेप्टेम्बर आयोजना हुने भनिएको अवार्ड प्राविधिक कारणले अगाडि सरेको त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए । चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सहप्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन...
गायिका मधु क्षेत्री फेरि सम्बन्ध तोड्ने संघारमा !

गायिका मधु क्षेत्री फेरि सम्बन्ध तोड्ने संघारमा !

नेपाल । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् । मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स गरेर एकल जीवन बाँच्दै आएकी मधु नयाँ जीवनसाथीका रूपमा सुरेशलाई पाउँदा निकै खुशी थिइन् । सुरेश पनि डिभोर्सी थिए । विवाहपछि दिएका अन्तर्वार्तामा मधुले श्रीमानको जमेर प्रशंसा गर्थिन् । श्रीमानबाट प्रचुर माया पाएको भनेर आत्मरती व्यक्त गर्थिन् । मधुको खुशी लामो समय टिक्न सकेन । गत डिसेम्बरमा उनी आफ्नी हुर्केकी छोरी (पहिलो श्रीमानपट्टिकी) समेतलाई लिएर अष्ट्रेलिया गइन् । उनी आफ्नो सांगीतिक करिअरलाई बिट मारेरै अष्ट्रेलिया सेटल हुन गएकी थिइन् । उनले विवाहपछि अन्तर्वार्तामा अब संगीतबाट टाढिने घोषणा गरिसकेकी थिइन् ...
नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन दयाहाङ अमेरिकामा

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन दयाहाङ अमेरिकामा

नेपाल । गत बैशाखदेखि आफ्ना फिल्मको प्रचारमा मात्र देखिएका नायक दयाहाङ राई बुधबार अमेरिका उडेका छन् । गत माघमा अमेरिकामा फिल्म ‘भूठान’को छायांकन सकाएर फर्किएका उनी नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन निर्देशक नवीन सुब्बाको साथमा अमेरिका प्रस्थान गरेका हुन् । यही जुन २० देखि २३ सम्म हुने यो फेस्टिभलमा उनको फिल्म ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुँदैछ । सन् २०१७ देखि आयोजना हुँदै आएको महोत्सवमा नेपाल, अमेरिका, जर्मनीसहित ११ देशका फिचर, वृत्तचित्र, लघु तथा एनिमेसन गरि ३५ फिल्म देखाइनेछ । समापनमा भने ‘द रेड सुटकेस’ प्रदर्शन हुँदैछ । महोत्सवमा छनोट भएका फिल्म मेरिल्यान्ड राज्यको एएफआई सिल्भर थिएटर तथा ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने आयोजक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।...
चर्चित गायक गायिका महेश र अस्मिताले गरे इन्गेजमेन्ट

चर्चित गायक गायिका महेश र अस्मिताले गरे इन्गेजमेन्ट

नेपाल । दुबईको बुर्ज खलिफा गएर गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । यसै वर्षको अन्त्यसम्ममा विवाह बन्धनमा बाँधिने बुझिएको छ । केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् । झण्डै ३ बर्षको आफूहरूको सम्बन्धलाई पारिवारिक सल्लाहअनुसार विवाहमा बाँधिएर आफूहरुको सांगीतिक यात्रा समेतसँगै गर्ने गायक जनाएका छन् । इंगेन्जमेनट पछि उनीहरू बिहीबार नेपाल फर्किदै छन् । उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन् । उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन् ।...