१९ बैशाख २०८२, शुक्रबार

मनोरन्जन

सौराहामा शुरु भयो हात्ती महोत्सव

सौराहामा शुरु भयो हात्ती महोत्सव

नेपाल । मंगलबारदेखि चितवनको पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० सुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि आयोजना गरिएको हो । मङ्गलबारबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधबारबाट सुरु हुनेछ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।...
अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

–सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको बोस्टन सहरमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को तयारी पूरा भएको छ । बोस्टन स्थित 'बोस्टन लोक सुसेली समूह'ले यही डिसेम्बर १६ तारिख शनिबार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागेको कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीका अनुसार कार्यक्रम स्थलको व्यवस्थापन, अतिथिहरुलाई निम्तो, सहयोग टिक बिक्री, प्रचारप्रसार, माइक तथा क्यामराको व्यवस्थालगायत अन्य तयारीका कामहरु पुरा भएका छन् । गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । उक्त कार्यक्रमका प्रमुख आकर्षक...
अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । यसअघि उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै सर्वोच्चले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो । ...
हिमालयन हाइवेको सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ हुँदै

हिमालयन हाइवेको सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ हुँदै

नेपाल । नेपाली तथा अमेरिकन लोक संगीतको क्षेत्रमा क्रियाशिल उदयमान कलाकारहरुको सांगीतिक ब्याण्ड ‘हिमालयन हाइवे’ ले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’को तयारी पूरा भएको छ। यही आउदो मंसिर २१ गते अर्थात डिसेम्बर ७ तारिख बिहिवार साँझ काठमाण्डौंको झम्सिखेल स्थित ‘मोक्षमा हुन गइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको कुरा आयोजकले जनाएको हो । कार्यक्रम आयोजक 'हिमालयन हाइवे’ ब्याण्डकी सदस्य अमेरिकाको बोस्टन सहर निवासी जोइ लेभिटले कार्यक्रमको उक्त जानकारी दिएकी हुन् । लेभिटका अनुसार सांगीतिक कार्यक्रमका लागि अमेरिकाबाट ९ जनाको टोली नेपाल पुगिसकेको छ । कार्यक्रममा सहभागिताका लागि १ हजार नेपाली रुपैयाँ पर्ने प्रेवश टिकट बिक्रीका लागि खुला गरिसकिएको छ । उक्त कार्यक्रमका कारण आफू र आफ्नो टिम निकै उत्साहित भइरहेको उनले बताइन्। उक्त कार्यक्रम सफल बनाउन आयोजक र कलाकारहर...
नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।...
टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा  भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्त...
पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

काठमाडौं । नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले शनिबार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसासियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसासिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक पत्रकार गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरे । अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । महोत्सव...
‘टिकटक’ बन्द गर्ने नेपाल सरकारको निर्णय, के हो कारण ?

‘टिकटक’ बन्द गर्ने नेपाल सरकारको निर्णय, के हो कारण ?

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । “टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालि...
भाषा पाठशालाको सहयोगार्थ च्यारिटी शोः कलाकारहरुको प्रस्तुतीमा झुमे कोलोराडोवासी

भाषा पाठशालाको सहयोगार्थ च्यारिटी शोः कलाकारहरुको प्रस्तुतीमा झुमे कोलोराडोवासी

कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो सम्पन्न भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम नोभेम्बर १० तारिकका दिन साँभल डेनभर साउथ हाई स्कूलमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा चर्चित गायक/संगीतकार न्हयू बज्राचार्य, कालिप्रसाद बास्कोटा र चर्चित गायिका इन्द्रिरा जोशीले आ–आफ्नो प्रस्तुति दिएका थिए । गायक/गायिकाको प्रस्तुतीबाट कार्यक्रममा उपस्थितहरुले भरपूर मनोरञ्जन प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा, एनआरएनए कोलोराडो, सिस्टर्स ग्रुप अफ कोलोराडो, र टुकी इभेन्टसको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो कार्यक्रममार्फत नेपाली भाषा पाठशाला सञ्चालनको लागि आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिए । नेपाल भाषा पाठशाला ...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम सम्पन्न

-बाशुदेव खनाल (कोलोराडो, अमेरिका) ।  नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ अमेरिका स्थित कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना भएको छ । कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो । सोही क्रममा नेपाली सांस्कृतिक केन्द्र भवनमा नोभेम्वर १० तारिक शुक्रबार सांझ ६ बजे देखी १० बजेसम्म देउसी भैलो खेलिएको थियो । देउसी भैलोलाई भब्यताका साथ सम्पन्न बनाउन बासु खनालको संयोजनमा मूल समिति, बिभिन्न बिषयगत उप समितिहरु समेत गठन गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट १५ हजार ४ सय ५३ डलर संकलन गरिएको नेपाली घरका महासचिव भोला कटुवालले बताउनु भयो । उक्त रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने बताइएको छ । कोलोराडो सामुदायिक केन्द्र (नेपाली घर) को सहयोगार्थ खेलिएको देउसी भैलो कार्यक्रममा उपस्थित भई...