नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक
नेपाल । देशभरका सिनेमाघरमा चैत १५ देखि प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ ।
पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ । यसले चलचित्रको सांस्कृतिक पृष्ठभूमिलाई सङ्केत गर्छ । अन्य पात्रका विभिन्न भावभङ्गीमा देखिएको उपस्थितिले कथावस्तुमा रहेको विविधतालाई दर्साउँछ ।
पोस्टरमा देखिएका एक पात्र हास्यव्यङ्ग्य झल्काउने भावमा छन् भने अर्को पात्र आक्रोशित मुद्रामा देखिन्छन् । यसले कथावस्तुमा हास्य, सङ्घर्ष र गम्भीर भावनाको मिश्रण रहेको सङ्केत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गर्नुभएको हो ।
अरुण लाम...









