२० चैत्र २०८२, शुक्रबार

मनोरन्जन

चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक (भिडियो)

चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक (भिडियो)

नेपाल । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा देखिनुभएको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा दीपिका बयम्बुमगर र खेम सेन्चुरीको स्वर रहेको छ । साथै सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेख्नुभएको हो । चलचित्रको प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त चललचित्रमा स्वस्तिमा, रवीन्द्रसिंह, समाइरा र विशालसँगै अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायतको...
चैत महिनामा चार वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदै

चैत महिनामा चार वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदै

नेपाल । निर्वाचनको कारण हलमा दर्शक पातलिएको बेला अब चैत महिनामा भने हलमा दर्शकले नयाँ नयाँ चलचित्र हेर्न पाउने भएका छन् । चैतमा चार वटा चलचित्र प्रदर्शनमा आउँदै छन् । चैतको दोस्रो साता अर्थात् १३ गते एक मात्र चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन हुँदै छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन नहुने देखिएकाले यसले एकल प्रदर्शनको अवसर पाउने छ । त्यस्तै चैतको अन्तिम साता अर्थात् २७ चैतमा तीन चलचित्र ‘३६ को आँकडा’, ‘राम नाम सत्य’, ‘डल्लेले इन्ट्री मार्यो’ भिड्ने पक्कापक्की जस्तै छ । ‘हामी तीन भाइ’ एकल रिलिज हुने देखिन्छ, चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र गाउँले परिवेशमा बनाइएको छ । दाजुभाइबिचको भावनात्मक सम्बन्धको कथामा निर्माण भएको छ । निर्देशन मधुसूदन भट्टराई यस चलचित्रका निर्देशक हुनुहुन्छ । चलचित्रले दाजुभाइको जीवनमा विवाहपछि आउने खटपट र त्यसपछिको सङ्घर्षलाई पनि कथामा देखाउन ...
चलचित्र ‘मुक्तिपुर’ को शुभमुहूर्त

चलचित्र ‘मुक्तिपुर’ को शुभमुहूर्त

नेपाल । चलचित्र ‘मुक्तिपुर’ को मङ्गलबार शुभमुहूर्त गरिएको छ । काठमाडौँको वसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै मङ्गलबारबाटै चलचित्रको छायाङ्कनसमेत थालनी गरिएको छ । सुनिल पाण्डे निर्देशित चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने छ । चलचित्रको कथा पनि निर्देशक पाण्डेकै रहने छ । विजय राजवंशी र रोशन पासवान निर्माता रहनुभएको चलचित्रले बदलाको कथा बोल्ने छ । “एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थितिपश्चात् उसले गर्ने सङ्घर्ष र सफलताको कथा उजगार गर्छ,” निर्देशक पाण्डेले भन्नुभयो । नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको प्रमुख भूमिमा रहने छ । चलचित्रमा आकृति बुढाथोकीले डेब्यु गर्दै हुनुहुन्छ । अभिनेता हुसैनले आफ्नो करियरको महत्वपूर्ण इँटा रहने आ...
नेपाली फिचर फिल्म एक मुट्ठी बादल जेठ १ मा प्रदर्शन हुने

नेपाली फिचर फिल्म एक मुट्ठी बादल जेठ १ मा प्रदर्शन हुने

नेपाल । नेपाली फिचर फिल्म एक मुट्ठी बादलः माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो । चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको चलचित्रलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन मिलेर निर्माण गरेका हुन् । तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकाङ्क्षालाई रोचक शैलीमा प्रस्तुत गर्ने छ । चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ । चलचित्रले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली चलचित्रका रूपमा इतिहासमा नाम लेखाएको छ । चलचित्रलाई...
चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक

चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक

नेपाल । चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । तीन भाइ एकदमै मिल्छन् । उनीहरू खेतबारी गोरुले झैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन् । सानैमा बुवाआमा बिते पनि उनीहरूको मायाममता भनेको दाजु नै हो । मधुसुदन भट्टराई निर्देशित चलचित्रमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुषमा निरौला, यादव देवकोटा (सरापे) लगायतको अभिनय रहेको छ । प्रसिद्धि सिने आटर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुनुहुन्छ । चलचित्र आगामी चैत १३ देखि प्रदर्शन हुने छ ।...
पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ को प्रस्तुती

पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ को प्रस्तुती

नेपाल । पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का मुख्य गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो । मञ्चमा अमृतलाई सदा झैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थयो । “सिलिगुडीमा पहिलो पटक यस स्तरको नेपाली साङ्गीतिक कार्यक्रम आयोजना भएको हो,” स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकास कायस्थले भन्नुभयो ।...
केकीले ‘बोक्सीको घर’ र विजयले ‘पूर्णबहादुरको सारङ्गी’ बाट पाए अवार्ड

केकीले ‘बोक्सीको घर’ र विजयले ‘पूर्णबहादुरको सारङ्गी’ बाट पाए अवार्ड

नेपाल । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा नायिका केकी अधिकारीले ‘बोक्सीको घर’ र विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रबाट अवार्ड पाउनुभएको छ । समारोहमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा चलचित्र र सङ्गीतका विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको थियो । यस वर्ष सङ्गीततर्फ २४ विधा र फिल्मतर्फ १२ विधामा अवार्ड प्रदान गरिएको हो । त्यस्तै समारोहमा दीर्घसाधना सम्मान अभिनेता तथा निर्देशक शुभाष गजुरेललाई २५ हजार ५५५ सहित पुरस्कृत गरियो । पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १११ सहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ...
फिल्म ‘परालको आगो’ को पोस्टर सार्वजनिक

फिल्म ‘परालको आगो’ को पोस्टर सार्वजनिक

नेपाल । फिल्म ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक गरिएको छ । बिहीबार चलचित्र मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको पहिलो पोस्टरमा तीनै पात्रलाई समावेश गरिएको छ । पोस्टरमा कलाकार सुहानाले सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएको देखाइएको छ तर पनि यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई उठान गरिएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।...
चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

नेपाल । चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । चलचित्रले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख छ हजार ९६९ रुपियाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । चलचित्रमा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय रहेको छ छ । चलचित्रको कथा र निर्देशन चन्द्र पन्तको रहेको छ । अभिमन्यु नीरवीद्वारा लिखित संवादमा अमर न्यौपानेले सहकार्य गर्नुभएको छ । चलचित्रलाई नवराज उप्रेतीले खिच्नुभएको हो । यसै गरी फागुन १ गतेबाट एकसाथ प्रदर्शनमा आएका तीन चलचित्र ‘बिगुल’, ‘श्री बुकुरो स् दी होम कलिङ’ र ‘शिवांश’ सोचे जस्तो चल्न सकेनन् । रमेश कोइरालाद्वारा निर्देशित चलचित्र ‘बिगुल’ ले बक्सअफिसमा आठ लाख ९७ हजार ४१० रुपियाँ ग्रस कलेक्सन गरेको छ । समसामयिक राजनीतिक मुद्दामा केन्द्रित कांग्रेस नेता दिनेश कोइराला निर...
नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्की अभिनित ‘होरी’ सार्वजनिक

नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्की अभिनित ‘होरी’ सार्वजनिक

नेपाल । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा लोकप्रिय रहेको लोकभाकालाई राष्ट्रियकरण गर्ने उद्देश्यले तयार पारिएको गीतमा नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्कीको अभिनय रहेको छ । भिडियोमा हमाल र खड्कीका साथै मनोज महर्जन र बिन्दिया बुढाथोकीलाई पनि देख्न सकिन्छ । भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण पक्षको दाबी छ । सरोज खड्का निर्देशित गीतमा राम अविरल विष्टको शब्द सिर्जना रहेको गीतमा दीपक आरजेको सङ्गीत रहेको छ । पवन सुस्लिङले छायाङ्कन गर्नुभएको भिडियोमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । ‘होरी’ गायक कृष्ण विककै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...