८ कार्तिक २०८२, शनिबार

मनोरन्जन

नेपाल आइडल सिजन-६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक

नेपाल आइडल सिजन-६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक

नेपाल । नेपाल आइडल सिजन–६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय रहेको छ । गीतकार प्रदीप चापागाईंको प्रस्तुति रहेको गीतमा उहाँकै शब्द तथा लेखु सहयात्रीको सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गर्नुभएको छ भने विकास धमलाको सम्पादन रहेको छ । भिडियोलाई गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?time_continue=5&v=JTyvYS3dn1M&embeds_referring_euri=https%3A%2F%2Fwww.onlinekhabar.com%2F&source_ve_path=Mjg2NjY...
गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मङ्गले’को छाँयाङ्कन शुरु

गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मङ्गले’को छाँयाङ्कन शुरु

नेपाल । नेपाली चलचित्र ‘मालती मङ्गले’को छाँयाङ्कन तनहुँबाट सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिकामा रहेको ढोरवाराही मन्दिरबाट शुभारम्भ गरिएको हो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चलचित्रको टोललिाई स्वागत गरेको छ । फिल्म निर्माणकर्ता गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेका ‘मालती मङ्गले’को छाँयाङ्कन शुक्लागण्डकीको राइपुरस्थित खोलाखेत, घिमिरेगाउँ, र तनहुँ–स्याङजा सीमा क्षेत्रमा पर्ने कोल्मा लगायतका स्थानमा हुनेछन् । छाँयाङ्कन शुभराम्भको अवसरमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले फिल्म युनिटलाई स्वागत गर्दै, चलचित्रमार्फत पर्यटन प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको बताउनुभयो । साथै उहाँले चलत्रित निर्माणले पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने बताउनुभयो ।” निर्माता गायक ढकालका अनुसार, ‘मालती मङ्गले’ले संघर्षरत प्रेमिल जोडीको कथा समावेश गरिएको छ । हास...
गङ्गा सोनाम भइन् नेपाल आइडल सिजन-६ को विजेता

गङ्गा सोनाम भइन् नेपाल आइडल सिजन-६ को विजेता

नेपाल । गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ । आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता हुनुभएको हो । विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौं हुनुभयो । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गर्नुभयो । “नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँनयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ”, उहाँले भन्नुभयो । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुनुहुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । एपी वान ट...
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको पेन्सलभेनिया राज्यमा गत शनिबार सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सन् २०२५–२७ को दुई वर्षे कार्यकालको निम्ति अध्यक्ष पदमा गायक श्रीजन ताम्राकार निर्वाचित हुनुभएको छ । उहाँ नेपाली संगीतका चर्चित ब्याण्ड “ओकिली” का संस्थापक कलाकार हुनुहुन्छ । उक्त अधिवेशन उद्घाटन समारोहमा इनासका ग्लोवल बरिष्ठ उपाध्यक्ष साबु गदाल कार्कीले पानसमा दियो बालेर कार्यक्रम शुभारम्भ गर्नु भएको थियो र नेपाल र अमेरिकाको राष्ट्रियगान र ईनास गीत बजाईएको थियो । इनास ग्लोवलका बरिष्ठ उपाध्यक्ष साबु गदाल कार्कीले आफ्नो मन्तव्य सहित नेपाली भाषा, कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा निरन्तर रुपमा यसरी नै सहयोग र सल्लाह पबित्र मनले दिइरहने बताउँदै नयाँ कार्यसमिति २०२५–२०२७ का सबै राष्ट्रिय तथा राज्य समितिहरुका नवनियुक्त पदाद...
लुना लुइँटेलले जितिन् ‘मिस नेपाल २०२५’ को उपाधि

लुना लुइँटेलले जितिन् ‘मिस नेपाल २०२५’ को उपाधि

नेपाल । यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो । आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा २५ प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारेकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन् । मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीले पाइन् ।...
कोलोराडोमा नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जनप्रति समर्पित पुस्तक विमोचन

कोलोराडोमा नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जनप्रति समर्पित पुस्तक विमोचन

कोलोराडो । गोपालय यू.एस.ए. र गोपाल योञ्जन फाउन्डेशन नेपालले, कोलोराडो नेपालीज कम्युनिटी र नेपाली जात्रा संस्थासँग सहकार्य गर्दै, नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जन (२०००–२०५३) प्रति समर्पित पुस्तक विमोचन तथा गोपाल योञ्जनका विविध रचनाका झलकहरूको कार्यक्रम डेनभरस्थित Spur, Colorado State University मा आयोजना भएको छ । यस प्रकारको कुनै नेपाली प्रबुध्द् सांगीतिक व्यक्तित्वमाथि प्रकाशन भएको यो पहिलो अंग्रेजी कफि टेबल पुस्तक हुन पुगेको छ । कार्यक्रमको शुरूवात कोलोराडो स्टेटका तर्फबाट, डा. सुजान ई. जल्बर्टको स्वागत मन्तव्यबाट भयो । त्यसपछि गोपालया यूएसएकी निर्देशक श्रीजना सिंह योञ्जनले गोपालय र गोपाल योञ्जन फाउन्डेशन नेपालको उद्देश्यबारे जानकारी दिइन् । उपस्थित दर्शकहरूले ‘हर नाद’ शीर्षकको योञ्जनप्रति समर्पित म्युजिक भिडियोको कलात्मक अनुभूति पछि पुस्तकका लेखिका, गोपाल योञ्जनकी पत्न...
‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी

‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी

नेपाल । आगामी भदौ २८ र २९ गते (सेप्टेम्बर १३ र १४) ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’को चौथो संस्करण हुँदैछ । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन् । यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रूपमा रहेका छन् । महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक मुखर्जी गुञ्जिनेछन् । २८ गते साँझ ७ बजेदेखि उनको प्रस्तुति हुनेछ । बंगाली चलचित्रहरुमा स्वर दिएर चर्चामा रहेका गायक मुखर्जीको नेपाली संगीतप्रति विशेष लगाव छ। उनले हिट नेपाली गीतहरूलाई कभर भर्जनमा ल्याएर नेपाली दर्शकहरूको मन जितिसकेका छन् । लोक संगीतमा झुकाव राख्ने उनले उकालीमा हजुर, भैँसी लड्यो, लाहुरेको रेलिमै, मोहनी लाग्ला है, सिन्धुली गढी, ए कान्छालगायत थुप्रै नेपाली हिट गीतलाई कभर भर्जनमा सार्वजनिक गरेका छन् । यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बु...
प्रथम र रिस्ता भए मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको बिजेता

प्रथम र रिस्ता भए मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको बिजेता

नेपाल । इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स सिजन–२ को उपाधि प्रथम गुरुङले जितेका छन् भने मेरो डान्स युनिभर्स सिजन–२ को उपाधि रिस्ता गुरुङले जितेकी छन्। ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनीहरू दुवैलाई विजेता घोषणा गरिएको हो । विजेताहरूले जनही एक करोड रुपैयाँ नगद सहित २५ लाख रुपैयाँ बराबरको जीवन बीमा र हवाई टिकट लगायतका पुरस्कार प्राप्त गरेका छन् । विजेताहरूलाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक लगायतका उच्च पदस्थ अधिकारीहरूले पुरस्कार र ट्रफी प्रदान गरेका थिए । अन्य विजेताहरू: मेरो डान्स युनिभर्स फर्स्ट रनरअप: अमृता राई (२५ लाख नगद) सेकेन्ड रनरअप: सीतु महर्जन (१० लाख नगद) थर्ड रनरअप: सुरज सिंजाली मगर (६ लाख नगद) फोर्थ रनरअप: सुशना कोइराला (५ लाख नगद) फिफ्थ रनरअप: साजन पाख्रिन तामाङ (४ लाख नगद) मेरो भ्वाइस ...
चर्चित लोकगायक झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न माग

चर्चित लोकगायक झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न माग

नेपाल । चर्चित लोकगायक झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारसँग माग गरिएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भेटेर पोखरा महानगरपालिका १६ का संस्कृतिकर्मीहरूले यस्तो अनुरोध गरेका हुन् । कास्कीको पोखरा–१६, बाटुलेचौरमा वि।सं १९९२ सालमा जन्मिएर नेपाली लोकगीत उल्लेख्य योगदान गर्ने गन्धर्वको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको ध्यानाकर्षण गराइएको संस्कृतिकर्मी रामबहादुर बानियाँले बताउनुभयो । टिकट प्रकाशनका लागि अनुरोध गरिएको टोलीले मन्त्री गुरुङलाई हस्तान्तरण गरेको थियो । जवाफमा मन्त्री गुरुङले गन्धर्वको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको तस्बिर रहेको टिकट प्रकाशन गर्न मन्त्रालय सकारात्मक छ । चाँ...
बाँच्न सिकाउने फिल्म ताराहरु, प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

बाँच्न सिकाउने फिल्म ताराहरु, प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

नेपाल । आशान्त शर्मा निर्देशित फिल्म ताराहरुको बुधबार राजधानीमा प्रिमियर शो गरिएको छ । कलाकार, लेखक, समाजसेवीलगायतको सहभागिता रहेको शोमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको सकिएलगत्तै कलाकार कर्मा शाक्यले फिल्म सकिएलगत्तै भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरे । उनले निर्देशक शर्माले फिल्मलाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै फिल्मको कथाले आफूलाई एकदमै छोएको बताए । यस्तै लुनिभा तुलाधरले सामान्य मान्छेको कथालाई सशक्त रुपमा पर्दामा उतारिएको बताइन् । उनले भनिन्, ‘सबैभन्दा मन परेको मेन्टल हेल्थको कुरा गर्छ । त्यसको आवश्यक छ । काठमाडौँजस्तो शहरमा सबै कुरा छिटो भैरहेको छ । इन्टरनेट र मिडियाबाट मानिसहरु यसरी प्रभावित भैरहेका छन् कि त्यसले उनीहरुको मेन्टल हेल्थमा समस्या पारिरहेको छ । सामाजिक सञ्जालमा हेरेर रातारात आफूसँग नभएको इच्छा आकांक्षा राख्छन्, त्यस्तो अवस्थामा यो एकदमै ...