मण्डला नाटकघरले घोषणा गर्यो ११ नाटक निर्देशक
नेपाल । मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ ।
नयाँ शृङ्खलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिनुभयो । कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिँदै तयार गरिएका ती नाटकहरू आगामी साउनदेखि एक वर्ष मञ्चन हने नाटकघरले जनाएको छ ।
“हामीले आफ्ना अग्रजबाट सिकेको सिकाइलाई नयाँपुस्तामा हस्तान्तरण गर्दैछौँ, त्यसैको एउटा प्रक्रिया पनि हो । हामीले घोषणा गरेको निर्देशकमा नयाँ पनि हुनुहुन्छ । छनोट भएका निर्देशकहरूबाट दर्शकले पारिवारिक, प्रयोगात्मक, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटक हेर्न पाउनुहुनेछ”, अध्यक्ष राईले भन्नुभयो ।
घोषणा गरिएका निर्देशकहरूमा मण्डला नाटकघरको आन्तरिक समूहबाट निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश ताम...









