 
            झरना साहित्यिक परिवार मकवानपुरले महेन्द्र माविमा मनायो तीज
            -मसान उपासक (नेपाल, मकवानपुर) । मकवानपुरको अग्रणी साहित्यिक संस्थाको रूपमा रहेको झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले नारीहरूको महान् पर्व तीजको अवसरमा बिहिवार महेन्द्र मावि (प्राबिधिक शिक्षालय) बकैया–४, छतिवनमा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ ।
झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का वडाअध्यक्ष लक्ष्मी जिम्बा, बकैया–४ का कार्यवाहक वडाअध्यक्ष विजय भोलन, झसाप मकवानपुरका संरक्षक तथा महेन्द्र माविका विव्यस अध्यक्ष परशुराम गौतम, बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझी, समाजसेवी चन्द्रकुमार राई, झसाप मकवानपुरका संरक्षक उद्धवप्रसाद सापकोटा, विष्णुहरि महर्जनलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भएको नृत्य प्रतियोगिताको निर्णय दुई समूहमा गरिएको थियो । कक्षा ६–१२ तह अर्न्तगत सलिना भोम्जन, सोनिका गौतम, अस्मिता बाईबा...        
       
    








