१४ कार्तिक २०८२, शुक्रबार

मनोरन्जन

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न

लण्डन । गत शनिबार साँझ यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको छ । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रममा उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो । अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट सर्वोत्कृष्ठ अभिनेत्री घोषणा भएका छन् । ठहरिएका छन् । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्न कार्यक्रम गरिएको हो । इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा–पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष...
कलाकार, समाजसेवी तथा पत्रकारहरु सम्मानित

कलाकार, समाजसेवी तथा पत्रकारहरु सम्मानित

नेपाल । ‘कर्म अनुसार आ आफनो पहिचान, विभिन्न व्यक्तिहरुलाई सम्मान‘ को नारा सहित एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टले १२ बर्ष प्रवेशको अवसरमा विभिन्न कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमबीच विभिन्न कलाकार, समाजसेवी, व्यवसायी तथा पत्रकार सम्मानित गरिएको हो । वशिष्ठ अभियनेता शिव श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा अभिनेता तथा वशिष्ठ चलचित्रकर्मी रमेश बुढाथोकी विशिष्ट अतिथि, विशिष्ठ नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, विशिष्ट चलचित्रकर्मी तथा नेपाल राष्ट्रिय चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि रहेका थिए । कार्यक्रममा वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, हास्य कलाकार शिवहरी नेपाल, विशिष्ठ चलचित्रकर्मी रामचन्द्र अधिकारी...
नेपाली कलाकारहरु न्यूयोर्कमा, आइतबार ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

नेपाली कलाकारहरु न्यूयोर्कमा, आइतबार ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

न्यूयोर्क । सेप्टेम्बर १५ आइतबारका दिन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने ७ औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ मा सहभागी नेपाली कलाकारहरु न्यूयोर्क आइपुग्नु भएको छ । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा भव्यताका साथ हुन लागेको हो । ७औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’मा सहभागी नेपाली कलाकारहरु गत विहीबार र शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमका लागि बरिष्ठ नायिका करिस्मा मानन्धर, बरिष्ठ नायक कृष्ण मल्ल, नायिक शर्मिला मल्ल, नायक रवीन्द्र खड्का र कलाकारहरु केदार घिमिरे, वसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्रीसहितका व्यक्तित्वहरु न्यूयोर्क आईपुग्नु भएको हो । फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेख...
अमेरिकामा हुने ओस्कर अवार्डका लागि प्रतिनिधित्व गर्ने नेपाली चलचित्र ‘शाम्बला’ प्रदर्शनमा

अमेरिकामा हुने ओस्कर अवार्डका लागि प्रतिनिधित्व गर्ने नेपाली चलचित्र ‘शाम्बला’ प्रदर्शनमा

नेपाल । मीन भामद्वारा निर्देशित चलचित्र शाम्बला गत शुक्रबारदेखि देशभर प्रदर्शनमा रहेको छ । विगतमा बाँसुली, कालोपोथी चलचित्र बनाएका भामको यस चलचित्रमा थिन्लेका अलावा सोनाम तोप्देन, कर्मा शाक्य, कर्मा गुरूङ, तेन्जिङ दाल्हालगायतको अभिनय रहेको छ भने नेपालबाट एकमात्र चलचित्रका रूपमा अमेरिकामा हुने ९७औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड) का लागि प्रतिनिधित्व गर्ने भएको छ । शाम्बला ओस्करमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने यस चलचित्र बर्लिन र लोकार्नोजस्ता ठूला महोत्सवमा सहभागी चलचित्र हो । बहुपति प्रथा, हिमाली भेगको जनजीवन, तिब्बतसँगको व्यापारिक सम्बन्ध, भिक्षु जीवनचर्याका साथै आध्यात्मिक र दैनिकी भोगाइका विविध पाटोहरू उल्लेख गरेको यस चलचित्रमा गर्भवती महिलाको संघर्षको कथा उधिन्ने प्रयास गरिएको छ । बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियरमा पुगेर ‘द ग्रेट बेयर’ मा छनोट हुने पहिलो नेपाली...
सन् २००० की मिस नेपाल उषा खड्गी नेपाली फिल्ममा डेब्यू गर्दै

सन् २००० की मिस नेपाल उषा खड्गी नेपाली फिल्ममा डेब्यू गर्दै

नेपाल । पूर्वमिस नेपाल उषा खड्गी नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने आगामी फिल्म ‘नरसिंहाः अवतार’मा उनी अनुबन्धित भएकी हुन् । निर्देशक भट्टराईले उषालाई गत बुधवार उक्त फिल्मका लागि अनुबन्धित गराएका छन् । आगामी असोज ७ गतेदेखि छायांकन सुरु हुने भनिएको यो फिल्मका लागि यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी लगायतका कलाकार अनुबन्धित भइसकेका छन् । यो फिल्ममा उषाको महत्वपूर्ण भूमिका रहने बताइएको छ । सन् २००० की मिस नेपाल उषाको यो डेब्यू फिल्म हुनेछ । फिल्ममा अनुबन्धित भएपछि उषाले भनिन्, ‘यो फिल्ममा काम गर्न मलाई जुरेको रैछ, म निकै खुशी छु ।’...
न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको तयारी पूरा, कलाकारहरुको भव्य जमघट

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको तयारी पूरा, कलाकारहरुको भव्य जमघट

न्यूयोर्क (अमेरिका) । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी पूरा भएको छ । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा भव्यताका साथ हुन लागेको हो । कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरु न्यूयोर्क पुग्ने क्रम शुरु भएको छ । न्यूयोर्क क्षेत्रमा यतिबेला नेपाली चलचित्रको माहौल तातेको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् । साथै त्रिवेण...
कलाकार बनाएर युरोप पठाउने भनी ठगी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’ पक्राउ

कलाकार बनाएर युरोप पठाउने भनी ठगी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’ पक्राउ

नेपाल । कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । ४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ । प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालिका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए । कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए ।...
गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु

गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु

नेपाल । गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ । फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका सपूतको फिल्म बसन्तको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा मुहूर्त गरिएको हो । प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिए...
सेप्टेम्बर १५ मा कोलोराडोमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुँदै, सबैलाई सहभागी हुन अनुरोध

सेप्टेम्बर १५ मा कोलोराडोमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुँदै, सबैलाई सहभागी हुन अनुरोध

कोलोराडो । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम सञ्चालन भइरहेको छ । यसैक्रममा यही सेप्टेम्बर १५ मा कोलोराडोमा उक्त कार्यक्रम कोलोराडोमा हुन लागेको हो । कार्यक्रममा गायिकाहरु ज्योति मगर, शान्तिश्री परियार र रचना रिमालको जोडदार प्रस्तुति रहने छ भने करिष्मा ढकालको आकर्षक नृत्य रहने छ । व्यवसायी दिनेश भट्टराईको संयोजनमा कोलोराडोमा कार्यक्रम हुन लागेको हो । 8971 Yates St, Westminster, CO 80031 हुने कार्यक्रममा सहभागिताका लागि कोलोराडोवासी सम्पूर्णलाई अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरुले कार्यक्रम स्थलको गेटमै ५० डलरमा टिकट लिन सक्ने छन् । सहभागीहरुलाई डिनरको व्यवस्था रहने छ । साथै अनलाइनबाट पनि टिकट लिन सकिने छ । फ्लाई नेपाले अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम ...
झरना साहित्यिक परिवार मकवानपुरले महेन्द्र माविमा मनायो तीज

झरना साहित्यिक परिवार मकवानपुरले महेन्द्र माविमा मनायो तीज

-मसान उपासक (नेपाल, मकवानपुर) । मकवानपुरको अग्रणी साहित्यिक संस्थाको रूपमा रहेको झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले नारीहरूको महान् पर्व तीजको अवसरमा बिहिवार महेन्द्र मावि (प्राबिधिक शिक्षालय) बकैया–४, छतिवनमा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ । झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का वडाअध्यक्ष लक्ष्मी जिम्बा, बकैया–४ का कार्यवाहक वडाअध्यक्ष विजय भोलन, झसाप मकवानपुरका संरक्षक तथा महेन्द्र माविका विव्यस अध्यक्ष परशुराम गौतम, बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझी, समाजसेवी चन्द्रकुमार राई, झसाप मकवानपुरका संरक्षक उद्धवप्रसाद सापकोटा, विष्णुहरि महर्जनलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा भएको नृत्य प्रतियोगिताको निर्णय दुई समूहमा गरिएको थियो । कक्षा ६–१२ तह अर्न्तगत सलिना भोम्जन, सोनिका गौतम, अस्मिता बाईबा...