२९ माघ २०८२, बिहीबार

मनोरन्जन

डा. भोला रिजालको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक

डा. भोला रिजालको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक

नेपाल । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक भएको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ । लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गर्नुभएको हो। भिडियोले मृत्यु पछिको अङ्गदानको महत्त्वलाई प्रकाश पारेको छ । मृत्युपछि त्यसै खेर जाने मानव शरीरका अङ्ग दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडियोमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार डा. रिजाल, डा. रिता गुरुङ, डा. भगवान कोइराला, डा। पुकारचन्द्र श्रेष्ठ, डा. ज्योतिन्द्र शर्मा लगायतको अभिनय रहेको छ । https://www.youtube.com/wa...
राजेश हमाल आठ वर्षपछि चलचित्रमाः ‘नरसिंहा अवतार’ नेपालभर प्रदर्शनमा

राजेश हमाल आठ वर्षपछि चलचित्रमाः ‘नरसिंहा अवतार’ नेपालभर प्रदर्शनमा

नेपाल । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिनुभएको छ । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठुलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भन्नुभयो । अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा ...
इलामको अन्तुमा चलचित्र पत्रकार संघको राष्ट्रिय भेला

इलामको अन्तुमा चलचित्र पत्रकार संघको राष्ट्रिय भेला

नेपाल । चलचित्र पत्रकार संघ नेपालको २६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ । चलचित्र क्षेत्रको विकास, विस्तार, चलचित्र पर्यटन प्रवर्धन सहित चलचित्र र पत्रकारिताको भूमिका लगायतका विषयमा मन्थन गर्दै चलचित्र पत्रकार सङ्घ नेपालको २६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु भएको हो । तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन बुधबार ‘मिडिया मन्थन’ तथा ‘विधागत पत्रकारिता’का विषयमा विशेष छलफल गरिएको छ । कार्यक्रममा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे समेत व्यापक बहस गरिएको छ । छलफल सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगका समसामयिक चुनौती र सम्भावनाबारे आफ्नो धारणा राख्नुभयो । त्यसैगरी, मिडिया मन्थनमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्...
एप्पलले निर्माण गर्ने हलिउड फिल्म ‘टासी’ को छायाङ्कन मुस्ताङका विभिन्न स्थानमा

एप्पलले निर्माण गर्ने हलिउड फिल्म ‘टासी’ को छायाङ्कन मुस्ताङका विभिन्न स्थानमा

नेपाल । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठुलो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो । नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान...
झसापद्वारा फरक कार्यक्रम आयोजना, बकैयामा गरियो नेपाली अन्ताक्षरी प्रतियोगिता

झसापद्वारा फरक कार्यक्रम आयोजना, बकैयामा गरियो नेपाली अन्ताक्षरी प्रतियोगिता

नेपाल (हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुध्द लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८–१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृध्दि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उध्दव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण चापागाईं, सुभद्रा थापा तथा सन्तोष विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रधानाध्यापक देवकी सिग्देलको स...
‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास

‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको मङ्गलबार आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालीस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुने छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।...
बुद्धिसागरको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण

बुद्धिसागरको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण

नेपाल । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उहाँको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण गर्नुभएको हो । निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन प्रयास गर्नुभएको थियो । सो प्रयासलाई सार्थकता दिँदै उहाँको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउनुहुन्छ । “साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त”, भन्ने प्रश्नमा खनाल भन्नुहुन्छ, “कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी न...
मण्डला नाटकघरले घोषणा गर्यो ११ नाटक निर्देशक

मण्डला नाटकघरले घोषणा गर्यो ११ नाटक निर्देशक

नेपाल । मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ । नयाँ शृङ्खलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिनुभयो । कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिँदै तयार गरिएका ती नाटकहरू आगामी साउनदेखि एक वर्ष मञ्चन हने नाटकघरले जनाएको छ । “हामीले आफ्ना अग्रजबाट सिकेको सिकाइलाई नयाँपुस्तामा हस्तान्तरण गर्दैछौँ, त्यसैको एउटा प्रक्रिया पनि हो । हामीले घोषणा गरेको निर्देशकमा नयाँ पनि हुनुहुन्छ । छनोट भएका निर्देशकहरूबाट दर्शकले पारिवारिक, प्रयोगात्मक, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटक हेर्न पाउनुहुनेछ”, अध्यक्ष राईले भन्नुभयो । घोषणा गरिएका निर्देशकहरूमा मण्डला नाटकघरको आन्तरिक समूहबाट निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश ताम...
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपतिद्वारा स्वागत

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपतिद्वारा स्वागत

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति निवास शीतल निवासमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ । परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरु सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पुर्याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गर्नुभयो । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतवार र सोमबार...
गाउँदेखि सहरसम्म घन्किन थाले देउडा गीतका भाका

गाउँदेखि सहरसम्म घन्किन थाले देउडा गीतका भाका

नेपाल । कुनै समय रातमा गाउँमा लुकेर गाइने देउडा गीतका भाका बदलिँदो समयसँगै गाउँदेखि सहरसम्म घन्किन थालेका छन् । अहिले प्रायः कार्यक्रममा देउडा गीत गाइन थालेपछि सर्वसाधारणको रुचि पनि यसतर्फ बढेको छ । कुनै समय देउडा गाउने गायक नगन्य मात्रामा रहेका थिए भने गीत गाउन मानिसले लाज मान्थे । कुनै समय राति मात्र गाइने देउडा अब दिउँसै गाइनुले पनि यसतर्फ सर्वसाधारणको रुचि बढेको भान हुन्छ । हाल गाउँदेखि सहरसम्म विभिन्न भाकामा देउडा कलाकारहरू गाउने चलन बढ्दै गएको संस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । केही दिनअघि समाजले खुला राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्दा अठार जिल्लाका ३६ समूहको सहभागिता रहेको थियो । उहाँले उक्त प्रतियोगिता सञ्चालन अवधिभर सुर्खेत देउडामय भएको बताउनुभयो । गत फागुन १२ मा काठमाडौँमा पनि हुम्लाको युवा क्लबले देउडा प्रतियोगिता आयोजना गर्दा टुँडिखेल देउडामय...