अभिनेतृ जल शाहकी छोरी कलशद्वारा शिक्षा फाउन्डेसन स्थापना
नेपाल । अभिनेतृ जल शाहकी १६ वर्षीय छोरी कलश रिमालले नेपालका दुर्गम भेगमा शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले शिक्षा फाउन्डेसन स्थापना गर्नुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकामा कक्षा ११ मा अध्ययनरत कलशले आफ्नो गैरनाफामूलक सामाजिक संस्था ‘शिक्षा फाउन्डेसन’ स्थापना गरेको औपचारिक घोषणा गर्नुभएको हो ।
बुवाआमाले टीका लगाएर दिएको दक्षिणा, जन्मदिनमा उपहारका रूपमा पाएको रकम सङ्कलन गरेर उनले शिक्षा फाउन्डेसनमार्फत समाज सेवाको थालनी गरेको उहाँले जानकारी दिनुभयो । अमेरिकामै जन्मिएर उतै हुर्किए पनि आफूलाई नेपाल, नेपाली भाषा तथा नेपालको दुर्गम भेगका बालबालिकासम्म शिक्षाको पहुँच पुग्नु पर्छ भन्ने उद्देश्यले आफूले संस्थागत रूपमा समाज सेवाको थालनी गरेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । अभिनेतृ जल शाहले आफ्नी दिवङ्गत आमा साहित्यकार प्रेमा शाहको गुण आफ्नी छोरीम...









