२१ भाद्र २०८२, शनिबार

मनोरन्जन

फूल तथा उपहार साटासाट गरेर मनाइयो ‘भ्यालेन्टाइन डे’

फूल तथा उपहार साटासाट गरेर मनाइयो ‘भ्यालेन्टाइन डे’

अमेरिका । शुक्रबार १४ फ्रेब्रुअरी, प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । नेपालसहित विश्वभर यो दिवस फूल तथा उपहार साटासाट गरेर मनाइएको छ । यस दिनलाई विशेषगरी युवाहरुले उत्सवका रुपमा मनाउने गर्छन् । रेस्टुँरा तथा मलहरुमा भ्यालेन्टाइनलक्षित साजसज्जा गरिएका थिए भने फूल तथा उपहार किन्नेहरुको पनि बजारमा चहलपहल देखिएको थियो । रोमन सम्राट क्लाउडियसले विवाह गर्न निषेध गरेको विरोधमा युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्ने भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन यो दिवस मनाउने गरिन्छ ।...
राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनी सुरु

राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनी सुरु

नेपाल । १६ औँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन बिहीबारदेखि सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत रुसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभलगायतले कार्यक्रमको शुभारम्भ गर्नुभयो । चलचित्रसँगै नाट्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्ने बोर्ड अध्यक्ष डिसीले बताउनुभयो । उहाँले बालबालिकालाई अगाडि बढ्न र आफ्नो लक्ष्य पहिचान गर्न ढिला नगर्नसमेत आग्रह गर्नुभयो । शैली थिएटरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले बालबालिकाको हारलाई जितमा परिणत गर्न सक्ने गरी अगाडि बढाउन बाल लघुचलचित्र प्रदर्शन गरिएको बताउनुभयो । उहाँले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताउनुभयो । रुसी सदनका निर्देशक आन्तोनले रङ्गमञ्च र यसको सम्मिश्रणले बालसाहित्यसहित नाट्य क्षेत्रमा फरकपन भित्रिने बताउनुभयो । उहाँले नेपाल र रुसको सांस्कृ...
नेपथ्यले मार्चमा सातवटा अष्ट्रेलियाली सहरमा सांगीतिक यात्रा गर्ने

नेपथ्यले मार्चमा सातवटा अष्ट्रेलियाली सहरमा सांगीतिक यात्रा गर्ने

अमेरिका । नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ । आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ । त्यसबीच ब्याण्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफुलाई उभ्याउने छ । नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यको यो सातौँ अष्ट्रेलिया यात्रा श्रृंखला हो । अष्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्याण्डका सदस्य र आठ जना प्राविधिक एवम् व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ । ...
सम्बन्धविच्छेद पछि विष्णुका नाममा एलिना चौहानको भावुक स्टाटस

सम्बन्धविच्छेद पछि विष्णुका नाममा एलिना चौहानको भावुक स्टाटस

नेपाल । चर्चित गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको मंगलबार जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए । औपचारिक ढंगले डिभोर्स भएपछि एलिनाले विष्णुका नाममा भावुक स्टाटस लेखेकी छिन् । ...
कोलोराडोमा ‘भ्यालेन्टाइन डे’ को दिन चर्चित गायिका मिना निरौलाको सांगीतिक प्रस्तुति हुँदै

कोलोराडोमा ‘भ्यालेन्टाइन डे’ को दिन चर्चित गायिका मिना निरौलाको सांगीतिक प्रस्तुति हुँदै

कोलोराडो । नमस्ते कोलोराडोको आयोजनामा आगामी शुक्रबार फेब्रुअरी १४ (भ्यालेन्टाइन डे) को दिन गायिका मिना निरौलाको साँगीतिक प्रस्तुति हुने भएको छ । 6590 W 120th Ave B2, Broomfield, CO 80020 दरबार रेस्टुरेन्टमा साँझ ७ बजेबाट साँगितिक कार्यक्रम सुरु हुनेछ । उक्त कार्यक्रममा चर्चित गायिका निरौलाको साथमा ठमेल बजारमा, कालेदाई–कालेदाई जस्ता थुप्रै गीत संगीतमा नाच्न र समाउन पाइने छ । उक्त सांगीतिक कार्यक्रमलाई भव्य बनाउने तयारीमा जुटेको नमस्ते कोलोराडोका प्रबन्ध निर्देशक सुमन केसीले बताउनु भयो । सम्पर्कः अध्यक्ष सुमन केसी 720416-6506...
कोलोराडोको बोल्डरमा अगस्ट ९ तारिखमा आठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको घोषणा

कोलोराडोको बोल्डरमा अगस्ट ९ तारिखमा आठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको घोषणा

–मीन बोलखे (नेपाल) । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो । नेपाल सरकार बागमती प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्ककरणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका हुन् । उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा भएको थियो । ‘नेपाली फिल्म भिलेज ...
डेनभर आर्ट म्युजियममा फेब्रुअरी १५ मा जगदीश समालको ‘बुलबुल एकल साँगीतिक साँझ’ हुने

डेनभर आर्ट म्युजियममा फेब्रुअरी १५ मा जगदीश समालको ‘बुलबुल एकल साँगीतिक साँझ’ हुने

कोलोराडो । अमेरिकाको कोलोराडामा फेब्रुअरी १५ शनिबारका दिन लोकप्रिय गायक जगदीश समालको ‘बुलबुल एकल साँगीतिक साँझ’ हुने भएकोछ । ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको आयोजना र नेपाली जात्राको साथ सहयोगमा Denver Art Museum 100 W 14 th Ave Pkway Denver Colorado मा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आफूहरु सक्रिय रहेको नेपाली जात्राकी सुनन्दा डंगोलले जानकारी दिनु भयो । कोलोराडोस्थित डेनभर आर्ट म्युजियममा ठूलाठूला कलाकारहरुले आफ्नो प्रस्तुति दिने गर्छन्, यो ठाउँमा कार्यक्रम गर्न पाउनु भनेको नेपाली कलाप्रतिको सम्मान भएको उहाँको भनाई छ । यो कार्यक्रम साउन्ड, भेन्यू र कलाकारहरु उच्च स्तरका छन् । व्यवस्थापनमा विगतमा हुने गरेका कमिकमजोरीबाट पाठ सिक्दै यस कार्यक्रममा कुनै पनि किसिमको कमिकमजोरी हुन नदिने हिसावले तयारीमा जुटेको उहाँको भनाई छ । नेपाली कलाको सम्मानक...
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक महोत्सव सम्पन्न, गीतकार नीर शाह सम्मानित

आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक महोत्सव सम्पन्न, गीतकार नीर शाह सम्मानित

अमेरिका । प्रवासमा रहेका नेपाली भाषामा गीत रचना गर्ने र गरिरहेका गीतकारहरुलाई एकताबद्ध गर्दै गीत संगीतको माध्यमबाट नेपाली भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन र बिकास गर्ने उद्देश्यका साथ स्थापित आप्रवासी नेपाली गीतकार संघ (आईएनएलए) अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सबर्गमा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष समेत रहेका गीतकार हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक समारोहमा नेपालबाट आउनुभएका बरिष्ठ चलचित्र कलाकार एवं विशिष्ट गीतकार नीर शाहको प्रमुख आतिथ्यता रहेको थियो । समारोहको विशिष्ट अतिथिका रुपमा संस्थाका संरक्षक समेत रहनुभएका कोलोराडो निवासी लोकप्रिय गीतकार ज्ञानेन्द्र गदाल, नेपालबाट आउनुभएका वरिष्ठ गीतकार भुषण खरेल, समाजसेवीहरु डा. दामोदर पौडेल, मुकेश सिंह, बरिष्ठ साहित्यकार गंगाराम लामिटारे आदिको उपस्थिति थियो । उक्त समारोहमा ...
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

नेपाल । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ । आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो । महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलाकार हुने बताइन् । कला र महिलाको जननी मिथिला सभ्यता भएको भन्दै महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिएको पनि बताइन् । महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्व बुझाउनु रहेको बताइएको छ ।...
विवाह भएको १ वर्ष नपुग्दै गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता

विवाह भएको १ वर्ष नपुग्दै गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता

नेपाल । विवाह भएको १ वर्ष नपुग्दै गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।’ विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । बागलुङ घर भएका विष्णुसँग गत बैशाखमा एलिनाले विवाह गरेकी थिइन् ।...