१८ कार्तिक २०८२, मंगलवार

अर्थतन्त्र

ईपीएस कोरियन भाषा परीक्षामा ६ हजार ३ सय २१ जना पास

ईपीएस कोरियन भाषा परीक्षामा ६ हजार ३ सय २१ जना पास

नेपाल । बुधबार ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना पास भएका ईपीएस शाखाले जानकारी दिएको छ । पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुने ईपीएस शाखाले जानकारी दिएको छ । ...
बागमती नगरपालिकाका मेयर थापालाई भ्रष्टाचारको मुद्दा, अब ‘मेयर’ चलचित्र के होला ?

बागमती नगरपालिकाका मेयर थापालाई भ्रष्टाचारको मुद्दा, अब ‘मेयर’ चलचित्र के होला ?

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बसधबार विशेष अदालतमा नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएका थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् । सार्बजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । यता, उनी मेयर थापाको जीवनीमाथि दीपेन्द्र के खनालले निर्देशन गरेको बायोपिक चलचित्र ‘मेयर’ को चलचित्रको छायाँकन अहिले सर्लाहीमै भइरहेको छ । थापालाई भ्रष्टाचारको अभियोग लागे पछि चलचित्...
गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको छ: मन्त्री श्रेष्ठ

गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको छ: मन्त्री श्रेष्ठ

नेपाल (हेटौंडा) । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको बताउनुभएको छ । मकवानपुरगढी–३ मा रहेको जागरण वचत तथा ऋण सहकारी संस्थाको २५ औं रजत महोत्सव समापन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले सहकारीमा बसेर आफैं ऋणलिएर नतिर्ने प्रवृत्ति देखिएको बताउँदै सरकारले नियमित नियमन गर्नुपर्ने बताउनुभयो । ग्रामीण भेगमा रहेर २५ वर्षअघि जुन उत्साहले सहकारी खोल्नुभयो जागरणले आजको दिनमा आईपुग्दा आफ्नो स्वर्णिम अवधी पार गरेकोमा बधाई दिनुभयो । मन्त्री श्रेष्ठले अहिलेको समय यो वर्षको बजेट कार्यान्वयन र नयाँ बजेट बनाउने चरणमा रहेको बताउदै आगामी बजेट कार्यान्वयन हुने खालको बनाउने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी संघका अध्यक्ष बद्री लम्साल, बागमती प्रदेश सहकारी...
सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार ३ सय !

सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार ३ सय !

नेपाल । सुनको मूल्य निरन्तर बढिरहेको छ । मंगलबार पनि उच्च मूल्य रेकर्ड बनेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ सय बढेर १ लाख ३६ हजार ३ सयमा कारोबार भयो । त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ ।
खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यकः मुख्यमन्त्री यादव

खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यकः मुख्यमन्त्री यादव

नेपाल (जनकपुरधाम) । मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताउनु भएको छ । संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा सोमबार धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो । मधेशको दक्षिणी भुभागमा केही बर्ष यता पानीको सतह घटेपछी सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले दुबै खाले योजनालाई अगाडि बढाउन संघिय सरकारलाई आग्रह समेत गर्नु भयो । संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिदै मुख्यमन्त्री यादवले भन्नू भयो, ‘योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ । यो योजन...
अब एक घण्टाभित्रै श्रम स्वीकृती पाइने !

अब एक घण्टाभित्रै श्रम स्वीकृती पाइने !

नेपाल । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले एक घण्टाभित्रै श्रम स्वीकृती पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अव एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने जानकारी दिनुभएको हो । वैदेशिक रोजगार बिभागको कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै प्रदान गरिने बताउनु भयो । मन्त्री अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एकघण्टा भित्र सबैखाले श्रम स्वीकृति दिन सम्भव भएको जानकारी गराउनु भयो ।...
टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

अमेरिका । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेकाका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो। अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए । सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नरहेको समेत दावी गरे । ‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद...
वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ३२ जना बिरुद्ध मुद्दा दर्ता

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ३२ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहबिार नेपाल वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ३२ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव जीवनप्रकाश सिटौलासहित २४ नेपाली, ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबी गरेर बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । विमान खरिद प्रकरणमा २०७३ पुस २७ मै अख्तियारमा उजुरी परेको थियो । त्यसको २ वर्ष पछि २०७५ पुस २६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि वाइडबडी प्रकरण...
आठ महिनामा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रियो, बिदेशी मुद्रा सञ्चिति १८ खर्ब ७२ अर्ब

आठ महिनामा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रियो, बिदेशी मुद्रा सञ्चिति १८ खर्ब ७२ अर्ब

नेपाल । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २ सय ७८ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ र १ लाख ९२ हजार ५ सय ५९ रहेको थियो । यता, फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी मुद्रा सञ्...
कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

कोशी प्रदेशका मुख्यमन्त्री र एनआरएनएको भेट, अन्तर्राष्ट्रिय चिया सम्मेलनबारे छलफल

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीलाई भेट गरिएको छ । भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको छ । अध्यक्ष डा बद्री केसीले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । जवाफमा मुख्यमन्त्री कार्कीले लगानीका लागि कोशी प्रदेशमा लगानीका सम्भावना प्रचुर मात्रामा भएकोले लगानीका लागि आह्वान गर्नुभयो । लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ(टीका) कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो । यसैबीच, गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभाग मार्फत धनकुटाको पुर्नस्थापना सेवा के...