१ चैत्र २०८२, आईतवार

अर्थतन्त्र

नेपाली शेयर बजारमा मंगलबार १११.९६ अंकको गिरावट

नेपाली शेयर बजारमा मंगलबार १११.९६ अंकको गिरावट

नेपाल । नेपालमा मंगलबार पनि नेप्से उच्च अंकले घटेको छ । आइतवार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १११ दशमलव ९६ अंकले घटेर २ हजार ७८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ । मंगलबार ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । ...
वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने बाटो खुल्यो

वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने बाटो खुल्यो

नेपाल । वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । सरकारले लगातार चार वर्षदेखि वैदेशिक रोजगार ऐनको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था प्रयोग गरी वार्षिक एक सय जना श्रमिक पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र प्रकाशित गरिसकेको छ । एक सय श्रमिक पठाउन नसकेका २५० वटा म्यानपावरको नवीकरणको बाटो खुलेको हो । विगत चार वर्षदेखि विभिन्न कारण देखाउँदै एक सय श्रमिक विदेश पठाउन नसकेका म्यानपावर पनि नवीकरण भएका थिए । चालु आर्थिक वर्षमा अघिल्ला वर्षको नजिर र नेपाल ऐनमा केही ऐन संशोधनमार्फत एक सय जनाको हद म्याद हटाउने व्यवस्थाका आधारमा नवीकरण गर्न चाहनेलाई पुनः सूचना गरिएको छ । वैदेशिक रोजग...
सार्वजनिक लेखा समितिमा चर्काचर्की, बैठक बिना निष्कर्ष टुङ्गियो

सार्वजनिक लेखा समितिमा चर्काचर्की, बैठक बिना निष्कर्ष टुङ्गियो

नेपाल । आइतबार सार्वजनिक लेखा समितिमा डेडिकेडेट ट्रंकलाइन विवादमा निर्णय गर्ने विषयमा सवाल जवाफ भएको छ । बैठकमा समिति सभापति र सांसदहरुबीच चर्काचर्की भएको हो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले गर्ने निर्णय सुनाउन थालेपछि विवाद शुरु भयो । उक्त निर्णयमा सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरूले नै साथ दिएनन् । यता नेकपा (माओवादी केन्द्र) र रास्वपाका सांसदहरूले सभापतिका ५ वटा निर्णयमा असहमति जनाएका थिए । दुवै पार्टीका सांसदहरूले सभापतिको प्रस्तावलाई अस्वीकार गर्ने भनेपछि सभापति पोखरेल, माओवादी र रास्वपाका सांसदबीच चर्काचर्की परेको थियो । माओवादी सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अख्तियार पठाउने र बिचौलियाहरूसँग मिल्ने गरी सभापतिले निर्णय गरेको भन्दै विरोध गरे । विवादकाबीच पाँच घण्टा लामो छलफलपछि समिति बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।...
नेपाली शेयर बजारमा भारी गिरावट

नेपाली शेयर बजारमा भारी गिरावट

नेपाल । नेपाली शेयर बजारमा आइतबार भारी गिरावट आएको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको हो । ३३३ कम्पनीको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यको खरिद बिक्री भयो । आइतबार कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको थियो ।...
नेपालको ब्यापार घाटा १६ अर्ब १५ करोड, आयात निर्यात दुबै घट्यो

नेपालको ब्यापार घाटा १६ अर्ब १५ करोड, आयात निर्यात दुबै घट्यो

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपियाँको निर्यात भएको थियो  । व्यापार घाटा ०.३८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब १५ करोड १० लाख रुपियाँ पुगेको छ । आव २०८०–८१ को साउनमा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपियाँ व्यापार घाटा थियो । कुल वैदेशिक व्यापार भने १.५२ प्रतिशतले कमी...
सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग मध्यरातसम्म बयान लियो

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग मध्यरातसम्म बयान लियो

नेपाल । सहकारी छानबिन विशेष समितिले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान सकिएको छ । शुक्रबार अपराह्न साढे ४ बजेबाट सुरु भएको बयान मध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको थियो । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु रहेको थिए । बयान ९ घण्टासम्म चलेको थियो । बयानमा रवि लामिछानेले बुटवलको सुप्रीम सहकारी, चितवनको सहारा सहकारी ,पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेट्वोर्कमा आएका आफ्नो नाममा खडा गरिएको ऋण, आफ्नो नाममा प्रवाह गरेको भनेको रकमका सन्दर्भमा आफ्नो हस्ताक्षर आफ्नो कागजात नागरिकता समावेश नभएको स्पष्ट गरेको समितिका सभापती सूर्य थापाले बताए । रवि आफू संस्थाको प्रबन्ध निर्देशकको रुपमा आफ्नो प्रशासकीय आन्तरिक काममा संलग्न भएको तर कार्यकारी प्रमुखका रुपमा आर्थिक सहयोग जुटाउने लगायातको कामहरु जीबी राइले गर्ने गरेकोले कहाँबाट कसरी रकम आय...
वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा

वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा

नेपाल । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । गत आवको तथ्याङ्कसहित विगत तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ । ...
बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरले ५ लाख सहयोग गर्ने

बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरले ५ लाख सहयोग गर्ने

नेपाल (हेटौंडा) । वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपियाँ बराबर सहयोग गर्ने भएको छ । बिहिवार पुस्तक बिक्री अभियान लिएर हेटौंडा उपमहानगरपालिका आइपुगेका पुनको अभियानमा सहयोग गर्दै ५ लाख रुपियाँ बराबरको पुस्तक खरिद गर्ने प्रतिबद्धता जनाएको हो । पुस्तक बिक्री अभियानमा २०२ दिन देखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताएका थिए । सुदुरपश्चिम प्रदेस बाट अभियान सञ्चालन गरेका बैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौंडामा पुस्तक बिक्री गरीरहेका छन् । देशभर पुस्तक बिक्री अभियानमा रहेका उनले अहिलेसम्म १ लाख २५ हजार पुस्तक बिक्री गरिरहेको बताए । जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरीद गरेपनि कारखाना सञ्चालनका लागि २० करोड रुपियाँ संकलन गर्न सकिने उनको आँकलन थियो । २०...
नेपालमा सुन तोलाकै १ लाख ५३ हजार पुग्यो

नेपालमा सुन तोलाकै १ लाख ५३ हजार पुग्यो

नेपाल । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भएको थियो यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भएको थियो ।...
सर्वसाधारणका लागि कहिले खुल्ला काठमाडौंको धरहरा ?

सर्वसाधारणका लागि कहिले खुल्ला काठमाडौंको धरहरा ?

नेपाल । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “धरहरा पूरै सञ्चालन गर्न नसकिए पनि केही भाग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धरहराको काम केही दिनमै सम्पन्न हुने होइन । धरहरा चढ्न चाहनेको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।” ...