१८ कार्तिक २०८२, मंगलवार

अर्थतन्त्र

अमेरिकाबाट फर्किए अर्थमन्त्री पुन

अमेरिकाबाट फर्किए अर्थमन्त्री पुन

नेपाल । सोमबार अमेरिका प्रस्थान गरेका अर्थमन्त्री वर्षमान पुन शनिबार साँझ स्वदेश आइपुगेका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । अमेरिकामा रहँदा उनले विभिन्न अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागिताको लागि निमन्त्रण गरे । उनले नेपालमा लगानीको संभावना रहेको प्रष्ट पारेका थिए ।...
अमेरिकामा लगानीकर्ता फकाउँदै अर्थमन्त्री पुन

अमेरिकामा लगानीकर्ता फकाउँदै अर्थमन्त्री पुन

अमेरिका । अमेरिकामा रहेका अर्थमन्त्री वर्षमान पुन अहिले त्यहाँका लगानीकर्ताहरुलाई फकाउन व्यस्त रहेका छन् । यसैक्रममा अर्थमन्त्री पुनले मंगलबार राति अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरे । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङ्टन डिसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको ...
नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रू’: नेपाल सुरुङ युगमा प्रवेश

नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रू’: नेपाल सुरुङ युगमा प्रवेश

नेपाल । नागढुंगा-नौबिसे सुरुङमार्ग दुईतर्फ जोड्ने कार्य ‘ब्रेक थ्रू’ सोमबार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन् । यसअघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । सुरुङ पूर्णरुपमा सञ्चालन हुन अझै १ वर्ष लाग्नेछ । सोही अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दावी गरे । प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए । निर्माण सम्पन्न भएपश्चात नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताए।...
अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री वर्षमान पुन

अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री वर्षमान पुन

अमेरिका । सोमबार नेपालबाट प्रस्थान गरेका अर्थमन्त्री वर्षमान पुन अमेरिकाको वासिङ्टन डिसी आइपुगेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा पुन यहाँ आइपुगेका हुन् । मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल । सोमबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको सोमबार राति विज्ञप्तिमार्फत जानकारी दिएको हो । गए राति १२ बजेबाट नयाँ मूल्य लागू भएको छ ।
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका आउँदै, बसाई तीन दिन

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका आउँदै, बसाई तीन दिन

अमेरिका । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, ...
इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्री अर्यालको चासो

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्री अर्यालको चासो

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गर्नुभएको छ । आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गर्नुभएको हो । श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिनु भएको हो । राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताउनु भएको छ । साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताउनु भएको छ । इजरायल चार हजार नेपाली छन् ।...
नेपालमा सुनको मूल्य तोलाकै १ लाख ३९ हजार पुग्यो !

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ३९ हजार पुग्यो !

नेपाल । नेपालमा सुनचाँदीको मूल्य बढ्दै गएको छ । गत शुक्रबार २०८० को अन्तिम दिन सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँ बढेको थियो । नेपाली बजारमा गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार र तेजावी सुन पनि प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सुनचाँदीको मूल्य अझै बढ्ने आंकलन छ ।...
हेटौंडा सिमेन्ट उद्योगको समस्याबारे संघीय सरकारका मन्त्रीसंग छलफल

हेटौंडा सिमेन्ट उद्योगको समस्याबारे संघीय सरकारका मन्त्रीसंग छलफल

नेपाल (हेटौंडा) । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको समस्या र उद्योग सञ्चालनको वातावण बनाउन मकवानपुरका निर्वाचित जनप्रतिनिधिले संघीय सरकारसग पहल गरेका छन् । संघीय सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्टलाई आवश्यक बजेट उपलब्ध नहुँदा उद्योग सञ्चालन र कर्मचारी तलबभत्ता नपाई उद्योग बन्द भैरहेको अवस्थामा नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठ र मकवानपुर २ का सांसद एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उद्योग सञ्चालनका लागि सघीय सरकारका अर्थ मन्त्रीसमक्ष पहल गरेका हुन् । शुक्रबार उद्योगको तर्फबाट समग्र ट्रेड युनियन नेपाल र नेपाल कारखान श्रमिक संघका प्रतिनिधीसहित मन्त्री श्रेष्ठ र साँसद बर्तौलाले उद्योगलाई आवश्यक पर्ने बजेट उपलब्ध गराइदिन अर्थमन्त्री वर्षमान पुन र उद्योग मन्त्री दामोदर भण्डारीलाई भेटी आवश्यक बजेट उपलब्ध गराई...
२०८१ बैशाख १ गतेबाट ठमेल र दरबारमार्ग अब २४सै घण्टा खुल्ने

२०८१ बैशाख १ गतेबाट ठमेल र दरबारमार्ग अब २४सै घण्टा खुल्ने

नेपाल । २०८१ बैशाख १ गतेबाट काठमाडौंको ठमेल र दरबारमार्ग अब २४सै घण्टा खुल्ने भएका छन् । गृह मन्त्रालयको निर्णयअनुसार यी क्षेत्र नयाँ वर्षदेखि २४सै घण्टा व्यवसाय गर्न खुला गर्न लागिएको हो । यसका लागि जिल्ला सुरक्षा समिति, काठमाडौंको बैठकले मापदण्ड र सुरक्षा योजना तयार गरेको छ । यसअघि प्रहरीले साना पसललाई १० बजे, रेस्टुरेन्टलाई १२ बजे, लाउन्जलाई २ बजे र डिस्को तथा क्लबलाई ४ बजेसम्म सञ्चालन गर्न दिने समयसीमा तोकेको थियो ।...