३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

नेपाली शेयर बजार ११४ अंक उचालियो

नेपाली शेयर बजार ११४ अंक उचालियो

नेपाल । मंगलबार नेपाली शेयर बजार ११४ अंकको वृद्धि भएको छ । नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो । मंगलबार ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको थियो । नेप्सेका अनुसार मंगलबार १८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो ।...
पानीको सतह घट्यो, कुलेखानी जलाशयको ढोका बन्द गरियो

पानीको सतह घट्यो, कुलेखानी जलाशयको ढोका बन्द गरियो

नेपाल । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । बाँध खोलेर जलाशयको पानीलाई निकास दिएपछि जलसतह केही घटेकाले सोमबार ढोका बन्द गरिएको हो । कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भए पनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो । ...
नायक नवराज श्रेष्ठद्वारा कोलोराडोमा हिमालयन ग्रोसरी स्टोर उद्घाटन

नायक नवराज श्रेष्ठद्वारा कोलोराडोमा हिमालयन ग्रोसरी स्टोर उद्घाटन

कोलोराडो । अमेरिकाको डेनबर शहरको कोलोराडोमा हिमालयन ग्रोसरी स्टोरको उद्घाटन भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष, नायक/ निर्माता तथा डिरेक्टर नवराज श्रेष्ठले उक्त स्टोरको उद्घाटन गरेका हुन् । ग्रोसरी उद्घाटन गर्दै श्रेष्ठले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त ग्रोसरी स्टोर कोलोराडो डेनबर शहरको 4405 Chamber Road, Denver CO मा अबस्थित् छ । सो स्टोर स्थानीय डीपी शर्मा लगायत् उनको परिवारहरु मिलेर सञ्चालन गरेका हुन् । सो स्टोरमा ग्रोसरी आइटम लगायत लिकर, सिगरेट, ग्लास पाइप र भबिस्यमा चाँडै रेष्टुरेन्ट पनि सञ्चालन गारिने सञ्चालन डीपी शर्माले जानकारी दिए ।...
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ अभाव हुँदैनः निगम

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ अभाव हुँदैनः निगम

नेपाल । वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन । तर पनि नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ। निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो । निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए ।...
नेपालमा एक खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब

नेपालमा एक खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब

नेपाल । साउन महिनामा एक खर्ब ३७ अर्ब रुपैया बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ पुगेको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । यता चालु आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । ...
३२.८१ अंकले घट्यो नेपाली शेयर बजार

३२.८१ अंकले घट्यो नेपाली शेयर बजार

नेपाल । नेपाली शेयर बजार घट्दो क्रममा छ । यसैक्रममा धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लाग्यो । नेप्सेका अनुसार बिहीबार परिसूचक ३२ दशमलव ८१ अंकले ओरालो लागेर २ हजार ४८६ दशमलव ७६ मा सीमित भएको छ । कूल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँ मूल्यमा खरिद बिक्री भएको थियो । ...
नेपाली बजारमा सुन तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार

नेपाली बजारमा सुन तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार

नेपाल । नेपालमा सुनको भाउले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो भने भदौ ९ गते सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर बुधबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाल । सहकारी ठगी प्रकरणमा पक्राउ गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । आइतबार काठमाडौँमा पक्राउ परेका जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि प्रहरीले अदालतमा लगेकामा पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौबाट नियन्त्रणमा लिएर राति पोखरा पुर्याएको थियो । गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर ख...
विकास हेर्न अर्थमन्त्री पौडेल चीनमा

विकास हेर्न अर्थमन्त्री पौडेल चीनमा

नेपाल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्नु हुने भएको छ । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लाग्नु भएको हो । उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनुहुनेछ ।...
नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार

नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार

नेपाल । नेपाली शेयर बजारमा आइतबार दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको हो । तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको थियो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको थियो ।...