२३ बैशाख २०८२, मंगलवार

अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल । बुधबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इृण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको उल्लेख गरेको छ । अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ भएको छ । त्यस्तै, डिजेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै, एलपीजी ग्यास पनि १८९५ बाट बढेर १९१० रुपैयाँ पुगेको छ । ...
एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । एनआरएनएको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो । मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि सं...
शुरु भयो पाँचौ मनहरी महोत्सव, १२ दिन सञ्चालन हुने

शुरु भयो पाँचौ मनहरी महोत्सव, १२ दिन सञ्चालन हुने

नेपाल (मनहरी/मकवानपुर) । मकवानपुरको मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सवको उद्घाटन भब्य समारोहका बीच भएको छ । माघ १६ गतेदेखि २८ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले भब्य समारोहका बीच उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विकासका लागि यहाँ स्थानीय सरकारले गरिरहेको प्रयत्नको सन्दर्भ जोड्दै उद्योगी व्यवसायीहरु निराश भइरहेका बेला सरकारले ढाडस दिनुपर्ने बताउनुभयो । उहाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । ‘यहाँको पर्यटन विकासका लागि रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा विकास गर्ने कुरा, मनहरी बजार जोगाउनका लागि तटबन्धन निर्माण गर्ने बिषयहरु मेरो ...
नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकाको अध्यक्षमा थापा चयन

नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकाको अध्यक्षमा थापा चयन

अमेरिका । नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशनको अध्यक्षमा पुनः सञ्जय थापा चयन हुनुभएको छ । गत शनिवार सम्पन्न कर्पोरेशनको साधारण सभावाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । त्यस्तै महासचिवमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् । अनुभवी व्यवसायीहरुलाई समेटेर २५ सदस्यीय कार्यकारिणी समिति चयन गरिएको छ । नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकामा विगत ४ वर्षदेखि घर जग्गाको कारोवार गरिरहेको प्रतिष्ठित संस्था हो । कुल १२८ जना शेयर सदस्यहरुवाट स्थापना भएको संस्था हो । नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशनले विगतदेखि पुराना घर खरिद गर्ने, त्यसको मर्मत गरी विक्री गर्ने र केही घरहरु खरिद गरी भाडामा पनि लगाइरहेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए । ...
नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

कतार । नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा पुनः महेन्द्र चम्लागाई चयन भएका छन् । संघको दोस्रो साधारणसभाले चारवर्षको लागि पुनः चम्लागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके),राजु रेग्मी (राज), प्रकाश कोइराला, रमेश भट्ट चयन भएका छन् । महासचिवमा शंकर न्यौपाने, सचिव सुनिलकुमार घिमिरे र राजेन्द्र देवकोटा, पूर्णबहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की, सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भए । कार्यसमिति सदस्यमा रामु रेक्ष्मी, क्रान्ति सिंह, रामचन्द्र पन्थ, कमलप्रसाद न्यौपान, टंकबहादुर खड्का, श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायणप्रसाद शर्मा र वासिम अक्रम चयन भए । नेपाल व्यवसायी संघ कतार कतारको सरकारी निकायमा दर्ता भएको नेपाली व्यवसायीहरुको संस्था हो ।...
नेपाल पर्यटन बोर्ड ‘सेतो हात्ती’ जस्तै भएको आरोप

नेपाल पर्यटन बोर्ड ‘सेतो हात्ती’ जस्तै भएको आरोप

नेपाल। सत्तासिन नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको व्यापक आलोचना भएको छ । शनिबार राजधानीमा भएको सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराती कार्य सम्पादन भन्दा पनि स्टन्टबाजी ज्यादा भएको आरोपसमेत वक्ताहरुले लगाएका छन् । सो पार्टीकी उपाध्यक्ष पम्फा भूषालले पानसमा बत्ति बालेर उद्घाटन गरेकी छन् । भूषालले अधिवेशनलाई सम्बोधन गर्दै देशको विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रबद्र्धनका लागि राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिईन् । सो कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी भूषालले कोरोना कालमा सबैभन्दा बढी मारमा परेको पर्यटन अझै पनि उठ्न नसकेकोले आफ्नै पार्टीका नेताको नेतृत्वमा मन्त्रालयले पार्टी र सरोकारवालाको सूझाव अनुसार कार्य...
हेटौंडामा ठेकी बनाउने तालिम सुरु

हेटौंडामा ठेकी बनाउने तालिम सुरु

नेपाल (हेटौंडा) । दारको ठेकीको लागि प्रसिद्ध मकवानपुरमा लोप हुँदै गएको ठेकी बनाउने तालिम सुरु भएको छ । सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौँडा–५ पिप्लेमा तालिम सुरु भएको हो । पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा सुरु भएको तालिममा महिला २० र पुरुष ५ गरि २५ जनाले तालिम लिईरहेका छन् । २० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य रहेको छ । ...
७ करोड ५७ लाखको लागतमा हाँडिखोलामा कोल्ड स्टोर निर्माणको सम्झौता

७ करोड ५७ लाखको लागतमा हाँडिखोलामा कोल्ड स्टोर निर्माणको सम्झौता

नेपाल (हेटौंडा) । मनहरी गाउँपालिका वडा नं ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएको छ । बुधबार गाउँपालिका र कोल्ड स्टोर निर्माणको ठेक्का पाएको हिमालयन नमोवुद्ध जेवि बीच सम्झौता भएको हो । गत जेठ २ गते गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि वोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कुल ७ करोँड ५७ लाख ९६ हजार लागत अनुमान गरीएको बताइएको छ । उक्त ठेक्का प्रकृयामा सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का साकार गरेको हिमालयन नमोवुद्धसँग कानुनी अड्चनका कारण गाउँपालिकाले सम्झौता गर्न सकेको थिएन । वोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एमएम जेविले ठेक्का साकार गर्ने कम्पनीलाई मुद्धा दायर गरेपछि उच्च अदालत पाटन इजलासले गाउँपालिकालाई प्रकृया अघि नबढाउन पत्र पठाएको थियो । त्यसयता कुनै पनि काम गर्न असमर्थ भएको गाउँपालिकालाई गत माघ ५ गते अदालतले कार्य अघि ...
एआई क्षेत्रमा काम गर्ने डा. मास्केको कम्पनी अमेरिकाको स्टक एक्सचेन्जमा सूचीकृत

एआई क्षेत्रमा काम गर्ने डा. मास्केको कम्पनी अमेरिकाको स्टक एक्सचेन्जमा सूचीकृत

अमेरिका । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा. समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ । अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी कार्य गरिरहेको छ । नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको छ । सीएसएलएम नास्डाकमा सूचीकृत भई कारोबार गरिरहेको कम्पनी हो । सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २० करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने छ । फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी...
नेकपा एमालेले सरकारलाई बुझायो ७५१ वटा मागसहितको ध्यानाकर्षण पत्र

नेकपा एमालेले सरकारलाई बुझायो ७५१ वटा मागसहितको ध्यानाकर्षण पत्र

नेपाल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । सरकारी निवास, बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म सम्पन्न ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझावहरु एवं पार्टीले अभियानका क्रममा देखेका पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीहरु समेटेर ध्यानाकर्षण–पत्र हस्तान्तरण गरेको हो । अभियानका क्रममा कुल ७५१ वटा मागहरु प्राप्त भएका छन्, जुन विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित छन् । तिनलाई सोही अनुरुप वर्गीकरण गरी प्रधानमन्त्रीलाई बुझाइएको छ । प्रदेशगत रुपमा गण्डकीबाट ५९ निवेदनहरुबाट १६१ वटा विषयहरु, कोशीबाट ४८ निवेदनहरुमार्फत् १७० वटा विषयहरु, सुदूरपश्चिमबाट २४ निवेदनहरुमार...