२५ बैशाख २०८२, बिहीबार

अर्थतन्त्र

नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार

नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार

नेपाल । नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार पुगेको छ । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको थियो ।...
तामझामसहित भरतपुर भ्रमण वर्ष उद्घाटन, पाँचलाख आन्तरिक र दुईलाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य

तामझामसहित भरतपुर भ्रमण वर्ष उद्घाटन, पाँचलाख आन्तरिक र दुईलाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य

नेपाल (चितवन) । शुक्रबार तामझामका साथ भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन भएको छ । भरतपुरकी मेयर रेनु दाहाललको अध्यक्षमा नारायणी नदी किनारमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र सांसद रवि लामिछाने लगायतको उपस्थिति थियो । कार्यक्रममा मन्तव्य राख्दै मेयर दाहालले भरतपुर आफैमा जिवन्त सङ्ग्रहालको रुपमा रहेकोले घुम्न आमन्त्रण गरेन् । मेयर दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन् । कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री दाहालले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताए । पूर्वप्रधानमन्त्री खनालले भ्रमणवर्ष सफलताको कामना गर्दै रेनु दाहाल प्रचण्डको ...
विभिन्न देशका लागि २९ जना पर्यटन प्रवर्द्धक नियुक्त

विभिन्न देशका लागि २९ जना पर्यटन प्रवर्द्धक नियुक्त

अमेरिका । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न क्षेत्रका २९ जनालाई पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्न उनीहरुलार्ई पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने पर्यटन दूतलाई मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयले यस वर्षदेखि पर्यटक प्रवर्द्धकको रूपमा नियुक्त गरेको उल्लेख गरेको छ । ...
प्रभु बैंकका डीसीईओ न्यौपाने पक्राउ परेपछि बैंकरहरु आतंकित

प्रभु बैंकका डीसीईओ न्यौपाने पक्राउ परेपछि बैंकरहरु आतंकित

नेपाल । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च तहका बैंकरहरु पक्राउ गरेपछि आतंक सिर्जना भएको छ । यतिबेला नेपालमा बैंकरहर कुन बेला आफू पनि पक्राउ पर्ने भन्ने त्रासमा छन् । यसैक्रममा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई सीआईबीले मंगलबार बिहान पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। त्यस्तै साविकको सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन् । न्यौपाने र गौतमसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । ...
विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौंः अभिनेत्री मनिषा कोइराला

विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौंः अभिनेत्री मनिषा कोइराला

नेपाल । चर्चित वलिउड अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै उनले नेपालको विकासका लागि आफुले आर्जन गरेको ज्ञान सीप नेपालमा प्रयोग गर्नु पर्ने बताइन् । ‘हामी ज्ञान सीपका लागि विश्वका जुन सुकै ठाँउमा पनि पुग्न सक्छौं । तर जुन माटोमा जन्मियौं त्यस माटो प्रति हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले पनि नेपालको लागि मैले के गर्न सक्छु भन्ने चिन्तन आवश्यक छ । त्यसका लागि आफ्नो सीप देशका खर्चिनु पर्छ ।’ उनले भनिन् । सार्थक जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले आत्मनिर्भरताको लागि समयमै आफ्नो रुची अनुसारको विषय पहिल्याउन र सोही अनुरुप काम गर्न विद्यार्थीलाई सुझाव दिइन् । आफु क्यान्सर ज...
विश्वविद्यालयले गर्यो कृषक जागरुकता कार्यक्रम

विश्वविद्यालयले गर्यो कृषक जागरुकता कार्यक्रम

नेपाल (रौतहट) । अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेस कोयम्बतुर, तमिलनाडु (भारत) मा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरूले आफ्नो (रावे) कार्यक्रमको एक भागको रूपमा कोयम्बतुरकै माईलेरिपालयम गाउँमा कृषक जागरुकता कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा कलेजको सहयोगमा विद्यार्थीहरुले प्रदर्शनीमार्फत गाउँका किसानहरुलाई स्थानीय बालीका परम्परागत प्रजातिबारे जागरुक गराएका छन् । विद्यार्थीहरुले धान, इमली, सजिवन, खुर्सानी आदिका परम्परागत बिउबिजन देखाउँदै किसानहरुलाई परम्परागत किसिमले आयमूलक व्यावसायिक खेतीका लागि प्रोत्साहन गरेका छन् । किसानहरुलाई परम्परागत कृषि जागरुकतामार्फत पहिलेदेखि चलिआएका बालीमा रोग नलाग्ने, प्रतिरोधात्मक क्षमता बढी हुने, एन्टिअक्सिडेन्ट, भिटामिन र खनिजहरु बढी हुने तथा शरीर र पर्यावरणलाई नोक्सान नहुने आदि विषयवस्तुमा जानकारी गराएका छन् । यस प्रकारको खेतीले जमिनको क्षय नहुने, जैव...
मेलम्चीमा भ्रष्टाचार गर्ने ४ पूर्वसचिवसहित १८ जना अख्तियारको फन्दामा

मेलम्चीमा भ्रष्टाचार गर्ने ४ पूर्वसचिवसहित १८ जना अख्तियारको फन्दामा

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा सरकारका चार पूर्वसचिव र एक बहालवाला सहसचिवसहित १८ विरुद्ध पौने ७ अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार मेलम्ची भ्रष्टाचारमा ४ पूर्वसचिव र बहालवाला सहसचिवसहित १८ विरुद्ध मुद्दा आयोजनाको ‘हेडवर्क्स’ तथा सुरुङ निर्माण गर्दा भ्रष्टाचार गरेको कसुरमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो । आयोगले आइतबार पूर्वसचिवहरू सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र मुकुन्दप्रसाद पौडेल तथा बहालवाला सहसचिव रुद्रसिंह तामाङसहित १५ जना व्यक्ति तथा तीन कम्पनीविरुद्ध पौने ७ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।...
पर्यटनः मकवानपुर बुढिचौरको ऋषेश्वर गुफा र खुडेधार पदमार्ग योजनाको काम अलपत्र

पर्यटनः मकवानपुर बुढिचौरको ऋषेश्वर गुफा र खुडेधार पदमार्ग योजनाको काम अलपत्र

नेपाल (हेटौंडा) । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडासँगै जोडिएको मकवानपुरगढी गाउँपालिका पर्यटनको निकै नै सम्भावना बोकेको गाउँपालिका हो । पुर्वमा वडा नम्बर २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरबार र पश्चिममा वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर पर्यटनका प्रवर्द्धनका लागि निकै नै सम्भावना रहेका स्थानहरु हुन् । यि स्थानहरुमा अहिले पनि दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन् । शनिबार र बिदाका दिनहरुमा भने त्यो संख्या हजार भन्दा बढी हुने गरेको स्थानीयहरु बताउँछन् । वडा नम्बर ४ मा रहेकोे मनकामना मन्दिर हेटौंडा बजारबाट नजिक भएकाले बिहानको र बेलुकाको पैदाल यात्राका लागि हेटौंडा बजारबाट आउने संख्या पनि उल्लेख्य रहने गरेको छ । यसैको फलस्वरूप मन्दिर आसपास होटल ब्यवसाय गर्नेहरुको संख्या पनि बढीरहेको वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाले बताउनुभयो । मन्...
ललिता निवास प्रकरणः ८८ जना दोषी ठहर, सबै जग्गा जफत हुने फैसला

ललिता निवास प्रकरणः ८८ जना दोषी ठहर, सबै जग्गा जफत हुने फैसला

नेपाल । ललिता निवास प्रकरणमा विशेष अदालतले ८८ जनालाई दोषी ठहर गरेको छ । ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ८८ जनालाई दोषी ठहर गरी सबै जग्गा जफत हुने फैसला समेत सुनाएको छ । बिहीबार विशेष अदालतका न्यायाधीशत्रय डा. खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाले सरकारी जग्गा व्यक्तिको बनाउन संलग्न सरकारी कर्मचारी, विचौलिया, भूमाफिया र गैरकानुनी लाभ लिने ८८ जना दोषी ठहर गरेका हुन् । हाल आफ्नो नाममा जग्गा रहेकामध्ये ६५ जनाको जग्गा जफत भएको छ भने २१ जनाले सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित पूर्व सचिव छविराम पन्तसमेत दोषी ठहर भएका छन् । पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाई दिएको छ भने पूर्व सचिव दिनेशहरि अधिकारीले पनि सफाई पाएका छन् । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई सरकारी ...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीवार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने (एलपी०)ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।  ...