३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

नेपाल । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ । उद्योगको लाइन काट्दासमेत बक्यौता भुक्तानी गर्न अटेरी गरेका उद्योगविरुद्ध प्राधिकरणले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । प्राधिकरणणले ति उद्योगको शेयर रोक्का गर्न पनि कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । बक्यौता विद्युत महसुल भुक्तानी गर्ने प्रक्रियामै नआएर शक्तिकेन्द्र धाएका उद्योगीहरूको घरको लाइन नै काट्ने तयारीसमेत प्राधिकरणले गरेको छ ।...
३९.७० अंकले बढ्यो नेपाली शेयर बजार

३९.७० अंकले बढ्यो नेपाली शेयर बजार

नेपाल । नेपाली शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा बन्द भएको हो । बुधबार ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भयो ।
नेपालमा सुनको मूल्यमा निरन्तर गिरावट, शेयर बजारमा भने सुधार

नेपालमा सुनको मूल्यमा निरन्तर गिरावट, शेयर बजारमा भने सुधार

नेपाल । नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ। सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि २६ सयले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भयो । हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो । चाँदी १८ सय २० मा कारोबार भएको थियो । यता, शेयर बजारमा भने मंगलबार उचालिएको छ । नेप्से परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ दशमलव ६६ कायम भएको छ । ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।...
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस योजना ल्याउनुपर्छः अध्यक्ष केसी

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा ...
स्रोत नखुलेको ३२ हजार अमेरिकी डलर र १४ हजार यूरोसहित ३ जना पक्राउ

स्रोत नखुलेको ३२ हजार अमेरिकी डलर र १४ हजार यूरोसहित ३ जना पक्राउ

नेपाल (हेटौंडा) । मकवानपुर प्रहरीले गत आइतबार राति स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक ईभी माइक्रो बसलाई हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेकप्वाइन्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर,भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए । सोमबारको बजार भाउअनुसार रुपान्तरण गर्दा अमेरिकी डलर प्रति १ डलरबराबर नेपाली रुपैयाँ १३५.०१६ का दरले रू ४३,२०,५१५ र प्रति १ युरोबराबर नेपाली रुपैयाँ १४०.६८ का दरले रु १९,६९,५...
नेपालमा एकैदिन १५ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपालमा एकैदिन १५ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल । नेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ अघिल्लो दिन आईतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भएको थियो ।...
नेपाली धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

नेपाली धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

नेपाल । नेपाली धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठले नियुक्ति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेकोहो । बोर्ड करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो ।...
राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन प्रधानमन्त्री ओलीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आइतबार सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानूनी मुद्दाजस्ता समस्या देखिएका छन् । हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया...
टेस्ला कम्पनीका मालिक एलन मस्कसँग नेपालका प्रधानमन्त्री ओलीको भिडियो संवाद

टेस्ला कम्पनीका मालिक एलन मस्कसँग नेपालका प्रधानमन्त्री ओलीको भिडियो संवाद

अमेरिका । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ टेस्ला कम्पनीका मालिक, अमेरिकी व्यवसायी विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ । यसअघि करिब एक महिना अगाडि प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्टारलिंकका प्रतिनिधिहरुले नेपालमा इन्टरनेट विस्तारबारे भिडिओ देखाएका थिए । तर यसबारेमा नेपालका प्रधानमन्त्रीसँग एलनले सीधा संवाद गरेको यही प्रथम हो । स्याटेलाइट इन्टर्नेट सेवा प्रदायक एलन मस्कको कम्पनी स्टार लिङ्कले विश्वका अन्य धेरै देशलाई सेवा दिइरहेको छ । ...
एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

अमेरिका । गैरआवासीय नेपालीहरुको लागि लगानी गर्न नेपालको शेयर बजार खुल्ला गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले विहिवार स्वीकृती प्रदान गरे पछि विदेशमा बस्ने नेपालीहरुले शेयर बजारमा लगानी गर्न पाउने भएका हुन् । गैरआवासीय नेपाली संघले शुक्रवार एक विज्ञप्ति जारी गदै नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको भन्दै सो निर्णयको स्वागत गरेको छ । ...