सुमेरु सहकारीका पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगि गरे, बचत फिर्ता होस्
नेपाल । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।
बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले लाखौं बचतकर्ताको अर्बौ ठगि गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । सरकार कडारुपमा प्रस्तुत नभएकै कारण ठगहरु खुलमखुला हिडिरहेको बताए ।
‘सहकारी पीडितको बचत फिर्ताको लागि सरकारले कडारुपमा प्रस्तुत हुनुपर्छ । संचालकले संगठितरुपमा बचत अपचलन गरेका छन् । सरकारले जेलमै कोचेरै भएपनि बचत फिर्ता गर्नुपर्छ’ खनालले भने ।
पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरुले बचत फिर्ता नभएको बताए । ‘जनताको बचत हिनामिना गर्नेहरु नै...









