७ असार २०८२, शनिबार

अर्थतन्त्र

वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा

वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा

नेपाल । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । गत आवको तथ्याङ्कसहित विगत तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ । ...
बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरले ५ लाख सहयोग गर्ने

बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरले ५ लाख सहयोग गर्ने

नेपाल (हेटौंडा) । वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपियाँ बराबर सहयोग गर्ने भएको छ । बिहिवार पुस्तक बिक्री अभियान लिएर हेटौंडा उपमहानगरपालिका आइपुगेका पुनको अभियानमा सहयोग गर्दै ५ लाख रुपियाँ बराबरको पुस्तक खरिद गर्ने प्रतिबद्धता जनाएको हो । पुस्तक बिक्री अभियानमा २०२ दिन देखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताएका थिए । सुदुरपश्चिम प्रदेस बाट अभियान सञ्चालन गरेका बैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौंडामा पुस्तक बिक्री गरीरहेका छन् । देशभर पुस्तक बिक्री अभियानमा रहेका उनले अहिलेसम्म १ लाख २५ हजार पुस्तक बिक्री गरिरहेको बताए । जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरीद गरेपनि कारखाना सञ्चालनका लागि २० करोड रुपियाँ संकलन गर्न सकिने उनको आँकलन थियो । २०...
नेपालमा सुन तोलाकै १ लाख ५३ हजार पुग्यो

नेपालमा सुन तोलाकै १ लाख ५३ हजार पुग्यो

नेपाल । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भएको थियो यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भएको थियो ।...
सर्वसाधारणका लागि कहिले खुल्ला काठमाडौंको धरहरा ?

सर्वसाधारणका लागि कहिले खुल्ला काठमाडौंको धरहरा ?

नेपाल । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “धरहरा पूरै सञ्चालन गर्न नसकिए पनि केही भाग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धरहराको काम केही दिनमै सम्पन्न हुने होइन । धरहरा चढ्न चाहनेको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।” ...
नेपालबाट अब ९४१ मेगावाट बिद्युत भारत निर्यात हुने

नेपालबाट अब ९४१ मेगावाट बिद्युत भारत निर्यात हुने

नेपाल । छिमेकी मुलुक भारतले अन्तरदेशीय व्यापारका लागि नेपालका १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट विद्युत खरिदका लागि स्वीकृत गरेको छ । भारतको यो निर्णयसँगै नेपालले अब पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । उर्जा मन्त्रालयका अनुसार भारतको पछिल्लो निर्णयले नेपालबाट हालसम्म ६९० मेगावाट (१६ वटा परियोजनाबाट) भारत निर्यात हुँदै आएकोमा अब ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) विद्युत निर्यात हुनेछ । नेपालले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत भारतलाई बिक्री गरेकको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट ३९ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको थियो ।...
नेपाली शेयर बजारमा ३४.४७ अंकको गिरावट

नेपाली शेयर बजारमा ३४.४७ अंकको गिरावट

नेपाल । नेपालमा आइतबार शेयर बजार ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ बराबरको कारोबार भयो । आइतबार सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेको छ । ४७ स्टकको मूल्य बढेको छ भने १९७ स्टकको मूल्य घटेको छ । कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको थियो ।...
नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड !

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड !

नेपाल । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय तोकिएको थियो । शुक्रबारको तुलनमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो । ...
१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याइँदै

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याइँदै

नेपाल । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतबीच अर्थ मन्त्रालयमा उक्त फण्ड सञ्चालनमा ल्याउनेबारे छलफल भएको छ । २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गर्ने सहमति बुझिएको छ । सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ । विश्वभर रहेका नेपालीहरुको पुँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ उक्त फन्ड स्थापना गरिएको हो ।...
१४ खर्ब ४५ अर्ब भित्रियो रेमिट्यान्स

१४ खर्ब ४५ अर्ब भित्रियो रेमिट्यान्स

नेपाल । गत आर्थिक वर्ष २०८०-०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । २०८० असारको तुलनामा यो ३२.६ प्रतिशतले बढेको हो । २०८० असारमा यस्तो सञ्चिति १५ खर...
नेपाली शेयर बजारमा कीर्तिमान, एकैदिन करीब ३० अर्बको कारोबार

नेपाली शेयर बजारमा कीर्तिमान, एकैदिन करीब ३० अर्बको कारोबार

नेपाल । धितोपत्र बजारमा बिहीबार अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बिहीबार झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको हो । उक्त दिन २९ अर्ब ९५ करोड ८५ लाखको शेयर किनबेच भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अंकले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । केही समय यता नेपालको बजारमा उत्साह छाएको छ । ...