२९ फाल्गुन २०८२, शुक्रबार

अर्थतन्त्र

एनआरएन लक्षित बजेटमा समावेश गरिएका बुँदाहरूको एनआरएनएद्वारा स्वागत

एनआरएन लक्षित बजेटमा समावेश गरिएका बुँदाहरूको एनआरएनएद्वारा स्वागत

नेपाल । नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू र वैदेशिक लगानीलाई लक्षित गर्दै समावेश गरिएका विभिन्न सकारात्मक नीति तथा कार्यक्रमहरू प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । उक्त बजेटमा उल्लेख गरिएका महत्वपूर्ण बुँदाहरूप्रति विज्ञप्तिमार्फत आभार व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ– सरकारले वैदेशिक लगानी, वैदेशिक रोजगारी, शिक्षा, प्रवासीको हित संरक्षण र उत्पादनशील क्षेत्रको विकासमा स्पष्ट र सकारात्मक नीति अघि सारेको महसुस गरेका छौं। साथै, हामी विश्वस्त छौं कि गैरआवासीय नेपालीहरूसम्बन्धी ऐन तथा नियमावलीहरूमा आवश्यक संशोधन गर्दै, गैरआवासीय नेपाली र एनआरएन नेपाल डेभलप्पमेन्ट फण्डलाई प्राथमिकता दिने व्यवस्था चाँडै गरिनेछ। विशेषगरी, IPO तथा पूँजी बजारसम्बन्धी नियमनहरू परिमार्जन गरिँदै गैरआवासीय नेपालीहरूको प्रत्यक्ष सहभागिता राष्...
नेपालमा निजामती कर्मचारीको तलब बढेन, अब महँगी भत्ता ५ हजार

नेपालमा निजामती कर्मचारीको तलब बढेन, अब महँगी भत्ता ५ हजार

नेपाल । सरकारले निजामती कर्मचारीको तलब नबढाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै स्रोतको अभावले कर्मचारीको तलब बढाउन नसकिएको बताए । उनले महँगी भत्ता ५ हजार रुपैयाँ पुर्याइएको बताए । अहिले राष्ट्रसेवक कर्मचारीले मासिक २ हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका छन् ।...
यस्तो आयो नेपालको बजेटः पूर्णपाठ (दस्ताबेज)

यस्तो आयो नेपालको बजेटः पूर्णपाठ (दस्ताबेज)

जेठ १५ गते उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको बजेटको पूर्णपाठ प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, १. सार्वभौम नेपाली जनताको सर्वोच्च प्रतिनिधि संस्था सङ्घीय संसदको यस सम्मानित बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु। २. यस अवसरमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ती आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने आदरणीय नेताहरू र आ-आफ्नो ठाउँबाट योगदान गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। ३. संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ। परिवर्तित कार्यसूचीले हामीलाई समृद्ध नेपाल, सुखी नेपालीको र...
नेपालमा आगामी आवका लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत

नेपालमा आगामी आवका लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत

नेपाल । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमान पेस गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर...
नेपाल सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

नेपाल सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

नेपाल । नेपालमा बिहीबार सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ लागि झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउन लागेको हो । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्नुहुने तयारी छ । आगामी बजेटका लागि योजना आयोगले १९ खर्बको सिलिङ दिएको थियो । तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ । बजेटमा निर्माणाधीन राष्ट्रिय परियोजना समयमा सक्ने, सामाजिक सुरक्षाका कार्यक्रम परिस्कृत गर्ने र कृषिको व्यवसायीकरणसम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । यस वर्ष वृद्धभत्ता पाउनेको उमेर पनि सरकारले ६८ वर्षबाट बढाएर ७० वर्ष पुर‍्‍याउने भएको छ । यस्तै कर्मचारीको तलब भने सरकारले बढाउने तयारी गरेको छ । ...
गैरआवासीय नेपाली संघ र गभर्नरबीच भेटवार्ताः लगानी प्रबर्द्धनमा जोड

गैरआवासीय नेपाली संघ र गभर्नरबीच भेटवार्ताः लगानी प्रबर्द्धनमा जोड

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भएको थियो । भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर प्रा।डा। पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गर्नुभयो । गर्भनर प्राडा पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताउनुभयो । यस्तै लामो समयदेखि नेपाल सरकारसँग माग गर्दै आएका नीतिगत सुधारका पहलहरु सम्बन्धमा पनि पत्रमार्फत जानकारी ग...
विश्व कीर्तिमानी कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको आरोहण सफल

विश्व कीर्तिमानी कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको आरोहण सफल

नेपाल । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले जेठ १३ गते मंगलबार बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् । अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।...
होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित

होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित

नेपाल । काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सो राष्ट्रिय सम्मेलनको प्रतीक चिन्हबाट सम्मानित गर्नुभयो । होटल संघ नेपालले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका निर्वाह गरी स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुु¥याए वापत उक्त कदर पत्रले सम्मान गरेको संघका अध्यक्ष विनायक शाहले बताउनुभयो । अध्यक्ष शाहले हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ सोको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने प...
प्रधानन्यायाधीशबाट नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए शपथ

प्रधानन्यायाधीशबाट नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए शपथ

नेपाल । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथ गराएका हुन्। गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा। पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । ...
नेपालमा सुनको मूल्य तोलाको १,८९,८०० पुग्यो

नेपालमा सुनको मूल्य तोलाको १,८९,८०० पुग्यो

नेपाल । नेपालमा बुधबार सुनको मूल्य तोलामै ५ हजार बढेको छ । त्यस्तै चाँदी पनि तोलामा रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला रु एक लाख ८९ हजार ८०० मा किनबेच भयो । त्यस्तै चाँदी रु एक हजार ९९० मा कारोबार भएको थियो ।