नेपाल । नेपाली शेयर बजारले उचाईँ लिंदै गएको छ । यसैक्रममा सोमबार पनि सेयर बजार बढेको थियो ।
सोमबार नेप्से ३७.१३ विन्दुले बढेर २६९०.७२ अंकमा पुगेको छ ।
७ अर्ब रुपैयाँभन्दा बढीको भएको नेप्सेले जनाएको छ ।
नेपाल । नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबार भने रु एक लाख ६० हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदी सोमबार भने रु एक हजार ९८० मा किनबेच भयो ।...
नेपाल । बिहबार नेपालले बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो ।
नेपाललले यसअघि भारतसँग विद्युत निर्यात सम्झौता गरेको थियो ।
प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पुर्याउनेछ।...
नेपाल । भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेका परिवारका लागि राहत उपलब्ध गराउन सरकारले विपद् कोषमा एक अर्ब रकम निकासा गर्ने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ ।
...
नेपाल । मंगलबारदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ र हवाइ इन्धनतर्फ ६ रुपैयाँका दरले घटेको छ ।
नेपाल । मंगलबार नेपाली शेयर बजार ११४ अंकको वृद्धि भएको छ । नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।
मंगलबार ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको थियो ।
नेप्सेका अनुसार मंगलबार १८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो ।...
नेपाल । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।
बाँध खोलेर जलाशयको पानीलाई निकास दिएपछि जलसतह केही घटेकाले सोमबार ढोका बन्द गरिएको हो ।
कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भए पनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो ।
...
कोलोराडो । अमेरिकाको डेनबर शहरको कोलोराडोमा हिमालयन ग्रोसरी स्टोरको उद्घाटन भएको छ ।
ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष, नायक/ निर्माता तथा डिरेक्टर नवराज श्रेष्ठले उक्त स्टोरको उद्घाटन गरेका हुन् ।
ग्रोसरी उद्घाटन गर्दै श्रेष्ठले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उक्त ग्रोसरी स्टोर कोलोराडो डेनबर शहरको 4405 Chamber Road, Denver CO मा अबस्थित् छ । सो स्टोर स्थानीय डीपी शर्मा लगायत् उनको परिवारहरु मिलेर सञ्चालन गरेका हुन् ।
सो स्टोरमा ग्रोसरी आइटम लगायत लिकर, सिगरेट, ग्लास पाइप र भबिस्यमा चाँडै रेष्टुरेन्ट पनि सञ्चालन गारिने सञ्चालन डीपी शर्माले जानकारी दिए ।...
नेपाल । वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन । तर पनि नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ।
निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो ।
निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए ।...
नेपाल । साउन महिनामा एक खर्ब ३७ अर्ब रुपैया बराबरको रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ पुगेको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।
यता चालु आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ ।
...