सात महिनामा सरकारले उठायो छ खर्ब ६९ अर्ब राजस्व
नेपाल । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा छ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले शुुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको माघ मसान्तसम्म छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।
सो राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म छ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
मन्त्रालयले माघ मसान्तसम्म कुल आठ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.४३ प्रतिशत मात्र प्रगति हासिल भएको छ ।
सरकारले चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपियाँ कुल राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा माघसम्म सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत छ ।
यस्तै सरकारले भन्सार महसुलतर्फ एक खर्ब ७० अर्ब ...







