२९ फाल्गुन २०८२, शुक्रबार

अर्थतन्त्र

अमेरिकाको कोलोराडोमा नेपालीभाषीको लगानीमा ठूला ब्यावसाय धमाधम खुल्दै

अमेरिकाको कोलोराडोमा नेपालीभाषीको लगानीमा ठूला ब्यावसाय धमाधम खुल्दै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । मातृभूमिबाट अवसरको खोजीमा अमेरिका आइपुगेका नेपालीभाषीहरूले साना ब्यावसायमात्र होइन एक पछि अर्को गर्दै ठूला ब्यावसायमा लगानी गर्न थालेका छन् । बिशेषगरी नेपालीभाषीहरूको लगानीमा रेष्टुरेण्ट, ग्यास स्टेशन जस्ता साना ग्रोसरी पसल र पार्लर ब्यावसाय सयौंको संख्यामा रहेको कोलोराडोमा अब बिस्तारै उनीहरूको ध्यान ठूला ब्यावसाय तर्फपनि मोडिन लागेको हो । यसरी ठूला ब्यावसाय खोल्ने क्रममा केही ब्यावसायीहरूले अमेरिकाको सबै स्टेटलाई लक्ष्य गरेर खोलेका छन् भने कसैले कोलोराडोलाई मात्र लक्ष्य गरेर खोलेका छन् । यसैक्रमममा कोलोराडोका साउथ एसियन ग्रोसरी, रेष्टुरेण्ट र क्याट्रिन ब्यावसायीहरूलाई लक्ष्यगरी नेपालीभाषीको लगानीमा कोलोराडोको अरोरामा शनिबार दखि होलसेल पसलको शुभारम्भ गरिएको छ । अरोरा पार्कर (3055 S Parker Rd. Aurora CO.80014) स्थित लक्ष्मीफुड्स होलसेल एण्ड रेष्टुरेण्...
नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९००

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९००

नेपाल । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै नेपाली बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा मंगलबार प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भएको थियो । ...
अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने

अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने

नेपाल । अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने भएको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भन्नुभयो, “विदेशी नागरिकको बसोबास, सुरक्षा, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनको उद्देश्यसाथ यो प्रणाली लागु गर्न लागिएको हो । यसले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र नेपाल बसाइका गतिविधि निगरानीमा राख्न र आपत्कालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने छ ।” यो प्रणाली पहिलो चरणमा असोज १ गतेबाट काठमाडौँ उपत्यकाभित्रका तारे होटेलमा लागु हुने बताउँदै उहाँले दोस्रो चरणमा मङ्सिर १ गतेबाट सबै तारे होटेल, हवाई सेवा कम्पनी, ट्रुर्स एन्ड ट्राभल्स, मनी एक्स्चेन्जर, सबै प्रकारका होटे...
अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट कति आए ?

अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट कति आए ?

नेपाल । सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्क अनुसार पछिल्लो महिना सबैभन्दा बढी (४० प्रतिशत) भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अगस्तमा भारतबाट ३५ हजार, चीनबाट सात हजार ५३३ अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच लाख ९५६ र बङ्गलादेशबाट चार हजार २६२ पर्यटक भित्रिएका हुन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली ९सार्क० मुलकबाट ४७ हजार १३७, एसियाका अन्य मुलुकमा १५ हजार ७७७, युरोपबाट ११ हजार १३२ र ओसनियाबाट दुई हजार ४३५ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।त्यसै गरी अमेरिकाबाट सात हजार २९३, मध्यपूर्वबाट ९४४, अफ्रिकाबाट ३२२ र अ...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार रातिदेखि लागू हुने गरी डिजेल–मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल–मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।...
दशैँको पूर्वसन्ध्यामा भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था

दशैँको पूर्वसन्ध्यामा भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था

नेपाल । दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आइतबार एक सूचना जारी गरेर जनाएको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामा भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।” चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला न...
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी

नेपाल । पोखरा र भैरहवा दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले उडान पुनः उडान सुरु गर्न लागेका छन् । पोखरा–छेन्दु–अस्ट्रेलिया उडानको प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । उहाँका अनुसार उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी छ । आगामी सेप्टेम्बरदेखि उडान गर्ने कम्पनीको योजना रहेको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्...
अमेरिका निर्यात हुने थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न राजदूत थोम्पसनसँग आग्रह

अमेरिका निर्यात हुने थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न राजदूत थोम्पसनसँग आग्रह

नेपाल । अमेरिकामा निर्यात हुने थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्पसनसँग बुधबार भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो । सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति र नेपालको उत्पादन क्षमता तथा व्यापार लागतसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर नेपाललाई व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता दिन र तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्टलगायतका थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न अनुरोध गर्नुभएको हो । मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठुलो निर्यात गन्तव्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधा भए पनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको बताउनुभयो । अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप...
इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिवाना नहुने

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिवाना नहुने

नेपाल । असोज १ गतेदेखि अनिवार्य जडान गर्न भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिवाना नहुने भएको छ  । आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वस्फूर्त रूपमा जडान गर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ  । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर स्वस्फूर्त ढङ्गले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको हो  । असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिबाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न पनि आग्रह गरेको छ  ।...
एनआरएनए र आईएलओबीच आप्रवासी श्रमिकहरूको क्षमता विकासका सहकार्य गर्ने सहमति

एनआरएनए र आईएलओबीच आप्रवासी श्रमिकहरूको क्षमता विकासका सहकार्य गर्ने सहमति

नेपाल । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र गैर–आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपाली आप्रवासी श्रमिकहरूको क्षमता विकास, आप्रवासनसम्बन्धी नीतिगत पैरवी तथा मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । मंगलबार नेपालका लागि आईएलओका नेपाल कार्यालयका निर्देशक नुमान ओजकान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीद्वारा काठमाडौंस्थित संघको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । यस परियोजनाका लागि आईएलओले संघलाई आर्थिक सहयोग गर्नेछ र यो करिव ९ महिनासम्म सञ्चालन हुनेछ । स्मरणीय छ, कोभिड–१९ महामारीका कारण प्रभावित आप्रवासी श्रमिकहरूको सहयोग तथा उद्धारका लागि आईएलओले संघलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो। संघले कोभिडको समयमा गरेको कार्यको सकारात्मक मूल्याङ्कनका आधारमा नयाँ परियोजना अघि सारिएको हो । आप्रवासी श्रमिकको समस्या जटिल र गम्भीर भएकाले संघ...