यस्तो आयो नेपालको बजेटः पूर्णपाठ (दस्ताबेज)
जेठ १५ गते उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको बजेटको पूर्णपाठ
प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू,
१. सार्वभौम नेपाली जनताको सर्वोच्च प्रतिनिधि संस्था सङ्घीय संसदको यस सम्मानित बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु।
२. यस अवसरमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ती आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने आदरणीय नेताहरू र आ-आफ्नो ठाउँबाट योगदान गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
३. संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ। परिवर्तित कार्यसूचीले हामीलाई समृद्ध नेपाल, सुखी नेपालीको र...








