नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
नेपाल । नेपाली बजारमा सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
मङ्गलबार तीन लाख नौ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा नौ हजार पाँच सय रुपियाँले बढेर तीन लाख १८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा सात हजार रुपियाँ नाघेको छ । मङ्गलबार छ हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर सात हजार तीन सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।...









