३ चैत्र २०८२, मंगलवार

अर्थतन्त्र

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् । ‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई ...
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घूस लिएको आयोगको अनुसन्धानबाट खुलेको हो । अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ। उनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम दाखिल गरी घूसको स्वरूप परिवर्तन गरेको दाबी अख्तियारले गरेको छ । उक्त रकम भक्तपुरको थिमिस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आ...
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आइतबार रातिदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपियाँ, डिजेलमा प्रतिलिटर ५४ रुपियाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपियाँ वृद्धि गरिएको छ । तर नेपालमा केही रुपियाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बृद्धि गरिएको निगमले जनाएको छ । सो मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १२६ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्...
सुरक्षित रूपमा नेपाल फर्कनका लागि आवेदन दिन कतारस्थित नेपाली दूतावासको आग्रह

सुरक्षित रूपमा नेपाल फर्कनका लागि आवेदन दिन कतारस्थित नेपाली दूतावासको आग्रह

नेपाल । कतारमा रहेका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्कन आवेदन दिन कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ। मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले शनिबार सूचना जारी गर्दै भनिएको छ कि वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल आउन ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्नुपर्नेछ । यसका लागि एजदान मल (अल घराफ) स्थित भिसा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ।...
प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ: लगानी बोर्डका सीईओ ज्ञवाली

प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ: लगानी बोर्डका सीईओ ज्ञवाली

नेपाल । लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन 'रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी' मा प्रमुख वक्ताका रुपमा बोल्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरुको हकमा अगाडि बढ्न जरुरी रहेको बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए । नीतिगत सुधारको लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिभूत छलफल जरुरी रहेको बताए । आइपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने ...
नेपाली बजारमा शुक्रबारदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने

नेपाली बजारमा शुक्रबारदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने

नेपाल । नेपाली बजारमा शुक्रबारदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा विश्वव्यापी आपूर्ति अवरोध देखाउँदै पछिल्लो समय ग्यास अभाव हुन थालेको थियो । निगमले माग अनुरूप नै नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि माग उच्च देखिएको बताउँदै शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी वितरण गर्ने निर्णय गरेको हो ।...
सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स

सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स

नेपाल । रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो । विवरण अनुसार सात महिना अर्थात यो आवको माघसम्म १२ खर्ब ६१ अर्ब एक करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । माघमा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष माघमा एक खर्ब ३७ अर्ब ५० करोड रुपियाँ थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५।५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र प...
अर्थमन्त्री रामेश्वर खनालद्वारा रातो पासपोर्ट फिर्ता

अर्थमन्त्री रामेश्वर खनालद्वारा रातो पासपोर्ट फिर्ता

नेपाल । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुभएको छ । अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उहाँले दिनुभएको हो । अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन यो राहदानी यसैसाथ संलग्न राखी अनुरोध गर्दछु ।” प्रशासन महाशाखालाई अनुरोध गर्दै उहाँले आफ्नो कूटनीतिक राहदानी बुझाउनुभएको हो ।...
भारतमा ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी

भारतमा ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी

नेपाल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता मानिन्छ । त्यस्तै खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो, जसको ठूलो हिस्सा मध्यपूर्वबाट आउने गर्दछ । पेट्रोलियम मन्त्रालयले मङ्गलबार जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरू मध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू गरेर प्राथमिकता क्षेत्रमा ग्यासको समान वितरण र निरन्तर उपलब्धता सुनिश्चित गर्...
बुधबारसम्म फ्लाइ दुबईका उडान स्थगित

बुधबारसम्म फ्लाइ दुबईका उडान स्थगित

नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा अमेरिकी तथा इजरायली आक्रमण कारण नेपालबाट हुने नियमित उडान रद्द भएको जनाएको छ । सोमबारका लागि तय गरिएका विभिन्न सात ओटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरू रद्द गरिएको विमानस्थलले जानकारी दिएको छ । सोमबार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका उडानहरू रद्द भएको विमानस्थलले जनाएको छ । फ्लाई दुबईका उडानहरू आगामी मार्च ११ तारिखसम्म नै रद्द गरिएको सूचनामा उल्लेख छ । यात्रुहरूलाई थप जानकारीका लागि आआफ्नो वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न विमानस्थलले समेत आग्रह गरिएको छ ।...