२८ फाल्गुन २०८२, बिहीबार

कोलोराडो विशेष/अमेरिका

‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन बोस्टनमा हुने, तयारी तीब्र

‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन बोस्टनमा हुने, तयारी तीब्र

अमेरिका । ‘‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको बोस्टन सहरमा हुने भएको छ । उक्त अधिवेशनको तयारी तीब्रताका साथ भइरहेको छ । ‘छैठौं गजल उत्सव’ सहितको उक्त अधिवेशन आउदो जुलाई १९ र २०, २०२५ (शनिवार र आइतवार) म्यासाच्युसेट्स राज्यको बोस्टन सहर नजिकै 594 Washington Street, Braintree स्थिति पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा हुने तय गरिएको छ । अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यता रहने उक्त अधिवेशनले संस्थाको वार्षिक साधारण सभा र आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य सम्पन्न गर्नेछ । अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीव...
अनेसास तथा बीडीएको आयोजनामा कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम सम्पन्न

अनेसास तथा बीडीएको आयोजनामा कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम सम्पन्न

कोलोराडो । अनेसास तथा बीडीए कोलोराडो शाखाको आयोजनामा जुन १४ शनिबारका दिन कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । रक्तदानसँगै रक्तदानको महत्वमाथि लेखिएका कविताहरु बाचन भएको अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए । कार्यक्रम ख्ष्तबबिलत द्ययियम म्यलबतष्यल ऋभलतभच मा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।    ...
अमेरिकाको कोलोराडोमा नेपालको सांस्कृतिक र कलात्मक सम्पदाको भव्य प्रदर्शन

अमेरिकाको कोलोराडोमा नेपालको सांस्कृतिक र कलात्मक सम्पदाको भव्य प्रदर्शन

कोलोराडो । 
२०२५ जुन १२
मा  ग्लोबल फेस्ट २०२५ को भव्य स्वागत समारोह नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्ड संयुक्त आयोजनामा सम्पन्न भयो । उक्त कार्यक्रमले नेपालका सांस्कृतिक, कलात्मक, र पाक परम्पराहरूलाई अन्तर्राष्ट्रिय समुदायसामु प्रभावशाली ढंगले प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरोरा शहरका मेयर Mike Coffman र अमेरिकी नेपाली राजदूतावासका उपप्रमुख शरदराज अरन (Deputy Chief of Mission) को उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन आकर्षक शैलीमा Youbesh Dhaubhadel ले गरे। सांस्कृतिक प्रस्तुतिहरू अन्तर्गत: -Sabisha Shrestha द्वारा कुमारी नृत्य -Gejung, Rije, phubu Doma, Jyamu, Kesang र समूहद्वारा स्याब्रु नृत्य -Pratikshya, Silpa, Yureeka, र Anjel द्वारा नेवाः धिमे नृत्य
दर्शकहरूलाई मन्त्रमुग्ध तुल्याउने खालका रहे । समारोहमा अरोरा शहरका मेयर Mike Coffman र अमेरिकी ...
अमेरिकाको कोलोराडोस्थित नेपाली घरमा तेश्रो मुना इही सम्पन्न (फोटो फिचरसहित)

अमेरिकाको कोलोराडोस्थित नेपाली घरमा तेश्रो मुना इही सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । कोलोराडोबासी नेपालीहरूको सॉंस्कृतिक केन्द्र नेपालीघरमा तेश्रो मुना इही सम्पन्न भएको छ । नेवाःखलः कोलोराडोको आयोजनामा खलःका कार्यसमिति, स्वयंसेवक र इहीमा संलग्न कन्याहरूका परिवारहरूको समुपस्थितिमा इही संस्कार बिधी पूर्वक सम्पन्न गरिएको हो । गुरू द्योभाजु बीरेन्द्र राजोपाध्याय तथा गुरूमां प्रतिभा शर्माद्वारा सम्पन्न भएको कार्यक्रममा फ्लोरिडाका प्रगति कंसाकार, वेस्टमिन्स्टरका आभा तिमिला र इरीका दृष्टि श्रेष्ठ इही संस्कारबाट लाभान्वित भएको मिसा कवका कजि रमिता तुलाधर रमिता तुलाधरले बताएकी छन् । सनातन धर्मग्रन्थ अनुसार, रजस्वला भइसकेको कन्यालाई कन्यादान गर्न नमिल्ने भएकोले बाल्यावस्थामा नै भगवान् श्री सुवर्ण कुमारलाई कन्यादान गरिने यो संस्कार नेवाः तजिलजिमा महत्वपूर्ण मानिएको छ । नेवार समुदायका कन्याहरुको बाल्यावस्थामा नै भगवान् सुवर्ण कुमारसँग बैदिक तन्त्र...
कोलोराडोमा नेपाली भाषा, कला, संस्कृतिको पहिचान गराउन ‘नेपाल डे परेड’ सम्पन्न

कोलोराडोमा नेपाली भाषा, कला, संस्कृतिको पहिचान गराउन ‘नेपाल डे परेड’ सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले यहांका स्थानीय र अमेरीकामा जन्मेहुर्केका आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृतीको पहिचान गराउन आयोजना गरिएको “नेपाल डे परेड” सम्पन्न भएको छ । कोलोराडोमा नेपाली भाषी समुदायप्च सकृय रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” आयोजना गरिएको हो । आईतबार अपरान्ह १२ बजे देखी दिउँसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालित परेड कार्यक्रममा नेपाली भाषी समुदायका अभिभावक नारायण श्रेष्ठ, कोलोराडोमा सकृय बिभिन्न संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजिवी, नेपाली बाआमा, दाजुभाइ दिदीबहिनीको उपस्थिती रहेको थियो । यहाँका स्थानीय र अमेरिकामा जन्मेहुर्केका आफ्ना बालबालिकाहरुलाई नेपाल र नेपालीको भाषा, कला, संस्कृती पहिचान गराउने उद्धेश्यले आयोजित कार्यक्रममा सहभागीहरुले ...
कोलोराडोमा जुन १४ मा रक्तदान तथा कविता बाचन कार्यक्रम हुने

कोलोराडोमा जुन १४ मा रक्तदान तथा कविता बाचन कार्यक्रम हुने

कोलोराडो । अनेसास तथा बीडीए कोलोराडो शाखाको आयोजनामा जुन १४ शनिबारका दिन कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम हुने भएको छ । रक्तदानसँगै रक्तदानको महत्वमाथि लेखिएका कविताहरु बाचन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए । कार्यक्रम Vitalant Blood Donation Center मा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।...
कोलोराडोका दुई स्थानमा यसवर्ष पनि शुरु भयो नेपाली भाषा पाठशाला

कोलोराडोका दुई स्थानमा यसवर्ष पनि शुरु भयो नेपाली भाषा पाठशाला

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको संयोजनामा यसवर्ष पनि कोलोराडोका दुई स्थानमा नेपाली भाषा पाठशाला शुरु भएको छ । २४ मे शनिबारदेखि शुरु भएको उक्त भाषा पाठशाला हरेक शनिबार कक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । क्रसरोड कम्युनिटी सेन्टर नर्थग्लेनमा वेस्टमिनिस्टर स्कूल र स्मोकी हिल यूनाइटेड चर्चमा अरोरा स्कूल सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । हाल नर्थग्लेनको पाठशालामा ३७ जना र अरोरामा २७ भर्ना भएका छन् । विगतामा झैं यो गर्मी बिदामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकाउनका लागि भाषा पाठशालामा भर्ना गराउन सम्पूर्ण कोलोराडोवासी नेपालीहरुलाई अनुरोध गरिएको छ । अरोरा पाठशाला अनेसासका सचिब परिवेश शर्मा, राजु खनाल, राजेन्द्र सिग्देलको उपस्थितिमा रिवन काटी उद्घाटन गरियो भने नर्थग्लेनमा अनेसासका केन्द्...
कोलोराडोमा कालीदास बाबाः ‘नेपालमा हिन्दू सनातनधर्म स्थापित भएको हेर्न मन छ’

कोलोराडोमा कालीदास बाबाः ‘नेपालमा हिन्दू सनातनधर्म स्थापित भएको हेर्न मन छ’

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । श्री १००८ महाराज कृष्णानन्द कालिदास बाबाले कोलोराडो प्रवचन दिदै मातृभुमी नेपालमा हिन्दू सनातनधर्म स्थापीत भएको हेर्न मन भएको बताएका छन् । कोलोराडोस्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा नेपाली घरको सहयोगमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित प्रवचन कार्यक्रममा बाबाले त्यस्तो आशय ब्यक्त गरेका हुन् । शनिवार बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म संचालिन प्रवचन कार्यक्रममा बाबाले अमेरीकामा आएर यसरी नेपाली समुदायबिच उपस्थित हुनपाउदा ज्यादै खुसीलागेको भन्दै नेपाल जस्तो देवभुमी, पबित्र भुमी यो संसारमा कहि कतै नभएको बताए । नेपालीहरूको शान, मान र इज्यत भनेकै हाम्रो मातृभुमी नेपाल भएकोले यसको बिकासको लागी सबैले आ आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बाबाको सहयोगी पत्रकार गीता मैनालीले बाबाको ब्यक्तित्व र समाजमा उ...
नेपालीको भाषासंस्कृती पहिचान गराउन कोलोराडोमा जुन १ मा ‘नेपाल डे परेड’ हुँदै

नेपालीको भाषासंस्कृती पहिचान गराउन कोलोराडोमा जुन १ मा ‘नेपाल डे परेड’ हुँदै

-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषीहरुले नेपालीको भाषा संस्कृती पहिचान गराउन “नेपाल डे परेड” आयोजना गर्ने भएका छन् । कोलोराडोमा नेपाली भाषी समुदाय बीच सकृय रक्कि माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागितामा “नेपाल डे परेड” आयोजना गरिएको रक्कि माउन्टेन फ्रेन्डस अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले बताएका छन् । यही जुन १ तरिक आईतबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर लगाएतका बिभिन्न अतिथीहरुको उपस्थिती रहने बगालेले बताएका छन् । यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचान गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आ—आफ्नो संस्कृती झल्कने भेष भुषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी संघ संस्थाहरुलाई संभव भएसम्म ब्यानर सहित उपस्थित ...
बिनिशा श्रेष्ठ एसियन अमेरिकन हिरो अफ कोलोराडो अवार्डद्वारा सम्मानित

बिनिशा श्रेष्ठ एसियन अमेरिकन हिरो अफ कोलोराडो अवार्डद्वारा सम्मानित

कोलोराडो । कोलोराडो एसियन कल्चर एजुकेसन नेटवर्क र एसियन एभेन्युद्वारा संयुक्त रुपमा आज सम्पन्न भएको २०२५ एसियन अमेरिकन हिरो अफ कोलोराडो अवार्डद्वारा नेपालको प्रतिनित्व गर्दै बिनिशा श्रेष्ठ सहित अरु ६ जना सम्मानित भएका छन् । सो अवार्ड हरेक वर्ष, विगत १६ वर्ष देखिआयोजना हुदै आईरहेको छ । विभिन्न विधामा आ आफ्नो कर्म क्षेत्रमा योगदान पुर्याए बापत कम्युनिटी भोटिंगका आधारमा एसियन मुलका व्यक्ति हरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । यो अवार्डद्वारा सम्मानित हुने उहाँ पहिलो नेपाली मुलकी महिला हुनुहुन्छ । उहाँले विगत ५ बर्ष देखि नेपाली कला संस्कृति प्रवर्तन गर्ने कार्य कोलोराडोमा गर्दै आउनु भएको छ । जसमा मोजेक अफ कल्चर नेपाली कला प्रद्र्शनी एक वर्ष सम्म अरोरा हिस्ट्री म्यूजियम मा राखिएको थियो । सो कला प्रदर्शनी लगभग १२००० जनाले भिजिट गरेका थिए। हाल भईरहेको युबेश धौभडेलको फोटोग्राफी प्रदर्शनी “Conf...