
अमेरिकाको कोलोराडोमा सेप्टेम्बर २२ मा पहिलोपल्ट कुमारी रथ तानेर येंयाः मनाइँदै
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले येंयाः को कार्यक्रम आयोजना गर्न लागिएको छ ।
कोलोराडो नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः आगामी सेप्टेम्बर २२ तारिक आइतबारका दिन नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा मनाउन लागिएको हो ।
इन्द्रजात्रा काठमाडौं , भक्तपुर, ललितपुर, लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो । यसलाई इन्द्र जात्रा पनि भनिन्छ। इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो ध्वजा स्थापना हो । मठैमठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथया...