कोलोराडोमा उपसभामुख ईन्दिरा राना मगरसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा नेपालको प्रतिनिधि सभाका उपसभामुख तथा पिए नेपालका संस्थापक अध्यक्ष समाजसेवी इन्दिरा राना मगरसंग स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फिस्टल रेस्टुरेन्ट, व्राईटन कोलोराडोमा भएको कार्यक्रममा सभामुख रानाले सहभागीको प्रश्नको जवाफ दिएकी थिइन् । रानाले आफुलाई राजनीति मन नपर्ने तर नीति नियम तथा आवाज उठाउने स्थान नै प्रतिनिधि सभा भएकाले आफू राजनीतिमा लागेको वताइन् ।
भविष्यमा राजनीतीमा सक्रिय रहिरहने वा नरहने थाहा नभएको तर अबको ४ वर्ष आफुले कसैलाई भेदभाव नगरी पार्टी भन्दा माथि उठेर देशको सेवा गर्ने वताइन् । त्यस्तै पिए नेपालका अध्यक्ष सुबानी आले मगरले संस्थाले देशभरीका १० स्थानमा ४०० वढी वालवालिकाहरुको हेरचाह गरिरहेको वताइन् ।
कार्यक्रममा मगर संघ कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले पिए...









