२९ फाल्गुन २०८२, शुक्रबार

कोलोराडो विशेष/अमेरिका

खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित कोलोराडोमा समर पिकनिक कार्यक्रम सम्पन्न

खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित कोलोराडोमा समर पिकनिक कार्यक्रम सम्पन्न

कोलोराडो । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गरिएको छ । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रम सम्पन्न भएको माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित सम्पन्न भएको पिकनिक कार्यक्रममा कोलोराडोमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागिता रहेको थियो । यहां बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न कोलोराडोको ...
नेपाल नेत्रज्योती संघ कोलोराडो तदर्थ समिति गठन, संयोजकमा नारायण श्रेष्ठ

नेपाल नेत्रज्योती संघ कोलोराडो तदर्थ समिति गठन, संयोजकमा नारायण श्रेष्ठ

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाल नेत्रज्योती संघ कोलोराडो तर्दथ समिती गठन गरिएको छ । कोलोराडोमा सक्रिय सामाजिक संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी एबं सामाजिक अभियन्ता, नेपाल नेत्रज्योती संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक शैलेसकुमार मिश्र लगायतका पदाधिकारीहरूको उपस्थितीमा कोलोराडो तदर्थ समिति गठन गरिएको हो । कोलोराडोमा नेपाली समुदायका अभिभावक तथा समाजसेवी नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्सीय तदर्थ समिति गठन गरिएको समितिका सदस्य तथा नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । समितिका सदस्यहरूमा जगदिशचन्द्र ढकाल, नविन दत्त, निलम श्रेष्ठ, बसन्त लम्साल, सुरज भण्डारी, गंगा चौलागाइ, शुरेसचन्द्र प्रधान, नवराज श्रेष्ठ, कृष्ण थापा, चन्द्रमान गुरूङ, घनश्याम अगस्थी, अर्जुन बगाले र शुमन केशी रहेका...
अमेरिकाको बाल्टिमोरमा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ पुस्तक बिमोचन

अमेरिकाको बाल्टिमोरमा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ पुस्तक बिमोचन

अमेरिका । अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । कार्यक्रम बाल्टिमोरको फेमिली किचेनको सभाहलमा भएको थियो । जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरील्याण्ड च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा जयनेपाल इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डित, एनआरएनए आइसीसीका पूर्वअध्यक्ष रबिना थापा, जयनेपाल फाउन्डेसनका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्मा पौडेल, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष डा. श्याम कार्की र लेखक तथा अनुवादक सुवास घिमिरेले उक्त पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पण गरिएको उक्त पुस्तकमाथिको चर्चा गर्दै बक्ताहरुले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गरेको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा आफ्नो आफ्नो ढंगले ब्याख्या गरे । बिपीको संघर्ष र बल...
कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक आयोजना हुँदै

कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गर्न लागिएको छ । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित आयोजना गर्न लागिएको पिकनिक कार्यक्रममा सहभागीताको लागी संस्थाले बिभिन्न सामाजिक संजाल मार्फत कोलोराडोमा रहेका सबै संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा ,दाजुभाई, दिदिबहिनी सबैलाई हार्दिक अनुरोध गरिसकेको अध्यक्ष ...
‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा जुन २९ र ३० (शनिबार र आइतबार) विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यसअवसरमा अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता, गुरुङ धर्मसंस्कृति सम्बन्धी प्रवचन–अन्तरक्रिया, झाँकी प्रदर्शन र कार्यक्रमको अन्त्यमा भव्य साँगीतिक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको दोस्रो तथा अन्तिम दिन ‘प्ये ता ल्हु ता’ (गुरुङको धर्मसंकार, संस्कृति) बारेमा महत्वपूर्ण र जानकारीमूलक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा ‘प्ये ता ल्हु ता’ का जानकारी पच्यु पैन्डी चिब तथा तमु प्ये ल्हु संघ यूकेका खेगी बिभागका अध्यक्ष पीपीसी जित क्रोम्छे तमुको उपस्थिति रहेको थियो । कार्यक्रममो सहजकर्तामा मिनबहादुर क्रोम्छे तमु रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रम पच्यु पैन्डीबिद, तमु प्ये ल्हु संघ युकेका खेगी बिभागका अध्यक्ष प...
कोलोराडो नेवाः खलःको आयोजनामा ‘मुना इही’ सम्पन्न

कोलोराडो नेवाः खलःको आयोजनामा ‘मुना इही’ सम्पन्न

–नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । अमेरिकास्थित कोलोराडो नेवाः खलःको आयोजनामा ‘मुना इही ११४४’ सम्पन्न भएको छ । धर्मशास्त्रका अनुसार विवाह भन्ने बित्तिकै कन्यादानको कुरा आउँछ । कन्यादान गर्दा अश्वमेघ यज्ञ गरे बराबरको फल पाइन्छ भन्ने मान्यता रहेको छ । तर नेवाः धर्म संस्कृती अनुसार रजस्वला भइसकेको कन्यालाई दान गरेमा लिने र दिने दुबैको नर्कबास हुन्छ भन्ने मान्यता रहेकोले बाल विवाहको प्रचलन रहेको थियो । सन् १९६३ मा बाल विवाह विरूद्धको कानून लागू भएपछि यो प्रथाको अन्त्य भएको थियो । नेवाः तजिलजिमा नेवाः छोरीहरूको विभिन्न संस्कारहरूमध्ये यो एक महत्वपूर्ण संस्कार रहेको कार्यक्रम संयोजक मयजु रोजिना ताम्राकारले बताएकी छन् । नेवाः समुदायमा इही गर्दा ५ देखी ७ वर्ष उमेर समूहका कन्याहरूको कन्यादान गर्ने गरिन्छ । भगवान नारायणको सुनको प्रतिमा बनाई सुवर्ण कुमारको प्रतिक मानी स्मरण गरेर कन्यादान गरिन्छ । ...
कोलोराडोमा शनिबार-आइतबार आयोजित भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको तयारी पूरा

कोलोराडोमा शनिबार-आइतबार आयोजित भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको तयारी पूरा

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिख (शनिबार र आइतबार) का दिन पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त कार्यक्रममा कोलोराडो स्थित सक्रिय नेपाली सामाजिक संघसंस्थाको साथ-सहयोग रहने आयोजकले जनाएका छन् । भलिवल खेलको फाईनल नतिजा लगत्तै नेपाली घरमा तमु प्ये ल्हु अमेरिकाको साधारण सभा, बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम, तथा पुरस्कार वितरण कार्यक्रम हुने छ । कार्यक्रममा सहभागिताका लागि आयोजकहरुले कोलोराडोवासी सम्पूर्ण नेपाली भाषाभाषीहरुलाई अनुरोध गरेका छन् । उक्त कार्यक्रममा चर्चित गायिका र...
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

कोलोराडो । मगर संघ अमेरिका कोलाराडो च्याप्टरको आयोजनामा समर पिकनिक २०२४ तथा बार्षिक भेला प्रोस्पेटिक पार्क ह्वाइट रिड्चमा भब्य रुपमा सम्पन्न भएको छ । च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बार्षिक भेलामा च्याप्टरका सचिव उपेन्द्र राना मगरले च्याप्टरको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भुमिका पुन मगरले च्याप्टरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगर संघ अमेरिकाका सल्लाहकार लक्ष्मण राना मगरले आगामी महिना जुलाईको २७ र २८ हुने मगर संघ अमेरिका केन्द्रीय समितिको ९औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गर्न आफुहरु लागिरहेको जानकारी दिए । त्यस्तै केन्द्रीय समितिका पश्चिम क्षेत्रीय उपाध्यक्ष टेक थापा मगरले संघ अमेरिकाले अमेरिका भित्र रहेका मगरहरुको जनगणना तथा सर्वेक्षण गरिरहेको र उक्त सर्वेक्षणमा आफ्नो साथै परिवारका सदस्यहरुको नाम भ...
कोलोराडोमा नेपथ्य ब्याण्डको भव्य सांगीतिक कार्यक्रम हुँदै

कोलोराडोमा नेपथ्य ब्याण्डको भव्य सांगीतिक कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । कोशेली कोलोराडो र लाली गुराँश एशोसियशनको आयोजनमा यही अगस्ट ३ तारिख शनिबार कोलोराडोको शुन्दर शहर बोल्डरमा गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्याण्डको साँगीतिक कार्यक्रम हुने भएको हो । Boulder Theatter 2032 14 TH ST Boulder Co 80302 मा साँझ ६ बजेबाट मुख्य ढोका खुल्ला हुने साथै ७ बजेबाट बिशेष साँगीतिक कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा प्रवेशको लागि प्रति ब्यक्ति १०० डलर र भीआईपीको लागी २०० डलर तोकिएको छ । साथै टिकट अनलाईन र बक्स अफिसबाट पनि प्राप्त गर्न सकिने कोशेली कोलोराडोका शंकर गुरुङले जानकारी दिनु भयो । कोशेली कोलोराडोका मार्केटिङ म्यानेजर राजन गुरुङले सो साँगीतिक साँझमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन कोलोलोराडोवासी र नेपाली भाषी सबैलाई हार्दिक आग्रह गर्नु भएको छ । कार्यक्...
कोलोराडोस्थित नेपाली घरका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

कोलोराडोस्थित नेपाली घरका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका लागि नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार संस्थाका सल्लाहकार, समाजसेवी तथा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद श्रेष्ठले संस्थाको भवन नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिशेष समारोहबीच नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाइ सपथ ग्रहण गराएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद श्रेष्ठ, बिशेष अतिथिद्वय नारायण श्रेष्ठ र डा. बिजयराज शर्माद्वारा संयुक्तरूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाली राष्टिय गानसंगै अगाडि बढाइएको थियो । नेपाली घरलाई यहाँसम्म ल्याउन बिशेष योगदान दिएका स्वर्गियद्वय डा. बिष्णुबहादुर श्रेष्ठ र नारायण श्रेष्ठको संझनामा एकमिनेट मौनधारण गरी कार्यक्रम अगाडि बढेको थियो । संस्...