कोलोराडो निवासी नेपाली गीतसंगीतप्रेमी माझ लोकप्रिय गायक कृष्ण काफ्लेको सांगीतिक साँझ
कोलोराडो । अमेरिकाको कोलोराडोमा लोकप्रिय गायक कृष्ण काफ्लेले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गरेका छन् ।
गायक काफ्लेको अमेरिका भ्रमणका अवसरमा कोलोराडो निवासी नेपाली गीतसंगीत प्रेमीहरुमाझ ८ जून शनिबारका दिन सांगीतिक साँझ कार्यक्रम भएको हो ।
कोलोराडो निवासी समाजसेवी, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको संयोजनमा बाजेको सेकुवा कोलोराडोमा सम्पन्न सांगीतिक साँझमा नेपाली गीतसंगीतप्रेमी १२० जनाको सहभागिता रहेको थियो ।
नेपाली गायन क्ष्रेत्रमा आफुलाई पार्स्व गायकको रुपमा अब्बल साबित गर्न सफल हुनुका साथै नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्नुभएका कृष्ण काफ्लेले २०६४ सालबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेर अहिलेसम्म ५०० भन्दा बढी लोकप्रिय र चर्चित गीतहरु गाएर गीतसंगीत क्षेत्रको लागि महत्वपूर्ण योग्दान दिईसक्नु भएको छ ।
देश तथा बिदेशमा रहेका नेपालीहरू माझ सकारात्मक् सन्...









