नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए अमेरिकाद्वारा नागरिकता आयोग गठन
-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले नेपाली नागरिकताका सवालमा आवश्यक कदम चाल्न, नागरिकता आयोग–२०२४ गठन गरेको छ ।
गैर आवासीय नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी प्रमुख मुद्दामा आवश्यक वकालत तथा लबिङ गर्ने मुख्य उद्देश्यका साथ नागरिकता आयोग–२०२४ गठन गरिएको जनाइएको छ ।
संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा गठन गरिएको उक्त आयोगमा, संघका पूर्वअध्यक्षहरु, एनआरएनए अभियान्ताहरु र अमेरिकामा रहेका प्रवासी नेपाली समुदायका व्यक्तित्व रहेका छन् । उक्त कुरा संघले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।
जारी गरिएको विज्ञप्तमा विश्वभर छरिएर रहेका एनआरएनएहरु ‘एक पटक नेपाली, सधै नेपाली’ भन्ने एनआरएनएको भनाइमा दृढ रहेको र नेपाली नागरिकताको निरन्तरता चाहिरहेको कुरा प्राथमिकताका साथ उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी, विश्व...








