कोलोराडोमा शनिबार-आइतबार आयोजित भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको तयारी पूरा
            कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिख (शनिबार र आइतबार) का दिन पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त कार्यक्रममा कोलोराडो स्थित सक्रिय नेपाली सामाजिक संघसंस्थाको साथ-सहयोग रहने आयोजकले जनाएका छन् ।
भलिवल खेलको फाईनल नतिजा लगत्तै नेपाली घरमा तमु प्ये ल्हु अमेरिकाको साधारण सभा, बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम, तथा पुरस्कार वितरण कार्यक्रम हुने छ । कार्यक्रममा सहभागिताका लागि आयोजकहरुले कोलोराडोवासी सम्पूर्ण नेपाली भाषाभाषीहरुलाई अनुरोध गरेका छन् ।
उक्त कार्यक्रममा चर्चित गायिका र...        
       
    








