तमु धीं कोलोराडोका नवनिर्वाचित अध्यक्ष सन्तोष गुरुङको पदभार कार्यक्रम सम्पन्न
कोलोराडो । तमु धीं कोलोराडोले गत शनिवार फरवरी २२ तारिखका दिन नवनिर्वाचित अध्यक्ष सन्तोष गुरुङको पदभार तथा शुभकामना कार्यक्रम बोल्डर स्थित काठमाण्डू रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा तमु धीं कोलोराडोका अभिभावक तथा संस्थापक सदस्य पूर्ण हादुर गुरुङ, संस्थापक अध्यक्ष अरुण गुरुङ, पूर्वअध्यक्षद्वय चन्द्रमान गुरुङ, जीत हादुर गुरुङ, कार्य समितिका सदस्यहरू लगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम जनसम्पर्क प्रतिनिधि प्रकाशजंग गुरुङको अध्यक्षतामा भएको थियो । कार्यकममा नव नियुक्त अध्यक्षलाई स्वागत गर्दै नव निर्वाचित आयोगको संयोजक पूर्णबहादुर गुरुङले निर्वाचनको प्रक्रिया र परिणाम बारे सभालाई जानकारी दिनु भएको थियो ।
त्यसैगरी संस्थापक अध्यक्ष अरुण गुरुङ, पूर्वअध्यक्ष चन्द्र न गुरुङ, जीतबहादुर गुरुङ, सदस्य सरिता गुरुङ र धनराज गुरुङले शुभकामना मन्तव्य दिनु भएको थियो । निर्वाचि...









