
‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ
कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा जुन २९ र ३० (शनिबार र आइतबार) विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
यसअवसरमा अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता, गुरुङ धर्मसंस्कृति सम्बन्धी प्रवचन–अन्तरक्रिया, झाँकी प्रदर्शन र कार्यक्रमको अन्त्यमा भव्य साँगीतिक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको दोस्रो तथा अन्तिम दिन ‘प्ये ता ल्हु ता’ (गुरुङको धर्मसंकार, संस्कृति) बारेमा महत्वपूर्ण र जानकारीमूलक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा ‘प्ये ता ल्हु ता’ का जानकारी पच्यु पैन्डी चिब तथा तमु प्ये ल्हु संघ यूकेका खेगी बिभागका अध्यक्ष पीपीसी जित क्रोम्छे तमुको उपस्थिति रहेको थियो ।
कार्यक्रममो सहजकर्तामा मिनबहादुर क्रोम्छे तमु रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रम पच्यु पैन्डीबिद, तमु प्ये ल्हु संघ युकेका खेगी बिभागका अध्यक्ष प...