नेपाल । चितवनको सौराहमा जारी हात्ती महोत्सव अन्तरगत आयोजित हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकली उपाधि जितेको छ ।
बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो ।
निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीय सम्बृद्धिकली तेस्रो भएका छन् ।
प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्