२२ मंसिर २०८१, शनिबार

सेप्टेम्बर १५ मा कोलोराडोमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुँदै, सबैलाई सहभागी हुन अनुरोध

कोलोराडोखबर संवाददाता , September 8th, 2024

कोलोराडो । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैक्रममा यही सेप्टेम्बर १५ मा कोलोराडोमा उक्त कार्यक्रम कोलोराडोमा हुन लागेको हो । कार्यक्रममा गायिकाहरु ज्योति मगर, शान्तिश्री परियार र रचना रिमालको जोडदार प्रस्तुति रहने छ भने करिष्मा ढकालको आकर्षक नृत्य रहने छ ।

व्यवसायी दिनेश भट्टराईको संयोजनमा कोलोराडोमा कार्यक्रम हुन लागेको हो । 8971 Yates St, Westminster, CO 80031 हुने कार्यक्रममा सहभागिताका लागि कोलोराडोवासी सम्पूर्णलाई अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरुले कार्यक्रम स्थलको गेटमै ५० डलरमा टिकट लिन सक्ने छन् । सहभागीहरुलाई डिनरको व्यवस्था रहने छ । साथै अनलाइनबाट पनि टिकट लिन सकिने छ ।

फ्लाई नेपाले अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय गर्दै कलाकारहरुलाई अमेरिका बोलाएको हो ।

तीजको सम्झना बोकेर अमेरिकामा बसिरहेका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

यसअघि ‘अब हाँस्छ अमेरिका’ यसै वर्षको जनवरीदेखि फेब्रुअरीसम्म अमेरिकाका १४ राज्यमा सञ्चालन भएको थियो । यो कार्यक्रममा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीलगायतका कमेडियनले दर्शक हँसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्