१९ भाद्र २०८३, शुक्रबार

रास्वपा सभापति लामिछाने संसदीय छानबिन समितिमा बयान दिन जाने

कोलोराडोखबर संवाददाता , August 22nd, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् ।

पार्टी बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् ।

समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्