९ बैशाख २०८३, बुधबार

मंगलबार गाइजात्रा पर्व मनाइँदै

कोलोराडोखबर संवाददाता , August 20th, 2024

नेपाल । मंगलबार काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा गाईजात्रा मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ ।

गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ ।

नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि यसले जात्राको रूप लिएको विश्वास गरिन्छ ।

मुख्य दिन भाद्र कृष्ण प्रतिपदा भए पनि अष्टमीका दिनसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान गर्ने परम्परा छ ।

गाईजात्राका अवसरमा मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्