८ माघ २०८१, मंगलवार

चिहानमा पुगिसकेको राजतन्त्र फर्किने कुनै संभावना छैनः ओली

कोलोराडोखबर संवाददाता , December 8th, 2023

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किने कुनै संभावना नरहेको बताएका छन् ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरा आइपुग्दा आयोजित कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।

मंसिर १४ मा बैतडीबाट शुर मध्यपहाडी लोकमार्गको यात्रा बिहीबार बागलुङ, पर्वत हुँदै कास्की प्रवेश गरेको हो । एमालेको समृद्धिको लागि संकल्प यात्रा प्रतिक्रियावादीहरुका लागि सन्देश भएको पनि ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्