२८ माघ २०८२, बुधबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

कोलोराडोखबर संवाददाता , August 15th, 2024

नेपाल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए ।

उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् । बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए ।

माओवादीका ६ सांसद उपस्थित भएनन् । स्वतन्त्र १ सांसदले कतै मत दिएनन् ।

प्रतिक्रिया दिनुहोस्