२६ माघ २०८२, सोमबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ११ प्रस्ताव माथि छलफल

कोलोराडोखबर संवाददाता , August 8th, 2024

नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि शुरु भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा शुरु भएको बैठकमा विभिन्न् ११ प्रस्ताव माथि छलफल जारी छ ।

बैठकमा गत वर्ष फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका थिए ।

बैठक बिहीबार पनि जारी रहने छ ।

बैठकका ११ प्रस्तावः
१. महासमिति बैठकबाट पारित प्रस्ताबका सम्बन्धमा,
२. राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति,
३. १०० दिने सांगठनिक अभियान (भदौ १५ – मंसिर २५) सम्बन्धमा,
४. अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा,
५. पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति सम्बन्धमा,
६. भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा,
७. क्रियाशील सदस्यता वितरण९नयाँ र नविकरण० प्रक्रिया सम्बन्धमा,
८. जनसम्पर्क समिति सम्बन्धमा।
९. नियमावली संसोधन प्रस्ताव सम्बन्धमा,
१०. नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका — ०८१’ सम्बन्धमा,
११. समसामयिक राजनीति र अन्य विविध विषय ।

प्रतिक्रिया दिनुहोस्