२६ माघ २०८२, सोमबार

दीपक मनाङे गन्जी लगाएर मन्त्रीको कुर्सीमा !

कोलोराडोखबर संवाददाता , July 28th, 2024

नेपाल । गन्जी लगाएर कार्यकक्षको कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) चर्चामा छन् ।

सामाजिक सञ्जालमा उनको उक्त अशोभनीय तस्बिर भाइरल भएको छ । उनको दायाँतर्फ निलो हाफ सर्ट, सेटो पाइन्ट र कालो चश्मा लगाएका युवक बसेको देखिन्छ ।

मनाङेले रातो रङको ज्याकेटजस्तो देखिने कपडा चेम्बेरसँगैको ह्याङ्गरमा झुण्डाएका छन् ।

प्रतिक्रिया दिनुहोस्