३ फाल्गुन २०८२, आईतवार

रास्वपा अमेरिकाको कोलोराडो राज्य प्रवास समितिको सभापतिमा दीपक सुनुवार चयन

कोलोराडोखबर संवाददाता , July 26th, 2024

–मीन बोलखे (कोलोराडो, अमेरिका) । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति अमेरिकाको कोलोराडो राज्य प्रवास समितिको सभापतिमा दीपक सुनुवार चयन भएका छन् ।

बुधबार सम्पन्न भेलाबाट उपसभापतिमा इन्द्रप्रसाद घिमिरे, सचिवमा लिलाबहादुर पाण्डे, सदस्यहरुमा शान्तशोभा रञ्जितकार, सुशीला प्रधान, दीपकजंग थापा, रामबहादुर सुनार, उपेन्द्रराज घिमिरे, श्रवणकुमार शर्मा, रबिन्द्र श्रेष्ठ र सौजन रञ्जितकार चयन भएका हुन् ।

अरोरा हिस्टोरिकल म्युजियम हल कोलोराडोमा सम्पन्न भेला दीपक सुनुवारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय ६० जनाको उपस्थिति रहेको थियो ।

उक्त भेलालाई पार्टीका उपसभापति एवम् पूर्व मन्त्री डीपी अर्यालले नेपालबाट जूममार्फत सम्बोधन गरेका थिए । त्यसैगरी, पार्टीका कावा महामन्त्री तथा संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, पूर्वमन्त्री डा. तोसिमा कार्की, पार्टीका गैरआवासीय उपप्रमुख डा. प्रणय राणाले पनि जूममार्फत आतिथ्यता ग्रहण गरेका थिए ।

केन्द्रीय सदस्य मोहनजंग थापाको उपस्थिति रहेको भेलालाई पार्टीका सभापति रवि लामिछानेले जूमबाट शुभकामना दिएका थिए ।

कार्यक्रममा रास्वपा अमेरिका संयोजक रमेश भट्ट र नेताहरु प्रकाश सिलवाल, नरेश क्षेत्री, पदम पन्थीको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्