२६ माघ २०८२, सोमबार

रामेछापमा पहिरोमा परेर ३ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 26th, 2024

नेपाल । बिहीबार राति गएको पहिरोमा परी रामेछापमा ३ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा हिरोमा परेर तीन किशोरीको ज्यान गएको हो ।

स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे।

रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्