नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् ।
आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेकामा पक्षमा १८८ मत पर्यो । विपक्षमा ७४ मत पर्दा कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पर्यो ।
माओवादी, रास्वपा र नेकपा एस प्रधानमन्त्री ओलीको विपक्षमा रहे । मतदान प्रक्रियामा २६३ जना सांसद सहभागी थिए ।
यसअघि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले २८ वैशाखमा विश्वास गुमाएपछि ओली सोही धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्